नेपालका करिब-करिब सबैजसो जनसंख्याले बुझेको कुरा चाहिं पाप या अधर्म गरे पापी भइन्छ र पापको भोग पछि दु:ख पाइन्छ भन्ने हो। मैले पनि बालपनामा यहि सुनेको, सिकेको हो। त्यसको अर्थ अहिले बुझ्दैछु।
नेपाली राजनीतिमा मात्र होइन जनप्रशाशन र अन्य क्षेत्रमा पनि बिशेष गरेर २०४६/२०४७ पछि पाप, अपराध, जनहत्या, भ्रष्टाचार, ढिला-सुस्ती, कुशाशन धेरै भएको र भोगेकै हो। अघिल्लो पटक कांग्रेस र एमालेको संयुक्त सरकरले अचाक्ली नै गरेको थियो। त्यसैको परिणाम हो परिवर्तन र निर्वाचनमा यी दुवै दलको सखाप हुनेमत।
जेनजी प्रोटेष्टमा दमन गरेर १९ जना बच्चाहरु मार्न आदेश दिने नेपालका तत्कालिन सरकरको नेतृत्व गरेका एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका नेता पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउने वर्तमान सरकारको निर्णय अन्यथा होइन।
त्यो जसको सरकार भएपनि गर्नुपर्थ्यो फरक यति हो कि यो त्यहि रवि लामिछानेले नेत्रित्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले गरेको छ। यो पहिला नै हुनुपर्ने हो, अनुसन्धान बाँकी रहेकाले ढिला भयो तर रुपमा गयो। यो त एउटा आरोप हो बाँकी खुल्दै आउलान र कानुनले बराबरी गर्ला।
तर ओली र लेखक दुबैलाई कानुनि र मानबीय रुपमा आफूलाइ सफाई दिने र कानुनि प्रक्रियामा जान दिनुपर्छ। उनीहरु मात्र होइन हरेक आरोपीले कानुनि उपचार पाउनुपर्छ र न्याय पाउनुपर्छ। दोषीले पनि दोष बराबरको मात्र सजाय पाउनुपर्छ, न बढी न घटी। यो नै न्यायिक र सहि मानिन्छ।
हिजो गैरकानुनि रुपमा अति गर्नेहरुले, रास्वपाका सभापतिलाइ अन्तिम इच्छा सोध्ने र मध्येरातमा बिरामी हुँदा पनि औसधि नदिनेले अहिले आफूलाई प्रतिसोध भन्नु हासो मात्र हो। अन्यलाइ कस्तो गरेका थिए होलान। कांग्रेस र एमालेका नेताहरुले सहकारी ठगेको आरोप स्विकार्दा तारिखमा छुटे तर रवि छुटेनन। त्यो पनि न्यायको अर्को पाप हो।
यस्ता धेरै छन्। तर अबको समय पहिलाको जस्तो हुनुहुँदैन, दोष र पापका आधारमा कानुनि रुपमा जानुपर्छ। त्यो रवि, कवि, ओली या लेखक, गुरुङ्ग या अरु कोहि नै किन नहुन कानुन सबैको लागि बराबर हुनुपर्छ।
