-प्रवासबाट संचालित अनलाइनहरु ह्याक गर्न केपी ओलीका आइटी विज्ञ हायर, २ वटा साइट ह्याक

प्रवासबाट संचालित अनलाइनहरु ह्याक गर्न केपी ओलीका आइटी विज्ञ हायर, २ वटा साइट ह्याक

Hollywood Khabar October 21,2021 Comments

अमेरिका, अक्टुवर २२, २०२१ - गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन अनिश्चित भएसँगै २०१९-२०२१ कार्यकालका केहि पदाधिकारी र वर्तमान समयमा उम्मेदवारी घोषणा गरेका उनीहरु मध्येका केहि ब्यक्तिहरुको प्रत्यक्ष संलग्नतामा नेपाल बाहिरबाट संचालित अनलाइन मिडियाहरु ह्याक गर्न थालिएको छ।

केहि दिन पहिला अनुनय विनय गर्न पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा एनआरएनए अध्यक्ष कुमार पन्त लगायतको टिम पुगेसँगै यो हर्कत सुरु भएको हो। एक दिनको फरकमा हलिउडखबर डटकम र चारदिशा डटकम दुइ अनलाइनहरु एकै प्रकृतिमा ह्याक गरिएको थियो।

उनीहरुले नेपाल बाहिरबाट संचालित एक दर्जन भन्दा धेरै अनलाइन मिडियाहरु ह्याक गर्न पूर्व प्रधानमन्त्री केपी ओलीका आइटी विज्ञलाइ हायर गरेको बुझिएको छ। अब थप ह्याक लिष्टमा परेकाहरुमा बेलायतका ४, अमेरिकाका (थप) २, स्पेनको १, नेपालका ४ परेका छन्।

ह्याक गरिएका दुवै अनलाइनको अनुसन्धान थालिएको छ। यसैबीच अनलाइन संचालकहरुको अक्टुवर २२, २०२१ मा भएको एक अनौपचारिक जुम मिटिंगले आइटी विज्ञहरुको सहयोगमा रेशिङ्ग, ट्रयाकिङ्ग र ट्रयाप तयार गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट प्राप्त जानकारी छिट्टै सार्वजनिक गरिने पनि ती अनलाइनहरुले जनाएका छन्।