-Prabin Gurung, Regional Coordinator, NRNA Middle East Region

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

Hollywood Khabar February 15,2021 Comments

आदरणीय पत्रकार साथीहरु तथा एनआरएन मित्रहरुमा नमस्कार !

संलग्न प्रेस विज्ञप्तीमा नसमेटिएका केहि कुराहरु सारमा यहाँहरु समक्ष राख्न चाहन्छु।

विशेषतः विज्ञप्तीमा दर्शाईएका भावहरु भन्दा बाहेक यो सवालमा म लगाएत मध्यपूर्वका नेतृत्वहरु तहमा रहनुभएका साथिहरुले आवश्यक सोधनीका लागि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का बहालवाला पदाधिकारीहरुलाई पटक–पटक संघको दैनिक कार्य सम्पादनमा भैरहेको कामको विवरण लिनदिन खोज्दा बेवास्ता गर्ने गरेको तथ्यलाई म यहाँहरु वीच राख्न चाहन्छु।

हामीले पहिले देखिनै उठान गर्दै आईरहेको संघको संस्थागत निर्णय प्रति हामीले आफ्नो स्वामित्व खोज्दै गर्दा महाधिवेशनबाट निर्वाचित भएका मध्यपूर्वबाट पदीय जिम्मेवारीमा रहेका हामी कसैलाई संघको निर्णय हुनु पूर्व खबर नपाउनु यावत कुराहरुले हामीलाई दिइएको जिम्मेवारी र हामीले खेल्नु पर्ने भूमिकालाई निस्कृय बनाइनु आफैमा खेदजनक छ।

अझ मध्यपूर्व भित्रका गतिविधि समेत निर्णय पश्चात मात्र जानकारी हुने गरेको छ, त्यो भन्दा लज्जास्पद कुरा अरु के हुन सक्ला र? त्यसैको कडि स्वरुप आज यी र यस्ता परिघटनाको दृश्य हामीले सुन्नु वा देख्नु परिरहेको छ।

तसर्थ आगामी दिनहरुमा संघले कुनैपनि कार्यहरुमा संस्थागत निर्णय हुनु पूर्व क्षेत्रीय रुपमा जिम्मेवारी पाएका व्यक्तिहरुको सहभागिता, उनीहरुको निर्णयप्रति हुने सार्वभौम अधिकारलाई वन्चित नगर्नका निमित्त अनुरोध गर्दछु । बाँकी संलग्न प्रेस विज्ञप्तीमा उल्लेख गरेको छु । धन्यवाद

जय एनआरएन ।

प्रविण गुरुङ्ग

मध्यपूर्व संयोजक

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद

फेब्रवरी १६, २०२१