-एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

Hollywood Khabar February 15,2021 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी १५, २०२१

गैरआवासीय नेपाली संघका महासचिवले तयारी पारी संघका अन्तराष्ट्रिय कार्यकारी सचिवालयका बहुमतले हस्ताक्षर गरेको भनिएको बिधानमा महाधिवेशनमा उपस्थित जनाउने कुनै पनि संख्या नै गणपुरक हुने व्यवस्था गरिएको छ।

त्यो संख्या १/२/३ या जति पनि हुन सक्नेछ। अथवा गत महाधिवेशनमा जस्तै सबैलाई निशेध गरेर अध्यक्ष र महासचिवले मात्र पनि पास गरेको मानिनेछ। यस्ता बाहेक थुप्रै घातक कुरा प्रस्तावित बिधानमा छन्। जस्तोकी, २१ जना परिषद सदस्य मध्ये ७ जना डा हेम राज शर्माले तोकेका व्यक्तिलाइ मनोनित गर्ने जस्ता ब्यबस्था पनि छन्।

उसै पनि गत जनवरी २३-२४, २०२१ आयोजित संघको बिशेष महाधिवेशनमा प्रतिनिधिहरुलाई निषेध गरेर तयार पारिएको बिधान संघको हितमा छैन। महाधिवेशन जस्तो संवेदनशील तहमा उपस्थित कुनै पनि संख्यालाइ गणपुरक मानिने ब्यबस्था राखिनुले संघ यो बिधान उत्तर कोरियाको सरकारको कानुन भन्दा तल गिरेको छ। यस्तो प्राबधानले केहि मुठिभर व्यक्तिहरुको हावी बढ्नेछ र संघ र आम गैरआवासीय नेपालीहरुको भावना माथि पिसाब भेरिएको छ।

महाधिवेशन हललाइ बाइ पास गरेर ल्याइएको सो तथाकथित बिधानलाइ हेर्दै नहेरी हस्ताक्षर गर्ने संघका पदाधिकारीहरुलाई अब अर्को बिशेष महाधिवेशन बोलाएर अभियोग प्रस्ताव सहित मत गरेर निलम्बन किन नगर्ने भन्ने प्रश्न खडा भएको छ?

विधानको ब्यबस्था कपिपेष्ट:

महाधिवेशन तथा साधारणसभामा उपस्थिति जनाउने संख्यालाई गणपुरक संख्या मानिनेछ। महाधिवशे न तथा साधरणसभा अनलाईन अथवा भौतिकरुपमा उपस्थित भई गर्न सकिनेछ।

लौ न अब त बोल ? बेला र समय यहि नै हो। परेको बेला र समयमा नबोल्ने व्यक्ति कहिले काम लाग्छ ? तपाइको पद र जिम्मेवारी कहिले काम लाग्छ ? संघको सो प्रस्तावित बिधानको प्रति सबै पढ्नुहोला, बिशेषगरी # १४ लाइ राम्रोसँग पढ्नुहोला। अनि आफैलाई प्रश्न गर्नुहोस, प्रतिक्रिया जनाउनुहोस्।

कृष्णार्पण !

यस बिषयसँग संबन्धित लेख:

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

https://hollywoodkhabar.com/nrna-gensec-dictetership

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

https://hollywoodkhabar.com/nran-138cmember-dozenq

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

https://hollywoodkhabar.com/nrna-siga21-gensharma

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो ?

https://hollywoodkhabar.com/nran-siga-2021jan

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

https://hollywoodkhabar.com/nrna-siga2021-nobylaws

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत ?

https://hollywoodkhabar.com/nrana-siga2021-ny92p