-गैरआवासीय नेपालीका समस्यालाई सम्बोधन गर्न आफु लागिपर्नेछु-बुद्धि सुबेदी

गैरआवासीय नेपालीका समस्यालाई सम्बोधन गर्न आफु लागिपर्नेछु-बुद्धि सुबेदी

Hollywood Khabar May 20,2021 Comments

सरु शर्मा, अमेरिका, मे २०, २०२१

गैरआवासीय नेपाली संघ राष्टिृय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिका अहिले चुनावि माहोलले तातेको छ। अमेरिकामा बसोबास गर्ने सबै नेपालीको चासो अहिले यहि चुनाव केन्द्रित छ। आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि ४ जनाले उम्मेद्वारी दर्ता गराई आ-आफ्नो तरिकाले रस्साकस्सी गरीरहेका छन्।

उम्मेद्वारी दिएका उम्मेद्वारहरु मध्य एनआरएनए एनसीसी अमेरिकाका बर्तमान उपाध्यक्ष समेत रहेका बुद्धि सागर सुबेदीको नाम भने चर्को सुनिएको छ। उनको चुनावी अभियान, चहल-पहल र युवा तथा महिलाको अधिक सहभागिताका कारण पनि होला सुबेदीको नाम गैरआवासीय नेपालीहरुको मस्तिष्कमा बस्न पुगेको छ। सुबेदीको नाम मात्रै होईन उनले उठाएका एजेन्डाहरुलाई पनि धेरै नेपालीले आफ्नो एजेण्डा बनाई उनलाई बिजयको शुभकामना दिइरहेको हामी सामाजिक संजालमा देख्न सक्दछौ।

एनआरएनए एनसीसी अमेरिकाका बर्तमान उपाध्यक्ष तथा आगामी कार्यकाल २०२१-२०२३ का लागि अध्यक्षका उम्मेद्वार सुबेदिको बुदागत रुपमा हेर्दा नागरिकताको निरन्तरता प्रणाली, गतिशील, सशक्त, सस्थागत र समाबेशीताका मुद्धाहरु रहेका छन्। उनले यि मुद्धाहरुमा केन्द्रित रहि बिभिन्न राज्यहरुमा भौतिक रुपमै उपस्थित भई राय सल्लाह सँकलन गरीरहेका छन्।

अमेरिकाका धेरैजसो नेपाली समुदायसँग भेटवार्ता गरी नेपाल सरकारसँग समन्वय गरी अमेरिकामा बसोबास गर्ने गैर आवासीय नेपालीका समस्यालाई सम्बोधन गर्न आफु लागिपर्ने अठोटका साथ अगाडी बढेको बताएका छन्। एनआरएनहरुसँगको लामो सँगत र विस्कन्सिन च्याप्टरको सँस्थापक अध्यक्षबाट सुरु गरेको आफ्नो यात्रामा सिकेका र नेपाली समुदायको आवश्यक्ता र बिधार्थी लगायत समुदायले भोग्नु परेका समस्याहरुलाई बुझेर नै आफु अध्यक्ष पदका लागि प्रत्यासि भएको सुबेदीले बताएका छन्।

यस्तै अहिले पनि अमेरिकाको बिभिन्न राज्यमा भेटघाटमा व्यस्त रहेका सुबेदीले आफु भौतिक रुपमा पुग्न नसकेका स्थानमा रहेका समुदायलाई सम्बोधन गर्न र आफ्ना योजना सुनाउने तथा राय सुझाव सँकलन गर्ने उद्धेश्यले यहि मे २६ गते भर्चुअल जुम मिटिङ्गको आयोजना गरेको जानकारी दिएका छन्।

उनले आफ्नो फेसबकमा पोष्ट गर्दै मे २६ गते साझँ पुर्बिय समय अनुसार ७ बजे सबैलाई उक्त जुम कार्यक्रममा सहभागिताको लागि अनुरोध गरेका हुन्।

यता चुनावी माहोल चर्किरहेको बेला मातृभुमी देश नेपालमा कोरोनाका कारण भयावह स्थिती सिर्जना भएको छ। कतिले सेवा सुबिधा नपाएर अकालमा ज्यान गुमाउनु परेको छ। यस्तो अवस्थामा मातृभुमीका लागि सहयोग स्वरुप सुबेदीले बिभिन्न माध्यमबाट रकम सहयोग गरीरहनु भएको छ।

अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीका एनआरएनए एनसीसीसँग संबन्धित समाचारहरु:

एनआरएनए:अध्यक्षका उम्मेदवार सुबेदीको जर्जियामा कार्यक्रम भब्य

एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको पश्चिपछि आयोवा र टेनेसीमा अन्तरक्रिया सम्पन्न

आमाबाबाको आशीर्वाद लिन नेपाल जाँदा एयरपोर्टमा टुरिस्ट भिसा लगाउन बन्द हुनुपर्छ

एनआरएनए:अध्यक्षका उम्मेदवार बुद्धि सागर सुवेदीको समर्थनमा सान फ्रान्सिस्कोमा इण्डोर्शको सागर

कोभिड संक्रमणलाइ सहयोग गर्न अध्यक्षका उम्मेदवार सुवेदी टिमले १० हजार डलर सहयोग गर्ने

एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको क्यालिफोर्नियाका २ कार्यक्रम अभूतपूर्व हुने

एनआरएनए:झटारो झुप्पोमै हानिन्छ, सिउँडीमा होइन:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदी टेक्ससका ३ प्रमुख शहरमा जाँदै

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ प्रमुख कार्यक्रम सम्पन्न

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ अन्तरक्रिय ३ दर्जन भन्दा धेरै उम्मेदवार उपस्थित हुने

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदीको उम्मेद्वारी दर्ता

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:जनसम्पर्क नेता मैनालीले बुद्धि सुवेदीलाई सपोर्ट गर्ने

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

नेपाली अमेरिकन समुदायको मुद्धा नै मेरो एजेण्डा हो, अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुबेदीको छैठौं कार्यक्रम केन्टकीमा

एनआरएन अमेरिका:माहोलै माहोलबीच अध्यक्षका उम्मेदवार सुबेदीको कोलोराडो माहोल

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

NRNA US:अध्यक्षका उम्मेदवार सुवेदीका अघिपछि उम्मेदवारको घेरो, सिकागो कार्यक्रम दोश्रो खुड्किलो

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको सिकागो कार्यक्रममा सर्प्राइज इण्डोर्श हुने

एनआरएन अमेरिका: अध्यक्षका फ्रन्ट रनर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा

एनआरएनमा गैरआवासीय नेपालीको मुद्धा उठाउने नेतृत्व हुनुपर्छ, सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको न्यूयोर्कमा चुनाव प्रचार कार्यक्रम

एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सुवेदीद्वारा अध्यक्षका लागि उम्मेदवारी घोषणा

कुरा मेरो उम्मेदवारीको होइन सदस्यता विस्तारको हो, ५ कुरामा फोकस:उपाध्यक्ष सुवेदी