https://www.youtube.com/embed/M99jJt1FYgU

-एनआरएनए आइसीसी अब कामचलाउ मात्र, संरक्षक परिषद् सक्रिय हुनु पर्छ:अधिवक्ता सुनिल पोखरेल

एनआरएनए आइसीसी अब कामचलाउ मात्र, संरक्षक परिषद् सक्रिय हुनु पर्छ:अधिवक्ता सुनिल पोखरेल

Hollywood Khabar October 24,2021 Comments

काठमाडौँ, जीएनएन)

नेपालका एकजना वरिष्ठ कानूनविद, सुनिल पोखरेल, ले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समिति ( एनआरएनए आइसीसी) अब कामचलाउ बनेको र संस्था भित्रको विवाद समाधान गर्न संरक्षक परिषद सक्रिय हुनु पर्ने बताएका छन्।

जीएनएनसंग कुरा गर्दै अधिवक्ता पोखरेलले आइसीसीको निर्वाचन २–२ वर्षमा गर्नुपर्ने वैधानिक व्यवस्था रहेको बताए। विधानको व्यवस्था हेर्नुभयो भने त्यसले महाधिवेशनको तिथिमिति पछाडि सार्ने कुरा गर्छ। त्यसले आइसीसी कार्यसमितिको म्याद बढाउने वा घटाउने कुरो गर्दैन। तर स्वाभाविकरुपमा महाधिवेशनको मिति सर्नेबित्तिकै त्यो कार्यसमितिको २ वर्षको पदावधि पूरा भइसकेको हुनाले त्यो कार्यसमिति स्वतः कामचलाउ हुन्छ। त्यसले दैनिक कामकारबाही बाहेक नीतिगत निर्णय र दूरगामी प्रभाव पार्ने गरी कुनै पनि निर्णय गर्न सक्दैन।

आइसीसीको म्याद थपिएपछि संरक्षक परिषदको म्याद पनि थपिन्छ कि के हुन्छ भन्ने प्रश्नको जवाफमा गैरआवासीय नेपाली संघको विधान तथा काम कारवाहीबारे गहिरो जानकारी राख्ने अधिवक्ता पोखरेलले भने, "पहिलो कुरा त आइसीसीको म्याद थपिएको हैन, महाधिवेशनको मिति पछाडि सारिएको हो। महाधिवेशनको मिति सरेसँगै नयाँ कार्यसमिति नआउँदासम्म यही कार्यसमितिले कामचलाउका रुपमा काम गर्ने हो। जहाँसम्म संरक्षक परिषदको कुरा छ त्यो चाहिँ आइसीसीले विभिन्न राष्ट्रिय समन्वय परिषदमा रहेर काम गरेका अथवा अन्तर्राष्ट्रिय समन्वय परिषदमा रहेर काम गरिसकेका व्यक्तिहरुलाई २ वर्षे कार्यकालका लागि मनोनीत गरेको हुन्छ। अब अर्को कार्यसमिति नआउँदासम्म त्यसले पनि सोहीअनुरुप काम गर्ने अवस्था देखिन्छ।

यो कार्यसमिति जो आफैं कामचलाउ भइसक्यो अब यसले नयाँ संरक्षक परिषद् गठन गर्न सक्दैन। त्यसकारण नयाँ कार्यसमिति आएर नयाँ संरक्षक परिषद् गठन नभएसम्म अहिलेकै संरक्षक परिषदले काम गर्नसक्ने अवस्था छ, उनले भने।

अधिवक्ता पोखरेलले अहिलेको स्थितिमा संरक्षक परिषदको भूमिका महत्त्वपूर्ण भएको बताए। 'आइसीसीको पदावधि सकिएको छ। उ अब कामचलाउ भएको छ। अब संस्थामा कुनै नीतिगत र दूरगामी निर्णय गर्नुछ भने र एनआरएनको विधानमा संरक्षक परिषद्को प्रारुप, आवश्यकता र औचित्यलाई दर्शाएर राखेको छ उसले संस्थाको हितमा दूरगामी निर्णयहरु गर्न सक्ने अवस्था आउँछ। संस्थालाई जीवन्तता दिनका लागि अब संरक्षक परिषद्को अली बढी सक्रियता रहन्छ। खासगरी संरक्षक परिषद्मा त्यो संस्थामा पहिल्यै काम गरिसकेका र विश्वास आर्जन गरिसकेका अनुभवी व्यक्तिहरु हुने भएकाले त्यसको सक्रियता मैले अलि बढी अपेक्षा गर्छु।

संस्थालाई जीवन्तता दिन दुई विकल्प

अहिलेको एनआरएनमा देखिएको संकटको विधानसम्मत निकास के हुन सक्छ? भन्ने प्रश्नमा अधिवक्ता पोखरेलले भने, "अहिले जुन परिस्थिति सिर्जना भएर महाधिवेशन सारियो त्यसको जानकारी सबैलाई छ। विभिन्न एनसिसिबाट प्रतिनिधिहरु चयनको विवाद छ कतिपय ठाउँमा राष्ट्रिय समन्वय परिषद् गठनको विवाद छन्। यी यावत विवादको समाधन गर्नका लागि त्यही महाधिवेशन उपयुक्त फोरम हुन्थ्यो। त्यही महाधिवेशनको मिति पर सारियो। म्याण्डेट पाएको कार्यसमिति कामचलाउमा परिणत भइसक्यो।

अब यसलाई निकास दिएर संस्थालाई जीवन्तता दिने हो भने दुई विकल्पहरु छन्:

एउटा कार्यसमितिको कार्यावधि सकिएकाले उहाँहरुले बिदा लिएर उहाँहरुमध्ये केही व्यक्ति, अन्य पूर्व अध्यक्षहरु र पूर्व पदाधिकारीहरुको एउटा तदर्थ समिति बनाउने। त्यो समितिको काम भनेको अहिलेका विवादहरु समाधान गर्ने र महाधिवेशनको सुनिश्चितता गर्ने। दोस्रो विकल्प भनेको १,२,३,४ गरेर अहिलेको कार्यसमिति जो कामचलाउ भइसकेको छ त्यसले यी कामहरु मात्र गर्ने भनेर तय गर्ने र बाँकी कुराहरु संरक्षक परिषद्ले गर्ने भनेर निर्वाचन समिति जुन गठन भइसकेको छ त्यसले निर्वाचन प्रक्रिया अघि बढाउने भनेर लिखित प्रतिबद्धता गर्ने निर्णय अहिलेको आइसिसिबाट भएमा त्यसले सबैको विश्वास आर्जन गर्छ। अहिलेको कार्यसमितिले गुम्न लागेको आफ्नो साखलाई पुनः प्राप्त गर्छ र यो संस्थाप्रतिको सम्मान र आदर बढेर जान्छ र संस्था नयाँ उचाइमा पुग्छ।

संबन्धित समाचार

एनआरएनए आइसीसी सदस्यहरुको सपथ-पदभार ग्रहणका लागि प्रमुख संरक्षकमा निवेदनको बर्षा

एनआरएनए एनसीसीको विश्व भेलामा ८०% अध्यक्षहरुको उपस्थिति, संरक्षक परिषदलाई जिम्मा दिए १ महिना

एनआरएनएमा वैधानिक संकटकाल, संरक्षक परिषद बाहेक सबै पद र निकायको अवधि समाप्त

एनसीसीहरुको विश्व सम्मेलनको तयारी पुरा, संकटको निकास दिनका लागि भेला

एनआरएनएका राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला रोकिएको छैन

एनआरएनए आइसीसी सदस्यहरुको पदभार ग्रहण तुरुन्त नगराए संरक्षक परिषदमा जाने

एनआरएनए एनसीसीहरुको अन्तराष्ट्रिय भेला अक्टुवर २४, अध्यक्ष पन्त र प्रमुख संरक्षक घले प्रमुख अतिथि

एनआरएनए २०१९ कार्यकाल समाप्त, आइसीसी इलेक्टहरु बैधानिक, विकल्पमा अन्तरिम अध्यक्ष चयन

एनआरएनएका प्रतिनिधिलाइ मन्त्री खड्काले अधिवेशनको काम संरक्षक परिषदलाइ दिन सुझाव दिए

एनसीसीहरुको विश्व सम्मेलनको तयारी पुरा, संकटको निकास दिनका लागि भेला

प्रवासबाट संचालित अनलाइनहरु ह्याक गर्न केपी ओलीका आइटी विज्ञ हायर, २ वटा साइट ह्याक

एनआरएनए २०१९ कार्यकाल समाप्त, आइसीसी इलेक्टहरु बैधानिक, विकल्पमा अन्तरिम अध्यक्ष चयन

एनआरएनएका राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला रोकिएको छैन

एनआरएनएको रोकिएको महाधिवेशन, संरक्षक परिषद, एनसीसी अध्यक्ष भेला र विकल्पहरु

कुमार पन्तले काँग्रेसलाई चुनौती दिनु दुखद, एमालेले पन्त जिताउन नेम्वाङको नेतृत्वमा समिति

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

गैरआवासीय नेपाली संघमा मौलाएको स्वार्थ र प्रतिष्ठाको लडाईं, जित्नको लागि सँस्था धरापमा

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

एनआरएन:धाँधलीको सुनुवाइ नभए पछि वाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु प-यो

एनआरएनएको महाधिवेशन अनुगमनमा मन्त्रालय टोलीले अडिट लग सहित सयौं कुरा हेर्ने

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल, सेल्फिको लफडा सहितको प्रेस विज्ञप्ति

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

एनआरएन जापानको धाँधलीपूर्ण निर्वाचन रद्द गर्न माग

अध्यक्षकै नाम प्रतिनिधिबाट हटाएपछि एनआरएनए युकेको कानुनी बाटो लिने चेतावनी

एनआरएनए महाधिवेशन प्रतिनिधि चयनमा धाँधलीको प्रमाणसहित परराष्ट्रमा उजुरी

https://www.hollywoodkhabar.com/nrna-10thagm-deligatsden

https://www.hollywoodkhabar.com/nrna10th-deligets-primarylistcontronrna

गैरआवासीय नेपाली संघमा विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको बिषय प्रवेश हुन्छ

एनआरएनए बिधानको अपव्याख्या, ६५% महाधिवेशन प्रतिनिधि २०२१ को एनसीसीले गर्ने हो

एनआरएनएका महासचिवको संलग्नतामा अमेरिकाको डाटा दुरुपयोग, रिपोर्टिङ्ग हुने

गैरआवासीय नेपाली संघ अमेरिकाको लोगो र नाम दुरुयायोग भएकोमा एनसीसीको ध्यानाकर्षण

एनआरएनएको इतिहासमा असफल महासचिव डा शर्मा, प्रसङ्गमा ८ र १२, अपसगुन कुरा

नेपाली राजदूतावास अमेरिकाको आयोजनामा ब्रेनगेन कार्यक्रम सम्पन्न

एनआरएनएको बैधानिक बिधि नपुगेका कारण मन्त्रालयबाट बिधान स्वीकृत नहुने

एनआरएनए अमेरिकाको २५% प्रतिनिधिमा राज्य च्याप्टर सहभागी गराउने सहमति

एनआरएनएको सदस्य बन्ने एमआइएसमा चरम दुरुपयोग, सर्वत्र बिरोध, अध्यक्ष पन्त मौन

एनआरएनए युरोप संयोजक आचार्यले MIS मा चरम दुरूपयोग भएको भन्दै अध्यक्ष पन्तलाइ पत्र लेखे

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि संबन्धि धेरै भ्रमभयो अमेरिकामा, बस अब पुग्यो!

एनआरएनए जापानको १७०० सदस्य एमआइएसबाट हेरफेरी, जवाफ कुनचाहिँ राजले दिने?

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनअरएनए बहराइनमा चुनावी नाङ्गो नाँच, अध्यक्ष पन्तज्यू जवाफ दिनुहोस, एकापक्षद्वारा बहिस्कार

गैरआवासीय नेपाली संघको विधानमा महासचिवको मनपरी व्याख्या

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए अमेरिकाको सभा, उपाध्यक्ष डा के सीको धम्कि, बिधान रोक्न सर्वोच्चमा पिटिशन हुने

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए एनसीसी अमेरिकाको चुनाव रोक्न माग गर्दै अदालतमा मुद्धा, महासचिव शर्माको संलग्नता

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि

एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

एनआरएनए ILO प्रोजेक्ट:७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ:

https://www.youtube.com/watch?v=rSCCyclARX8

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर, ३ वर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ