-एनआरएनए एनसीसी अमेरिकाको चुनाव रोक्न माग गर्दै अदालतमा मुद्धा, महासचिव शर्माको संलग्नता

एनआरएनए एनसीसी अमेरिकाको चुनाव रोक्न माग गर्दै अदालतमा मुद्धा, महासचिव शर्माको संलग्नता

Hollywood Khabar May 26,2021 Comments

कृष्ण के सी, अमेरिका, मे २६, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि यहि मे २९ र ३० मा निर्वाचन हुँदैछ। संघका महासचिव डा हेमराज शर्मा अमेरिकाको निर्वाचन जसरी पनि रोक्ने र एडहक कमिटी बनाएर कृष्ण लामिछानेलाई संयोजक बनाउने पक्षमा छन्।

आसन्न निर्वाचनमा कृष्ण लामिछाने निश्चित रुपमा हार्ने देखिएपछि शर्मा एण्ड गुटले यो कदम चालेका हुन्। स्मरणीय कुरा गत चुनावमा आफूलाई अन्याय भएको कुरा अदालतमा निवेदन गर्ने साल (सुर्य) लम्सालले यो पटक आफैं उम्मेदवार हुन आएका थिए, जुन कुरा उनको लागि आफैं कानुनि रुपमा प्रश्न भयो।

संबद्धपक्षले यो खेलमा एनआरएनएका उपाध्यक्ष डा बद्रि के सी र सचिव गौरी जोशीको पनि नाम लिएका छन्। केहि दिन पहिला भएको बैठकमा नै खुलम-खुल्ला महाचिव शर्माले सो बिषयमा वकालत गरेका थिए। यस संबन्धि संघका अध्यक्ष कुमार पन्त भने अमेरिका मात्र होइन कुनै पनि एनसीसीको चुनाव रोकिनु हुन्न, नमिलेका र असहज भएका कुरामा फेसिलेट गरेर जानुपर्छ भन्ने पक्षमा छन्।

यस बिसयमा संघको एनसीसी अमेरिकाको विज्ञप्ति:

२६ मे, २०२१

प्रेस विज्ञप्ती ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको वर्ष २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि निर्वाचनको कार्यतालिका अनुरुप निर्वाचनका कार्यहरु भैरहेको छ।

उम्मेद्वार तथा गैरआवासीय नेपाली सदस्य मतदाताहरुमा निर्वाचनलाई लिएर उत्साह देखिएको छ। विभिन्न राज्य तथा शहरहरुमा गई उम्मेद्वारहरुवाट प्रचार प्रसारका कार्यहरु समेत भैसकेको अवस्था छ। अव मतदानको निम्ति मतदाताहरु पर्खाईमा छन् भने उम्मेद्वारहरुले समेत मतदानको दिन कुरिरहनुभएको अवस्था छ।

अमेरिकाको गैरआवासीय नेपालीविच, संघको आसन्न निर्वाचनले चुनावी माहौल खडा भएको छ। तर विडम्वना मुखमा आइसकेको निर्वाचनलाई प्रभावित पार्दै निर्वाचन रोक्नका लागि माग दावी सहीत टेनिसी राज्य स्थित डेभियसन काउन्सी स्थित सम्मानित अदालतमा साल लम्साल (सूर्य) ज्यूले उजुरी गर्नुभएको सवैमा जानकारी गराउन चाहन्छौं।

संघको आसन्न निर्वाचनलाई हुन नदिनका लागि गरिएको उजुरीको सम्बन्धमा संघले आवश्यक कानुनी प्रक्रिया अवलम्वन गरिसकेको पनि सबैमा सूचित गर्दछौं।

व्यक्तिगत स्वार्थ र कुण्ठाको भरमा सम्मानित संस्थालाई विवादमा पार्न उद्दत यस्ता कार्यको भत्र्सना पनि गर्दछौं। मे २७, २०२१ को दिन पहिलो चरणको वहसको लागि सम्मानित अदालतले समय निर्धारण गरेको पनि जानकारी गराउदछौं।

अन्त्यमा, फेरि पनि संस्थाको छवीलाई आघात पुग्ने खालका यस्ता स्वार्थ प्रेरित कार्य नगर्न र नगराउनका निम्ति सम्बन्धित सबैको ध्यान आकृष्ट गराउन चाहन्छौं ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका