-नेपाली अमेरिकन समुदायको मुद्धा नै मेरो एजेण्डा हो, अध्यक्षका उम्मेदवार सुवेदी

नेपाली अमेरिकन समुदायको मुद्धा नै मेरो एजेण्डा हो, अध्यक्षका उम्मेदवार सुवेदी

Hollywood Khabar April 16,2021 Comments

हलिउडखबर, अप्रिल १७, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदीले गैरआवासीय नेपाली संघ र नेपाली अमेरिकन समुदायको अमेरका र नेपालसँग जोडिएका मुद्धा नै मेरो काम गर्ने बिषय हो भनेका छन्।

थुप्रै शहर पुगेर धेरै नेपाली समुदायको कुरा सुनेर त्यसलाई आफ्नो एजेण्डामा समावेस गर्ने क्रममा अध्यक्षका प्रत्यासी बुद्धि सुवेदीले सो कुरा बताएका हुन्। कतिपयलाइ यो सँस्थामा राजनैतिक होडबाजी गर्नुपर्छ भन्ने लागेको होला। कतिलाई आफ्नो राजनैतिक गुटको लौरो ठड्यौन इगो बढेको होला। कतिलाई बजारमा नाम चाहिएको छ, कतिलाई नेत्रा छु भनेर जीवित देखिनु परेको होला तर पनि म उनीहरुको बिरोध होइन उनीहरु सबैको प्रतिनिधि भएर काम गर्न आएको छु।

म फेरी पनि भन्छु, यो सँस्था आम नेपालीहरुको कुरा नेपालसँग जोडेर बनेको हो। यति मात्र होइन भाषा, कला संकृति र धर्मलाइ जोडेर हेर्ने हो भने त नेपाली-भुटानी समुदायको बिषय पनि अमेरिकामा जोडिएर आउँछ। यो सँस्था नै ती सबै बिषय हेर्न र त्यसै अनुरुप काम गर्न बनाइएको हो। अनि म त्यसैको लागि काम गर्न अगाडि आएको छु।

नेपालमा हाम्रा पैत्रिक सम्पतिका कुरा छन्, बचेको खोरियो र पाखाका कुरा छन्, केहि साथीहरुको सानोतिनो लगानीका बिषय छन्, तिनको सुरक्षाको बिषय छ। हामी र हाम्रो जन्मभूमि, मात्रीभूमी, पुर्खौली जे भने पनि नेपालसँग नोडिएको बिषय छन्।हाम्रा सन्ततिलाइ त्यो बिषयसँग जोड्नु नै मुख्य कुरा हो।

अमेरिकामा हामीले जोगाउने कुरा हाम्रो नेपालको राजनैतिक आदर्श होइन त्यो गौण र अन्य प्राथमिकताको बिषय हो। नेपालको लागि राष्ट्रियताका सवालमा, हस्तक्षेप र अन्य बिषय उठ्दा हामीले आवाज दिने हो। नेपालको सरकार बनाउने, जोगाउने, चलाउने काम हाम्रो होइन। तर हामीले अमेरिकामा बचाउने, निरंतरता दिने भनेको हाम्रो कला, भाषा, साहित्य, जीवन, संस्कृति हो। हाम्रो नेपाली पहिचान हो अन्यथा यो अमेरिकी मेल्टिङ्ग पटमा हामी हराउँछौ।

यो बुद्धि सुवेदी पनि तिनै बिषयलाइ लिएर काम गर्न तयारीका साथ एनआरएनए एनसीसी अमेरिकाको अध्यक्ष भएर नेतृत्व लिन आएको छ। म त्यो बिषय बुझेर नै चुनावमा आएको हुँ अनि त्यसलाई पुरा गरेर छोड्छु, अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीले भने।

यति मात्र होइन, म आज बहिस्कार, भोलि प्रचार, पर्सी हस्ताक्षर अनि अर्को दिन के गर्ने भनेर कसैको आदेश आउला भनेर लाइन कुरेर बसेको छैन। बुद्धि सुबेदी कोहि अदृश्य व्यक्तिको लागि उम्मेदवार भएको होइन। च्याप्टर देखि काम गरेर अनुभव लिएर आएको छ। आम नेपाली अमेरिकन समुदायको लागि काम गर्नको लागि आएको छ। संस्थालाइ धरासायी गराउन होइन आदर्श र उत्कृष्ट बनाएर उदाहरण बनाउन आएको हो, स्थिर रुपमा अगाडि बढाउन आएको हो, सुबेदीले भने।