-एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

Hollywood Khabar February 18,2021 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी १९, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) द्वारा सपोर्ट गरिएको प्रोजेक्टमा अनियमितता भएको भन्दा गठित छानविन कमिटी नै शंकास्पद रहेको कुरा आएका छन्।

यसपूर्व संघका कोषाध्यक्ष महेश श्रेष्ठले फेब्रवरी १७, २०२१ मा आफू कुनै पनि अनियमिताप्रति शून्य सहनशीलताको पक्षमा रहेको घोषणा गर्दै छानविन कमिटि गठन गर्ने, छुट्टै लेखा परिक्षण गर्ने जस्ता कुरा घोषणा गर्नु भएको थियो।

सोहि अनुसार छानविन कमिटी पनि बनाइयो तर कमिटीमा एनआरएनहरु भन्दा राजनैतिक पार्टीका व्यक्ति राखियो। यसबाट भागबण्डा भएको आशंका गर्न सकिन्छ।

आरोप लागेका व्यक्तिले नै प्रश्न उठाउने व्यक्तिलाई कार्यसमितिबाट कारबाही गर्ने प्रक्रिया गरेको खबरले यसप्रति ठुलै घोटाला भएको कुरा प्रष्ट हुन्छ। यति मात्र होइन बनाइएको छानविन कमिटीमा पनि संघका व्यक्ति भन्दा कांग्रेस, केपी ओली, प्रचण्ड गुटको प्रतिनिधि गराएर चुप-चाप गाउने मिलेमतो देखिएको छ।

बनाइएको छानविन समिति:

  • संयोजक- राजु के सी, एनआरएनए आइसीसी सदस्य
  • सदस्य-भवानी प्रसाद तिम्सिना- जनसम्पर्क समिति सभापति यूएइ
  • सदस्य- बाबुराम बिश्वोकर्मा- प्रवासी एकता मंच अध्यक्ष (प्रचण्ड), यूएइ
  • सदस्य-महेश गिरी- प्रवासी एकता मंच अध्यक्ष (केपी ओली), यूएइ
  • सदस्य-लक्षमण खनाल-अध्यक्ष पत्रकार महासंघ, यूएइ
  • सदस्य- महेश मोक्तान- जनजाति महासंघ अध्यक्ष, यूएइ

यस बिषयमा संघका महासचिव डा हेम राज शर्माको र प्रवक्ता डिबी क्षेत्रीको कहिल्यै नमिल्ने सोच, काम र सहकार्यमा उत्तर-दक्षणको चुच्चो एकैतिर मिलेको छ। प्रवक्ता क्षेत्रीले प्राय संघको विज्ञप्ति पनि नदिने गरेकोमा यो पटक भने तुरुन्तै विज्ञप्ति दिने, शेयर गर्ने र महासचिव डा शर्माले कमेण्ट गर्ने चुच्चो मिलेकोबाट नै केहि पाकेको सुराक मिलेकै हो।

बनाइएको समितिमा क्षेत्रका क्षेत्रीय उपसंयोजक र क्षेत्रीय संयोजक समेत सहभागी नहुनुले अर्को आसंका पैदा गरेको छ।

 

यस बिषयसंग संबन्धित समाचाहरु:

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

https://hollywoodkhabar.com/zerotalarency-mahesh-shresthanrna

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

https://hollywoodkhabar.com/prbin-gurung-nrnamercilo

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

https://hollywoodkhabar.com/nrna-iloproject-manojgorkhali