-यो सुटकेशको ट्रयाक फोटो पेमेन्टमा रेकर्डेड छ, यात्रीले भुक्तानी पाए या पाएनन् त्यो थाहा छैन

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

Hollywood Khabar February 27,2021 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी २७, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तराष्ट्रिय श्रम संगठन (ILO) को सहयोग लिएर कोभिड १९ का मारमा परेका मध्यपूर्व र मलेसीया समेत क्षेत्रका श्रमिकहरुलाई उद्धार गर्न सुरु गरेको राम्रो प्रोजेक्टमा नराम्रो किसिमले अनियमिता भएको पाइएको छ।

  • एनआरएनए ILO प्रोजेक्टको लागि २ जना कर्मचारी एयरपोर्ट राखिएको थियो। उनीहरुलाई मध्यपूर्व र मलेसीयाबाट फर्कने जो कोहि पनि नेपाली मुलका व्यक्तिका दैनिक कम्तिमा पनि ६०/६० वटा डाटा ल्याउनु पर्ने निर्देशन थियो।
  • डाटा ब्यक्तिको फोटो, सुटकेशको ट्रयाक, पासपोर्ट, फोटो, फ्लाइट टिकेटको फोटो जे पनि हुन सक्थ्यो।
  • लिएका डाटा मध्ये धेरै त यात्रुलाई थाहा नै हुँदैन थिए।थाहा हुने मध्य पनि कसले राहतको भुक्तानी पाए या पाएनन् त्यो पनि रेकर्डले भेरिफाइ गर्ने क्रश चेक छैन। तर पनि भुक्तानी भएको छ।
  • एउटा रेकर्डमा ९५७ जनाको नाममा टिकेट र खानाको लागि भनेर प्रति ब्यक्ति १५०० देखि ४२०० सम्म भक्तानी गरिएको छ। यो रकम रुपैयाँमा यो या केमा हो त्यो खुलाइएको छैन। यसमा जम्मा १९ लाख १७ हजार ८६५ को रकम भुकतानी भएको देखिन्छ।
  • यसका अलावा कपन र एयरपोर्ट आते/जातको बारंबार टेक्सी चड्ने र दुवै तर्फको भाडा ८०० का दरले दिएको देखिन्छ। आउने र जाने ठ्याक्कै एउटा नै रकम कसरी मिल्छ त्यो त अरुले बुझ्लान होला। तर टेक्सी किन चढेको त्यो चाहिँ खुलेको छैन।
  • यस्ता थुप्रै करा छन्। तर हरेक कुरा संचारले सार्वजनिक गर्न नमिल्ने कुरा पनि छन्। व्यक्तिका पासपोर्टका फोटो इत्यादी। तर त्यहाँ अनियमितता भएको चाहिं पक्का हो।
  • यसलाई ढाक्न संघका महासचिव हेम राज शर्मा र उहाँका सहोदर भाइ चिरन शर्मा, आइसिसी सदस्य राम शरण सिंखडाले व्यक्ति-व्यक्तिलाइ कल र मेसेज्नर गरेर थर्काउनु अर्को रहस्यको पाटो भएको छ।