-एनआरएनए ILO प्रोजेक्ट: ७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

एनआरएनए ILO प्रोजेक्ट:७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

Hollywood Khabar February 22,2021 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी २२, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) द्वारा सपोर्ट गरिएको प्रोजेक्टमा अनियमितता भएको अब प्रष्ट नै भैसक्यो।

  • यूएइ र साउदी, मलेसीया मात्र होइन संघका पदाधिकारी भित्र पनि खोजि गर्नुपर्ने कुरा आउन थालेको छ। उब्जिएका घोटाला संबन्धि कुरा समाचार मात्र होइन खुराक नै युरोप र अमेरिका सम्म पुगेको कुरा आएका छन्।
  • संचारकर्मीको काम भनेको समाजमा उब्जिएका कुरा बाहिर ल्याइदिने हो। यसका लागि छानविन गरेर सत्य कुरा ल्याउने काम ल इन्फोर्समेण्ट र संबन्धित निकायहरुको हो। यहि धर्म हो र त्यो हलिउडखबर र केहि अलायन्सहरुले गर्दै आएका छौ।
  • तर केहि संचारकर्मीहरु नै घोटालामा जोडिएपछि प्रश्नको बेहरिस्त बढेर गएको छ। संघकै संचारको लागि भनेर अर्को घोटाला भएको कुरा उठेको छ। यसको जवाफ अरुले होइन अब कोषाध्यक्ष महेश श्रेष्ठबाट प्रष्ट कुरा आउनु पर्यो। कोरोनाकै लागि भनेर प्रकाशन, सूचना र संचारमा कुनै रकम खर्च भएको छ या छैन ?
  • यति मात्र होइन यसका घोजिका घेरा बढाउनु परेको देखिएको छ। संचारकर्मी देखि राष्ट्रिय समन्वय परिषदको नेतृत्व सम्म मुछिएका आरोप आएकाले सत्य तथ्य कुरा बाहिर आउनु पर्यो। कतै यो एउटा सुनियोजित रुपमा ब्यबस्था गरिएको घोटाला त होइन ?
  • कुरा यतिले सकिंदैन। बिषयलाइ दबाउन संघका महासचिव डा हेम राज शर्मा खुल्ला रुपमा लागि पर्नु अर्को रहस्यको कुरा भएको छ। महासचिव डा शर्माले घोटालामा संलग्नलाइ जोगाउन उत्सुकता देखाउनु, फेसबुकमा स्टाटस लेख्नु, जो जो गनाएका छन् उनीहरुलाई काखी च्याप्नु, महाधिवेशनमा प्रतिनिधिलाइ रोक्ने महासचिव डा शर्माको नियत खराब प्रष्ट रुपमा देखिन थालेको छ।
  • साउदी र मध्यपूर्वबाट अब ILO ले बाँकी रकम खर्च गर्नबाट रोकेर तुरुन्तै आफ्नै अडिटर पठाएर अडिट गर्न माग भएको छ।
  • अडिटबाट यदि अनियमितता भएको देखिएमा रकम फिर्ता गराउनु पर्छ।
  • बाँकी रकम बैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका र जुनसुकै कारणले पनि बैदेशिक रोजगारीका क्रममा जेल परेकाहरुको परिवारलाइ दिनुपर्छ।
  • यदि अझै पनि विदेशमा अलपत्र परेका लास छन् भने तिनलाई नेपाल सम्म लगेर सद्गगति र मृत्यूकर्म गर्न (परिवारको सहमतिमा) खर्च गर्नुपर्छ।

यस बिषयसंग संबन्धित समाचाहरु:

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

https://hollywoodkhabar.com/nran-saudi-iloproject

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

https://hollywoodkhabar.com/nrnailo-uae-przanvpsudpended

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

https://hollywoodkhabar.com/nrnailo-project-committeeq

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

https://hollywoodkhabar.com/zerotalarency-mahesh-shresthanrna

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

https://hollywoodkhabar.com/prbin-gurung-nrnamercilo

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

https://hollywoodkhabar.com/nrna-iloproject-manojgorkhali