भ्रष्टाचारको इतिहास र प्रतिसोधको राजनीति बोकेको कांग्रेस फुट्ने संघारमा

Graphic representation featuring two individuals associated with the Nepali Congress party and a tree symbol.
Spread the love

कृष्ण केसी, सेप्तीम्बेर २३, २०२५ 

नेपालको राजनैतिक विश्लेषण गर्न म कुनै राजनैतिक बिज्ञ होइन। त्यसो गर्न विभिन्न कालखण्डको अध्ययनको ट्रयाक, टेण्डेन्सी र वर्तमान राजनीतिको बाटो बुझेको, अनुसनधान गरेको बिज्ञ, राजनीतिशाश्त्रको प्राध्यापक या प्राज्ञ हुनुपर्छ। म त्यो होइन, त्यसैले यो मेरो प्रयास मात्र हो विश्लेषण होइन।   

नेपालको राजनीतिलाइ ५० को दशक देखि गतिशील रुपमा हेर्ने गरिन्छ। त्यसपूर्व राणाकाल र इतिहास निर्माणको पाटो मानेर अध्ययन गर्ने गरिन्छ। जब ५० को दशकमा प्रजातन्त्र सुरुवात भयो तब नेपाली राजनीतिमा फरक रुपमा राजनैतिक गतिबिधि सुरुभयो। नेपाली कांग्रेस पार्टीको सोच, स्थापना र राजनीतिमा मूल प्रबाह पनि यसै दशकमा सुरु भएको हो।

नेपाली कांग्रेसमा त्यो ५० को दशक देखि नै सुबर्ण शमशेर राणा,  बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको योगदानलाइ उच्च रुपमा मान्ने गरिएको छ। पछि गिरिजाप्रसाद कोइराला, शुशील कोइरालालाइ पनि स-सम्मान रुपमा लिने गरिएको छ। तर त्यो खालको सम्मान शुशील कोइरालाको समयपछि कसैले पाएको देखिएन।

५० को दशकपछि बिचमा पंचायती ब्यबस्था आयो, बहुदल ल्याउन प्रयास गरियो-निर्दल आयो र असफल भयो। ९० को पूर्वार्धमा पुगेर आन्दोलनद्वारा फेरी प्रजातन्त्र पुनरबहाली भयो। बल्ल सुरु भयो असली राजनीतको खेल। 

९० को दशकमा बहुदल जसलाई राजतन्त्रात्मक प्रजातन्त्र भनियो त्यो समय देखि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र कांग्रेसको पार्टी सभापति थिए। बहुमतको संसद पार्टी भित्रको झगडाले गर्दा दुइ-तिहाइको मत् लिन भन्दै संसद बिघटन गरे। अनि कांग्रेसमा कलह छत्ताछुल्ल हुन थाल्यो। त्यसले कांग्रेस मात्र होइन नेपालको राजनीति र अर्थतन्त्रमा नै डामाडोलको सुरुवात ल्यायो। त्यसपछि कहिलै पनि नेपाली राजनीति स्थिर भएन। 

त्यो समय कांग्रेसमा पार्टी नेता र संसदको दलनेता को हुने भन्ने कुराले पार्टीमा ध्रुवीकरण र बिभाजन भयो। हुन त कुनै पनि दलमा गुट र उपगुट स्वभवैले हुन्छ। नयाँ भनेको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि रवि-स्वर्णिम र डिपी अर्यालको लाइन फरक देखियो। तर कांग्रेसको त्यो मतान्तर अन्तमा ७४:३६ हुँदै पार्टी नै बिभाजन भयो। 

नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक दुइ दल बन्यो। फुटेको देउबा काँग्रेस जसलाई रिसले यो या खिसिट्ट्यूरी गर्न हो तान्त्रिक कांग्रेस भनिन्थ्यो। तान्त्रिक कांग्रेसको नेतृत्व शेरबहादुर देउबाले गरे। मूल कांग्र्रेसको नेतृत्व चाहिं गिरिजाप्रसाद कोइरालामा नै थियो। पछि गिरिजाप्रसाद कोइरालाको एक वाक्य बोलीले कांगेस एक भयो। अन्तत देउबा फेरी पनि एकिकृत कांग्रेसको दोश्रो पटक सभापति भए र यो लेख्दा सम्म पनि छन्।

धेरै पटक प्रधानमन्त्री भएका देउबाको घरबाट अकुत सम्पति निस्कियो। कांग्रेसको तर्फबाट मन्त्री बनेका दिपक खड्काको घरबाट मशिनले गन्नुपर्ने पैसा निस्कियो। हुन त देउबाले यो पैसा आफ्नो होइन मात्र होइन पैसा भेटेको नै होइन भनेका छन्। अब भन्नेले जे जे भन्लान तर नेपाली नागरिकले त्यो बचाउ पत्याउँदैनन। त्यसैको सेरोफेरोमा आफू बन्दि नहोस भनेर देउबाले इन्कारेका हुन् तर मौकामा कौडी हान्ने र ‘युज एण्ड थ्रो’ गर्ने महामन्त्री गगनकुमार थापाले आफ्नो कुपोषण लागेको सुकेको आवाज निकालेका छन, ‘कि नेता फेरिन्छ की पार्टी फोरिन्छ।, 

पहिलो कुरा त थापा अष्टबक्र ऋषि जस्ता छन्। उनलाई अध्ययन गर्दा दुइ दशक पहिला भिडबाट आएका थापाको पार्टी भित्र पक्कड भने रहेन छ भन्ने कुरा त यहि महिनाको २० मध्ये बैठकमा १९:१ मतले हार्नुमा नै देखियो। उनले अर्का महामन्त्री बिश्वप्रकास शर्माको नाम लिएका छन् तर शर्मा भन्दा डर छेरुवा र ढुकुवा नेता कांग्रेसमा बिरलै होलान। अब प्रश्न उठ्छ शर्माले थापालाइ धकेल्ने या थापाले शर्मालाइ युज एण्ड थ्रो गर्ने भन्ने कुरा हो। 

पाप धुरीबाट कराउँछ भन्ने नेपाली जनजिब्रो छ। पछिल्लो ३ बर्ष नेपाली कांग्रेस त्यसमा पनि महामन्त्री थापा र रमेश लेखकले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाण्डौ महानगरका मेयर बालन शाह माथी प्रतिसोध र दबाव अनि दुख दिने राजनीति मात्र गरे। आफ्नो दलको आन्तरिक अधिवेशन गरेनन, नेविसंघ तरुण दल लगायतको अधिवेशन नभएको बर्षौं भयो तर पनि उनीहरु अझै प्रतिसोधमा मात्र उत्रिएका छन्। यो भन्दा पतनको बाटो कुन होला ? आखिर उनको पार्टी फोर्ने र सभापति बन्ने कुरा पनि महर्षि विश्वामित्रले अर्को स्वर्ग बनाएको जस्तै हो। 

यति मात्र होइन एमालेसंग प्रजातन्त्रको मर्यादा विरुद्ध संसदका दुइ ठुला दल भएर गठबन्धनको सरकार बनाए। अनि देखाई-देखाइ भ्रष्टाचार गरे। अकुत सम्पति कमाए। देशको अर्थतन्त्र डुबाए। नागरिकले पत्याउएन छाडे तर पनि चेतेनन। हरेको कुरालाइ राजनीतिबाट समाधान हेरियो। त्यो भनेको असंभव कुरा हो। 

अब नेपाली काँग्रेसमा एकाथरी बच्चन र बचाउ गर्न लागि पर्ने अर्को थरी नेताको तोपा पहिरिन दलफोर्ने लडाइमा लाग्ने खेल सुरुभयो।यसको पछिल्लो परिणाम आगामी निर्वाचनमा कांग्रेसका डा. सुनिल शर्मा बाहेक कसैले पनि चुनाव जित्ने अवस्था देखिएन। किनकी सडक र समुदायमा खुला रुपमा हिंड्ने कांग्रेसी नेता उनि मात्र देखिए। 

अहिले थापाले पहिला देउबाले गरेकै इतिहास दोहोर्याउने प्रयास गर्दैछन्। थापाले कहिलै पनि अरुलाई बनाउने काम गरेनन। उनको स्वार्थि पनि छ, आफू मात्र बन्ने। आफू बन्न ससुरा पनि छाडेनन। अहिले पनि उनि आफैं सभापति बन्ने होडमा दल फुटाउन तयार भएका हुन् पार्टी र नागरिक सरोकार त्यसमा छैन। यसको मतलब गगन थापा बन्नु भन्दा नबन्नुमा कांग्रेसको भलाइ छ।