-एनआरएनए:अध्यक्षका उम्मेदवार सुबेदीको जर्जियामा कार्यक्रम भब्य

एनआरएनए:अध्यक्षका उम्मेदवार सुबेदीको जर्जियामा कार्यक्रम भब्य

Hollywood Khabar May 18,2021 Comments

हलिउडखबर संवाददाता, जर्जिया, अमेरिका, मे १८, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी) का वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार बुद्धि सुवेदी र उनका सहकर्मी उम्मेदवारहरुको चुनावी कार्यक्रम एक पछि अर्को झक्कास हुँदै गएका छन्।

एनआरएनए एनसीसी अमेरिकाको चुनाव २०१३-२०१५ को लागि पहिलो पटक भब्य रुपमा भएपछि एक किसिमको चुनावी लहर सुरु भएको हो। त्यो लहर यसपाली अध्यक्षका उम्मेदवार बुद्धि सागर सुवेदीको टिमले ल्याएको देखिएको छ।

अध्यक्षका उम्मेदवार सुबेदी र उनीसंग सहकार्य गर्न आएका अन्य पदक उम्मेदवारहरुको चुनावी कार्यक्रम हरेक सिटीमा बिशेष हुने गरेको छ। न्यूयोर्कबाट सुरु भएको यात्रा दुइ-दर्जन भन्दा धेरै ठूला-साना शहरमा आयोजना हुँदै जर्जिया पछि पेन्शलभेनियाँ पुग्यो।

हरेक ठाउँमा उनले नेपाली समुदाय राय र सुझाव लिने गरेका छन्। जर्जियामा पनि ठूलो संख्यामा भेला भएका नेपाली समुदायले आफ्ना एजेन्डा राखे। उसो त जर्जियामै बस्दै आएका उनका सहयोगी तथा बोर्ड सदस्यका उम्मेदवार सन्तोष पहारीको लगनशिलता पनि उल्लेखनिय रहनगयो।

मे १७, २०२१ को जर्जियामा आयोजित जमघटमा निकै उल्लेख्य संख्यामा नेपालीहरु उम्मेदवारहरुको अन्तक्र्रियामा भेला भए। जर्जियाका लागि नवनियुक्त पर्यटनदूत दीपक पहारी, एनआरएनएक पूर्व आइसिसी सदस्य राजा घले, एनआरएन एनसीसी अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, एनआरएन एनसीसी अमेरिकाको जर्जिया च्याप्टरका संस्थापक अध्यक्ष मोहन तिमिल्सिना, पूर्वअध्यक्ष सूर्य लम्साल,, जर्जिया च्याप्टरमा निर्विरोध नवनिर्वाचित अध्यक्ष दिलीप बानियाँ, एनआरएन एनसीसी अमेरिका जर्जिया च्याप्टरका उपाध्यक्ष राजु थापा, एनएजीका पूर्वअध्यक्षहरु सिके पराजुली, प्रणय लामा, भवेन्द्र बस्नेत, जनसम्पर्क समिति जर्जिया च्याप्टरका सचिव कपिल वाग्ले र संचारकर्मी प्रेम बानियाँ लगायत व्यक्तित्वहरुको उपस्थितिले बुद्धिसागर सुवेदी नेतृत्वका उम्मेदवार टिमलाई ठूलो प्रेरणा दिएको थियो।

अध्यक्षका उम्मेदवार सुवेदीले अन्य शहरमा जस्तै आफ्नो परिचय, एनआरएन एनसीसी अमेरिकाको नेतृत्व लिने आफ्नो क्षमता, समय, साधन स्रोत र योजनाबारे बताए। उनले आफूसँग निर्दिष्ट योजना भएको, आफ्ना सहकार्य गर्न आएका अन्य उम्मेदवारहरु पनि एक दम योग्य भएको जिकिर गरे।

कार्यक्रममा बरिष्ठ उपाध्यक्षका उम्मेदवार बिआर लामा, उपाध्यक्षका उम्मेदवारहरु सुमन थापा, क्रान्ति अर्याल भण्डारी, डिलु पराजुली, महासचिवका उम्मेदवार अन्जन चौलागाईं, सचिवका उम्मेदवारहरु अनुप खनाल, तारा मरहट्टा, बोर्ड सदस्यका उम्मेदवार मीन खड्का, केएन शर्मा, आरसिसीका उम्मेदवार डा चिरञ्जीवी भट्टराई र च्याप्टरका निर्वाचित उम्मेद्वारहरुले पनि आफ्नो मन्तब्य राखेका थिए।

अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीका एनआरएनए एनसीसीसँग संबन्धित समाचारहरु:

एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको पश्चिपछि आयोवा र टेनेसीमा अन्तरक्रिया सम्पन्न

आमाबाबाको आशीर्वाद लिन नेपाल जाँदा एयरपोर्टमा टुरिस्ट भिसा लगाउन बन्द हुनुपर्छ

एनआरएनए:अध्यक्षका उम्मेदवार बुद्धि सागर सुवेदीको समर्थनमा सान फ्रान्सिस्कोमा इण्डोर्शको सागर

कोभिड संक्रमणलाइ सहयोग गर्न अध्यक्षका उम्मेदवार सुवेदी टिमले १० हजार डलर सहयोग गर्ने

एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको क्यालिफोर्नियाका २ कार्यक्रम अभूतपूर्व हुने

एनआरएनए:झटारो झुप्पोमै हानिन्छ, सिउँडीमा होइन:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदी टेक्ससका ३ प्रमुख शहरमा जाँदै

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ प्रमुख कार्यक्रम सम्पन्न

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ अन्तरक्रिय ३ दर्जन भन्दा धेरै उम्मेदवार उपस्थित हुने

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदीको उम्मेद्वारी दर्ता

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:जनसम्पर्क नेता मैनालीले बुद्धि सुवेदीलाई सपोर्ट गर्ने

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

नेपाली अमेरिकन समुदायको मुद्धा नै मेरो एजेण्डा हो, अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुबेदीको छैठौं कार्यक्रम केन्टकीमा

एनआरएन अमेरिका:माहोलै माहोलबीच अध्यक्षका उम्मेदवार सुबेदीको कोलोराडो माहोल

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

NRNA US:अध्यक्षका उम्मेदवार सुवेदीका अघिपछि उम्मेदवारको घेरो, सिकागो कार्यक्रम दोश्रो खुड्किलो

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको सिकागो कार्यक्रममा सर्प्राइज इण्डोर्श हुने

एनआरएन अमेरिका: अध्यक्षका फ्रन्ट रनर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा

एनआरएनमा गैरआवासीय नेपालीको मुद्धा उठाउने नेतृत्व हुनुपर्छ, सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको न्यूयोर्कमा चुनाव प्रचार कार्यक्रम

एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सुवेदीद्वारा अध्यक्षका लागि उम्मेदवारी घोषणा

कुरा मेरो उम्मेदवारीको होइन सदस्यता विस्तारको हो, ५ कुरामा फोकस:उपाध्यक्ष सुवेदी