-एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदी टेक्ससका ३ प्रमुख शहरमा जाँदै

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदी टेक्ससका ३ प्रमुख शहरमा जाँदै

Hollywood Khabar April 28,2021 Comments

हलिउडखबर, अमेरिका, अप्रिल २८, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार बुद्धि सागर सुवेदी र उनका सहकर्मी उम्मेदवारहरु टेक्ससका प्रमुख ३ शहरमा जाने भएका छन्।

एनआरएनए एनसीसी अमेरकाको २०२१-२०२३ कार्यकालमा अध्यक्षका उम्मेदवार बुद्धि सुबेदी र उनका सहकार्य गर्ने आएका अन्य पदका उम्मेदवारहरुले हाल सम्म करिब एक दर्जन जति प्रमुख शहरमा चुनावी सभा गरिसकेका छन्।फ्रन्ट रनर रहेका सुवेदी र उनका सहकर्मीहरुले यो पटक टेक्ससमा धमाका नै पिट्ने भएका छन्।

अन्य शहरमा जस्तै टेक्ससमा पनि अध्यक्षका उम्मेदवार बुद्धि सुबेदी, बरिष्ठ उपाध्यक्षका उम्मेदवार बाबुराम लामा, उपाध्यक्षका उम्मेदवारहरु गोपेन्द्र भट्टराई, डिलु पराजुली, सुमन थापा, राम हरि अधिकारी रहनेछन।

त्यसैगरी महासचिवका उम्मेदवार अन्जन कुमार चौलागाइ, सचिवका उम्मेदवारहरु अनुप खनाल, तारा ढकाल मरहट्टा (महिला तर्फ), कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ, सहकोषाध्यक्षका उम्मेदवार अग्नि ढकाल, महिला संयोजककी उम्मेदवार सुन्दरी गुरुङ, युवा संयोजकका उम्मेदवार त्रिभुवन पाण्डे पनि उपस्थित हुनेछन।

प्रायगरि सबै जस्तो कार्यक्रममा उपस्थित रहने बोर्ड सदस्यका उम्मेदवारहरु बिशाल राना, सन्तोष पाहारी, प्रभात सापकोटा साथै आइसीसी सदस्यका उम्मेदवार सुरेन्द्र मल्ल समेत उपस्थित हुनेछन। यो नाम समाचार लेख्दा सम्मको समयको हो।

सुबेदीका टेक्सस कार्यक्रम:

 

मिति: मे १, २०२१ (शनिबार)

समय: बिहान ८:३० बजे देखि ११ बजे सम्म

स्थान: हिमालय कोसेली, ८६५० स्पाइस लेन #१४८, अस्टिन,टेक्सस ७८७५९

 

मिति: मे १, २०२१ (शनिबार)

समय: साँझ ५:३० बजे देखि ८:३० बजे सम्म

स्थान: १८०० भ्यालि भ्यु लेन, अर्भिङ्, टेक्सस ७५०६१

 

मिति: मे २, २०२१ (आईतबार)

समय:दिउँसो ३ बजे देखि ६:३० बजे सम्म

स्थान:काठमाडौ करी एण्ड बार, ५७११ हिल क्रफ्ट स्ट्रिट, सुइट ए ६, हियुस्टन, टेक्सस ७७०३६

नोट:-कार्यक्रममा मास्क र सामाजिक दूरी अनिवार्य हुनेछ

*******************

अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीका एनआरएनए एनसीसीसँग संबन्धित समाचारहरु:

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ प्रमुख कार्यक्रम सम्पन्न

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ अन्तरक्रिय ३ दर्जन भन्दा धेरै उम्मेदवार उपस्थित हुने

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदीको उम्मेद्वारी दर्ता

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:जनसम्पर्क नेता मैनालीले बुद्धि सुवेदीलाई सपोर्ट गर्ने

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

नेपाली अमेरिकन समुदायको मुद्धा नै मेरो एजेण्डा हो, अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुबेदीको छैठौं कार्यक्रम केन्टकीमा

एनआरएन अमेरिका:माहोलै माहोलबीच अध्यक्षका उम्मेदवार सुबेदीको कोलोराडो माहोल

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

NRNA US:अध्यक्षका उम्मेदवार सुवेदीका अघिपछि उम्मेदवारको घेरो, सिकागो कार्यक्रम दोश्रो खुड्किलो

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको सिकागो कार्यक्रममा सर्प्राइज इण्डोर्श हुने

एनआरएन अमेरिका: अध्यक्षका फ्रन्ट रनर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा

एनआरएनमा गैरआवासीय नेपालीको मुद्धा उठाउने नेतृत्व हुनुपर्छ, सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको न्यूयोर्कमा चुनाव प्रचार कार्यक्रम

एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सुवेदीद्वारा अध्यक्षका लागि उम्मेदवारी घोषणा

कुरा मेरो उम्मेदवारीको होइन सदस्यता विस्तारको हो, ५ कुरामा फोकस:उपाध्यक्ष सुवेदी