NRNA

एनआरएनए २०१९ कार्यकाल समाप्त, आइसीसी इलेक्टहरु बैधानिक, विकल्पमा अन्तरिम अध्यक्ष चयन

Hollywood Khabar October 20,2021 Comments

कृष्ण के सी, काठ्माण्डौ, अक्टुवर २१, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तरराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन अक्टुवर २३-२५ मा हुने भनिएको थियो, तर महाधिवेशन प्रतिनिधिहरुको चयनलाइ लिएर चरम विवाद बढ्यो। नेतृत्वले सहजीकरण गर्न सकेन र महाधिवेशन गर्न भन्दा रोक्नतिर हौसियो। यसैको फलस्वरूप अन्योलता बढेको छ। यति मात्र होइन पदावधिको बैधानिकता र विकल्पमा दर्जनौ र सयौं प्रश्नहरु उठेका छन।

यसै प्रसङ्गमा संघका अग्रज, २०१९-२०२१ कार्यकालका पदाधिकारी, अन्तरराष्ट्रिय परिषद सदस्य, पंजीकृत सदस्य लगायत धेरै जनासँग गरिएको भलाकुसारी र बिचार अनि बिधानको ब्यबस्थाको अध्ययनले उक्त कुराको टुंगोमा पुग्न बाध्य बनाएको हो।

प्रश्न र प्रसङ्ग

  • पूर्व निर्णय गरिएको महाधिवेशन अक्टुवर २३-२५ सम्म भन्नु पनि संघको २०२१ को विधानले नमान्नु पर्ने कुरा हो। किनकी २०१९-२०२१ को पदावधी अक्टुवर १७ को मध्यरातपछि समाप्त हुने अवस्था हो।
  • त्यसमा पनि १० अक्टुवरमा र पछि २० अक्टुवरमा चुनाव गर्ने भन्ने दिन कसरी छानियो ? जबकी महाधिवेशन नै अक्टुवर २३-२५ मा गर्ने भनिएको थियो। त्यो २३-२५ मध्ये कुनै एक दिनमा हुनुपर्ने हो। परंपरा र बिधान सबैले त्यसै महाधिवेशनको बिचमा नै निर्वाचन गर्ने भनेको छ। त्यो म्याजिक १० र २० को नम्बर कसरी र किन आयो ?
  • पूर्व निर्धारित समयमा महाधिवेशन भएको अवस्थामा पनि अक्टुवर १७ मा समाप्त भएको संघको कुमार पन्तको कार्यकालको नेतृत्वले कसरी २० अक्टुवरमा भएको चुनाव मान्य गराउन सक्छ ?
  • पदावधि समाप्त भएको नेतृत्वले अक्टुवर २३-२५ मा कसरी महाधिवेशन गर्न सक्छ ?
  • अनि अक्टुवर ९, २०२१ शनिबार संघको कार्यकारी सचिवालयको बैठकले महाधिवेशन र निर्वाचन अनिश्चित समयको लागि सार्ने निर्णय गरेको छ।
  • बिधान अनुसार महाधिवेशन त ९० दिन सार्न सकिएला, तर पदावधि भने सार्न सकिंदैन, त्यो ब्यबस्था बिधानमा छैन।
  • त्यसैले गर्दा २०१९-२०२१ को पदावधि समाप्त भयो। 

बिधान र ऐनका कुरा

  • संघको बिधान २०२१ को परिच्छेद ५ दफा ११ अनुसार गैरआवासीय नेपाली संघको अन्तरराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन २ बर्षमा १ पटक हुने भनिएको छ।
  • नेपाल सरकारको ऐनमा पनि स्पष्ट रुपमा नै गैरआवासीय नेपाली संघको अन्तरराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन २ बर्षमा एक पटक गर्ने भन्ने ब्यबस्था छ।
  • संघको चालु बिधानको दफा १३ मा अन्तरराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनको व्यवस्था छ।
  • संघको बिधानको दफा १३ को उपदफा १ मा स्पष्ट रुपमा २ बर्षमा १ पटक महाधिवेशन गर्ने लेखिएको छ।
  • संघको बिधानको दफा १३ को उपदफा २ मा ६ महिना सम्म महाधिवेशन मात्र सार्ने ब्यबस्था छ, तर पदाधिकारी या परिषदको पदावधि थप्ने कतै पनि व्यवस्था छैन।
  • संघको बिधानको दफा १३ को उपदफा ३ मा महाधिवेशन सार्नको लागि ९० दिन पहिला निर्णय गरेर सूचित गरेको हुनुपर्छ। तर अहिले सारिएको मिती नोभेम्बर ३० लाइ मान्नु पनि अर्को बिधान बिपरित कुरा हो। त्यसलाई मानिदिए पनि जनवरी मध्यमा अधिवेशन गर्नुपर्ने अवस्था देखिन्छ। उता आयोजक नेतृत्व नै पदविहीन  भैसक्यो।
  • संघको बिधानको दफा १३ अनुसार २०१९-२०२१ को पदावधि समाप्त भयो। अब कुनै बहाना र तर्क, कुतर्क गरेर साध्य छैन। विकल्प के त्यो हेर्ने बेला हो। संघ, संस्थाको जस र अपजसको भागिदार अध्यक्षले नै हुने हुनाले जसले जे जे भने पनि गल्ति अध्यक्ष कुमार पन्तको नै हो। संघको इतिहासमा उहाँ एक असफल अध्यक्ष भएको प्रमाणित नै भयो।
  • यो सबै कारणले गर्दा संघको बिधानको परिच्छेद ६ को दफा १६ अनुसार बनेको संघको संरक्षक परिषदको जिम्मेवारीमा संघ पुगेको अवस्था हो।
  • संघको बिधानको दफा १६ को उपदफा १ अनुसार संघको संरक्षक परिषद अधिकार सहित सक्रिय भएको अवस्था हो
  •  अब संरक्षक परिषदले संघको बिधानको दफा १६ उपदफा १ को खण्ड ४ अनुसार, राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुको भेला बोलाएर निर्णय गरेर जानुपर्छ।
  • आइसीसी इलेक्टहरु अक्टुवर १७ को मध्यरात पछि स्वत: परिषद सदस्य भएका छन्। अबको निर्णय भनेको उनीहरुको बैठकले गर्नुपर्छ।
  •  संरक्षक परिषदले २०२१ मा निर्वाचित भएर आएका परिषद सदस्यहरुको बैठक बोलाएर निर्णय गर्दै आगामी ६ महिना भित्रमा महाधिवेशन र पदाधिकारीहरुको चुनाव गराउनु पर्छ। 

बिधिका कुरा

  • संरक्षक परिषदले संघको अन्तराष्ट्रिय परिषद (२०२१ मा निर्वाचितहरु) को बैठक बोलाउने।
  • बैठकले  सबै भन्दा जेष्ठ उमेर या एनसीसी देखि आइसीसी सम्म सबै भन्दा धेरै पटक पदिय जिम्मेवारी लिएका या यस्तै प्रचलित सहज बिधि लिएर उनीहरु मध्ये पहिलोलाइ बैठकको अध्यक्षता गर्न दिने। तर बैठकको सहजीकरण संरक्षक परिषदले नै गर्नुपर्छ।
  • बैठकले आन्तरिक रुपमा जेष्ठ सदस्य या धेरै पटक पदीय जिम्मेवारी निभाएका अनुभवी या २०२१ का निर्वाचित अन्तरराष्ट्रिय परिषद सदस्यहरुले मत दिएर, भर्बल या कुनै बिधि अपनाएर अन्तरिम अध्यक्षको चयन/मनोनित गर्ने।
  • अन्तरिम अध्यक्षले सचिवालयको चार्ज/कन्ट्रोल लिने, यसमा सचिवालयका  कर्मचारी देखि दैनिक प्रशासन सबै पर्दछन्।
  • सचिवालयका प्रमुख कार्यकारी निर्देशकलाइ सदस्य सचिवको रुपमा जिम्मेवारी दिएर संघको पदाधिकारीको निर्वाचन गराउन भूमिका खेल्ने।
  •  २०१९-२०२१ कार्यकालका पदाधिकारीबाट जिम्मेवारी अन्तरिम रुपमा हस्तान्तरण लिने।
  • निर्वाचनबाट आएका निर्वाचित पदाधिकारीलाइ संघको सबै जिम्मेवारी हस्तान्तरण गर्ने।
  • परराष्ट्र मन्त्रालयको एनआरएनए डेस्क हेर्ने अधिकारीलाई पर्यवेक्षकको रुपमा निम्ता गर्ने।
  • संरक्षक परिषदले  सम्पूर्ण एनसीसी अध्यक्षहरु र अन्तरराष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित  सदस्यहरुको संयुक्त बैठक बोलाउने।
  • बैठकले ९० दिन भित्र महाधिवेशन मिति तोक्ने र सो महाधिवेशन हुने दिनभित्रकै कुनै एक दिन निर्वाचन गर्ने दिन तोक्ने।
  • सोहि बैठकले निर्वाचन कमिटी गठन गर्ने र निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिने।
  • सोहि बैठकले निर्वाचन भएका एनसीसी मध्ये बिधिपूर्वक भएका एनसीसी र एडहक हुँदै भएका नयाँ एनसीसी निर्वाचनलाइ मान्यता दिने नभएका एनसीसी हेरिकन भ्यालिड र रिजेक्ट गर्ने।
  •  महाधिवेशन हुन नसकेका एनसीसीहरुलाइ हटाएर जम्मा एनसीसी संख्या तोक्ने।
  •  भ्यालिड भएका एनसीसी अध्यक्षहरुलाइ चालु बिधान अनुसार १०%, २५% यसपूर्व नै भएको छ र ६५% थपेर जम्मा महाधिवेशन प्रतिनिधि ७२ घण्टा भित्रमा पुन: पठाउन निर्देशन दिने।
  • एनसीसी जापानमा बिद्यार्थी सदस्य हटाएर पुन: मतदान गरेर प्रतिनिधि पठाउन ५-७ दिन म्याद दिने, अन्यथा महाधिवेशन प्रतिनिधि नदिने।

विकल्पका कुरा

  • अहिलेको बिधानको ब्यबस्था अनुसार पंजीकृत सदस्यको करिव ३% (प्लस) मात्रले महाधिवेशन प्रतिनिधि हुन पाउने ब्यबस्था छ।
  • भनिए अनुसार करिब १ लाख पंजीकृत सदस्यहरु छन्। त्यको ३% भनेको ३ हजार प्लस महाधिवेशन प्रतिनिधि हुन् आउंछन। अहिले पनि करिब ३६ सयको प्रतिनिधि हुने अनुमान गरिएको छ। सरदरमा मान्दा ३५०० प्रतिनिधि मान्न सकिन्छ।
  • पंजीकृत सदस्य १ लाखको ३५०० मानियो भने त्यसलाई पंजीकृत सदस्यताका आधारमा प्रतिशतमा प्रतिनिधि दिने। जस्तो कि अमेरिकाले जम्मा १ लाख पंजीकृत सदस्यको २०% हिस्सा ओगट्दछ। अब ३५०० जना महाधिवेशन प्रतिनिधिको २०% प्रतिनिधि अमेरिकाका हुने भए। अर्थात ७०० प्रतिनिधि अमेरिकाका हुने भए। एवं रितले हरेक देशले महाधिवेशन प्रतिनिधि पठाउन सक्छन। यो एकदम न्यायोचित बिधि हो।

 जय नेपाल; कृष्णार्पण!