About us

रास्वपामा विद्वानहरुको प्रवेस, एनआरएन हेर्ने समिति, महाधिवेशन बैशाखमा गर्न सुझाव 

स्थापना भएको पहिलो बर्षमानै संसदमा २१ सदस्य सहित राष्ट्रिय स्तरको पार्टी बन्नु, उपप्रधानमन्त्री सहित केहि मन्त्री लिएर दुइ-दुइ पटक सरकारमा जान सफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको दुइ बर्षमा आफ्नो पहिलो महाधिवेशन बैशाख २०८२ मा गर्ने योजना गरेको छ। रास्वपाको कार्यशाला गोष्ठीले अगष्ट ३, २०२४ मा गरेको योजना अनुसार २०८२ को वैशाख…

Read More

गृहमन्त्री लेकखको सपोर्टमा सिरोहिया नयाँ पासपोर्टमा रुस उडे, देश नछोड्ने आदेश उलंघन 

नेपालमा पावरब्रोकरहरुको सपोर्टमा सेटिङ्ग दादा बनेका भारतीय नागरिक कैलाश सिरोहिया नेपालको ठुलो भनिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष पनि हुन् र उनी नेपाली नागरिकता कसुरमा गिरफ्तारीमा परेका थिए। भारतीय नागरिक सिरोहीयले बर्षौं पहिला सेटिङ्ग/मिलान गरेर नेपाली नागरिकता लिएका कारण अदालतको आदेश अनुसार मे २२, २०२४ मा उनलाई गिरफ्तार गरिएको थियो। पछि उनलाई फैसला नहुँदा सम्म देश…

Read More

राष्ट्रपति उम्मेदवार डिबेटमा ह्यारिस एबीसी, ट्रंप फक्समा अडिग, ह्यारिसको ३१० मिलियन रेज

नोवेम्बर २०२४ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा उपराष्टपति कमला ह्यारिसले पार्टीबाट टिकेट लिन आवश्यक पर्ने १,९७६ भोट संख्या पुर्याएकी छिन र उनि सुरक्षित भएकी छिन। अब आर्को हप्ता सम्म पार्टी सम्मेलनले मनोनयन अनुमोदन गर्न र उपराष्ट्रपति पिक बाँकी छ। उनले जुलाई तेश्रो हप्ता पछि सुरु गरेको अभियानबाट ३ सय १० मिलियन डलर फण्ड रेज गरेइकी…

Read More

रास्वपाको दुई दिने कार्यशाला सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने कार्यशाला केन्द्रीय कार्यालय, चःमति, वनस्थलीमा सुरु भएकाे छ कुरा पार्टीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। पार्टीको आगामी रणनीति तयारीमा केन्द्रित कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी भएको बताइएको छ। कार्यशालामा पार्टी नेता तथा सबैबाट आएका बिचार, सुझावहरुलाइ अध्ययन गर्दै विचार, संगठन, मूल्य-मान्यता, संसदीय…

Read More

जबरजस्ती करणी गरेको अभियोगमा गोलखाडाका ६१ वर्षीय कुँवर पक्राउ

नेपाल प्रहरी, अर्घाखाँची, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने  ६१ वर्षीय निम बहादुर कुँवरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुँवरले ती किशोरीलाई सोही नगरपालिका-६ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । झापा, १३ वर्षीया बालिकालाई…

Read More

नेवाः नखः न्यूयोर्कको संस्कृति र आध्यात्मिकता जीवन व्यवस्थापन कार्यक्रम

नेवाः नखः न्यूयोर्कले मङ्गलबार जुलाई २३, २०२४ मा आध्यात्मिक गुरु रुपेश्वर गौर दासद्वारा “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ शीर्षकमा एक आध्यात्मिक प्रवचनको आयोजना गरिएको थियो। कार्यक्रम वुडसाइड एभिन्यूको सत्यनारायण मन्दिरको हलमा गरिएको थियो । गुरु रुपेश्वर गौर दास र उनको टोली नेपालबाट न्यूयोर्क पुगेका थिए भने अमेरिका अवतरणपछि गुरुजीको उक्त कार्यक्रम पहिलो थियो ।…

Read More

एनआरएन: सार्वोच्चको फैसला आयो, रसियन माफियाहरुको कालखण्ड समाप्त

कृष्ण के सी, अमेरिका, जुलाई ३०, २०२४ गैरआवासीय नेपाली संघ (एनआरएनए) को होटल याक एण्ड यतिमा सम्पन्न १० औं महाधिवेशनलाइ आधिकारिकता पाउनुपर्ने निवेदको विनोदक कुँवर पक्षले दिएको निवेदनको फैसला भएको पूर्णप्रति आएको छ। यो फैसला आएसंगै एनआरएनएलाइ कब्जामा लिएर व्यक्तिगत रुपमा फाइदा लिने रसियन माफियाहरुको कालखण्ड पनि समाप्त भएको छ। अबको कालखण्ड भनेको वास्तविक रुपमा…

Read More

के हो त पूर्वराष्ट्रपति डनल्ड जे ट्रंपको प्रोजेक्ट २०२५ ? MSNBC को रिभ्यू हेरौं

पूर्वराष्ट्रपति डनल्ड जे ट्रंपको प्रोजेक्ट २०२५ भन्ने कुरा बिस्तृत रुपमा जान्नको लागि त ९ सय २२ पेजको पुस्तक नै पढ्नुपर्छ। तर पनि आज भने MSNBC को यो रिभ्यू हेरौं। MSNBC ले तयार पारेको यो रिभ्यू हेरेपछि छर्लंङ्ग हुन्छ।   

Read More

१८ देशमा राजदूत सिफारिस

आज बसेको मन्त्रिपरिषदको बैठकले १८ देशका लागि राजदूत सिफारिस गरेको छ। यसभन्दा अघिल्लो सरकारले फिर्ता बोलाएका भारतका लागि नेपाली राजदूतमा डा शंकर शर्मालाई भने निरन्तरता दिने निर्णय भएको छ। यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी, पूर्वसचिव चन्द्र घिमिरे पनि राजदूतको सिफारिसमा परेका छन्। चीन, रुस, अष्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने र नयाँ राजदूत सिफारिस गर्ने पनि मन्त्रिपरिषद्…

Read More

ओली पिएम र लेखक गृहमन्त्रीपछि गुण्डा मन्त्री हुन्छन र नाङ्गै मन्त्रालय जान्छन

आज जुलाई २७, २०२४ का दिन नेपालको गण्डकी प्रदेशका मन्त्री राजीव गुरूङ अर्थात दिपक मनाङे गन्जी मात्र लगाएर मन्त्रालयको काम गर्दै गरेको फोटो समारचार र सामाजिक संजालमा यत्र-त्रत्र छ। अनि अहिले नेपालमा नेपाली कांग्रेस र नेकपा एमालेको लठबन्धनको सरकार छ। नेपालका सबैजसो राजनैतिक दलका आफ्नै गुण्डा दस्ता छन्। युवा संघ, तरुण दल, अखिलहरु, नेविसंघ लगायत…

Read More