-एनआरएनए अमेरिका:जनसम्पर्क नेता मैनालीले बुद्धि सुवेदीलाई सपोर्ट गर्ने

एनआरएनए अमेरिका:जनसम्पर्क नेता मैनालीले बुद्धि सुवेदीलाई सपोर्ट गर्ने

Hollywood Khabar April 05,2021 Comments

हलिउडखबर, अप्रिल ५, २०२१

नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता भगवान मैनालीले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन २०२१ मा अध्यक्षका उम्मेदवार बुद्धि प्रकाश सुवेदीलाइ इण्डोर्श गरेका छन्।

आफ्नो समर्थन र सपोर्ट बुद्धि प्रकाश सुवेदी र उहाँसँग सहकार्य गर्न आएका अन्य उम्मेदवारहरुलाई पनि रहने कुरा बताएका छन्। मैनाली नेपाली जनसम्पर्क समिति अमेरिकाको टेक्सस एकताको दोश्रो अधिवेशन २०१४ बाट बनेको नेतृत्वका उपसभापति हुन्।

मैनालीको इण्डोर्श:

आदरणीय अमेरिकाबासी गैरआवासीय नेपाली तथा नेपाली अमेरिकन समुदाय;

हामी एनआरएनए एनसीसी अमेरिकाको २०२१-२३ को लागि नयाँ कार्यसमितिको निर्वाचनको संघारमा छौं। यस निर्वाचन मार्फत हामीले स्थानीय राज्य च्याप्टरहरूका साथै केन्द्रमा समेत आगामी दुई वर्षका लागि नयाँ नेतृत्व निर्वाचित गर्नेछौं। आवधिक निर्वाचन लोकतान्त्रिक संस्थाको सर्वाधिक सुन्दर पक्ष हो। एनआरएनएको गौरवशाली परम्परालाई कायम राख्दै यसको गरिमा थप उचाइमा पुऱ्याउनु हामी सबै लोकतन्त्रवादीहरूको साझा दायित्व हो।

मैले एनआरएनए एनसीसी अमेरिकाको आगामी नेतृत्वका लागि अध्यक्ष पदका प्रत्यासी बुद्धि सागर सुवेदीजीलाई समर्थन गर्ने निर्णय गरेको छु। बुद्धि सागर सुवेदीजीले एनआरएनए एनसीसी अमेरिकाको विस्कान्सिन च्याप्टरको संस्थापक अध्यक्ष भएर अत्यन्त सफल कार्यकाल व्यतित गरिसक्नु भएको छ। एनआरएनए एनसीसी अमेरिकाको वर्तमान कार्यसमितिको उपाध्यक्षमा निर्वाचित भएपछि उहाँको नेतृत्व क्षमतामा थप निखार आएको छ।

उहाँको नेतृत्वमा गठित मेम्बर्शिप ड्राइभ २०२१-२०२३ कार्यदलले एनआरएनए एनसीसी अमेरिकाको सदस्य संख्या ऐतिहासिक तवरले २१ हजार भन्दा बढी पुऱ्याउन सफल भएको छ। यसबाट पनि उहाँको नेतृत्व क्षमताको परिक्षण भइसकेको सर्वविदितै छ।

त्यसैले हाम्रा योग्य, सक्षम र अनुभवी उम्मेदवार बुद्धि सागर सुवेदीजीलाई यहाँहरू सबैको साथ, सहसोग र समर्थनको लागि समेत म सविनय अनुरोध गर्दछु।

जय नेपाल !

भगवान मैनाली

अप्रिल ५, २०२१