एनआरएनए महाधिवेशनमा अवरोध गरेकोमा सर्वोच्चको पत्र, राजेन्द्र राउतलाइ ७ दिने म्याद
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन पुन:गर्न गराउन सर्वोच्च अदालतको परमादेश अनुसार बैठक बस्न जाँदा संघको कार्यालय बन्द गरेर कर्मचारी सबै बिदामा बसेका थिए। अहिले सर्वोच्च अदालतले महाधिवेशन गराउने क्रममा कुनै पनि किसिमको अवरोध नगर्न भन्दै संघको बालुवाटारस्थित सचिवालयलाई पत्र काटेको छ। यतिमात्र होइन पत्रमा अबरोध किन गरेको सात (७) दिन भित्र जवाफ…