-Mahesh Shrestha, Treasurer, NRNA ICC

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

Hollywood Khabar February 17,2021 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी १७, २०२१

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले संघको पारदर्शिता र आर्थिक अनियमिततामा शून्य सहनशीलता रहने कुरा बताउनु भएको छ।

कोषाध्यक्ष श्रेष्ठले गैरआवासीय नेपाली संघको मध्यपुर्बमा रहेको राष्ट्रिय समन्वय परिषदहरु (एनसीसी) युएई, साउदी अरब, कतार, बहराईन, कुवेत, ओमान र एशिया क्षेत्रको राष्ट्र मलेशियामा अप्ठ्यारोमा परेको श्रमजिबि नेपालीहरुको कोभिड १९ संक्रमणका कारण उद्वारको निम्ति अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) बाट प्राप्त भएको सहयोग परियोजनाबारे उठेका प्रश्नबारे सो कुरा बताउनु भएको हो।

ILO को सो सहयोग परियोजनामा रकम हिनामिना भएको भनी विभिन्न सामाजिक संजाल मार्फत तिब्र गतिमा संघ-भित्र र बाहिर समेत कुरा आएपछि सो क्षेत्रका क्षेत्रीय उपसंयोजक मजोज गोर्खाली र क्षेत्रीय संयोजक पविन गुरुङले विज्ञप्ति नै निकालेर ध्यानार्कषण गराउनु भएको थियो।

त्यसै बिषयमा सोधिएको बिषयमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले यो मात्र होइन कुनै पनि आर्थिक बिषयमा अनियमितता भएमा जिरो टलरेन्सी (शुन्य सहनशीलता) रहने कुरा बताउनु भयो। जो सुकै र जे सुकैका कुरा भएता पनि आर्थिक अनियमिता माथि छानविन गरेर बाहिर ल्याउने कुरा समेत बताउनु भयो। यस्ता कुरामा आफू शुन्य सहनशीलता रहनेछु।

यसका लागि तत्काल ३ काम गर्छु, कोषाध्यक्ष श्रेष्ठले भन्नुभयो;

१. यो मेरो अधिकार क्षेत्र भएकाले तत्काल, आज नै केहि घण्टामा एउटा छानविन समिति बनाउँछु। त्यो समितिको प्रतिवेदन संघको बैठकमा पेश गरेर बाहिर आम नागरिकआ लागि समेत सार्वजनिक समेत गर्नेछु।

२. आर्थिक कारोबार हेर्न एउटा स्वतन्त्र लेखापरिक्षकको नियुक्ति गर्छु। लेखा प्रतिवेदन पनि बैठक हुँदै सार्वजनिक गर्नेछु।

३. छानविन र अडिटबाट कुनै व्यक्ति या कारोबारप्रति दोष देखिएमा जो सुकै र जे सुकै भएपनि कारबाही गरिनेछ।

यस परियोजना मात्र होइन भविष्यमा पनि यस्ता स्थान र लुप होल नरहोस् भनेर अझ पारदर्शी गराउनको लागि कुनै पनि परियोजनामा क्षेत्रका क्षेत्रीय संयोजक, उपसंयोजक र अरु समेत रहने गरि मनिटरिङ्ग गर्ने नीति पारित गर्न आगामी बैठकमा लैजानेछु, कोषाध्यक्ष श्रेष्ठले भन्नुभयो।

यस बिषयसंग संबन्धित समाचाहरु:

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

https://hollywoodkhabar.com/prbin-gurung-nrnamercilo

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

https://hollywoodkhabar.com/nrna-iloproject-manojgorkhali