-एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

Hollywood Khabar February 19,2021 Comments

कृष्ण के सी, अमेरिका, फेब्रवरी १९, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) द्वारा सपोर्ट गरिएको प्रोजेक्टमा अनियमितता भएको आवाज मात्र होइन प्रमाण नै बाहिर आउन थालेका छन्।

यसलाई छानविन गर्न आइसीसी सदस्य राजु के सीको संयोजकत्वमा एउटा कमिटी बनेको छ। कमिटीले के नतिजा ल्याउला त्यो त हेर्न नै बाँकी छ। तर पनि केहि त पक्कै पाकेको छ भन्ने नतिजा भने बाहिर आउन थालेको छ।

कोरोनाको बेला कठिन अवस्थामा, लकडाउन थियो तर पनि त्यहाँका गैरआवासीय नेपाली नेतृत्व र अरुले धेरैले आवश्यकतामा रहेका नेपालीहरुलाई सहयोग र सपोर्ट गर्नुभयो। घर-घर पुगेर सहायोग गर्ने मात्र होइन नेपाल सम्म पुर्याउन सहायोग गर्नुभयो। तर त्यो बेलाको फरक सहयोगलाइ पनि हालको ILO प्रोजेक्टमा गाँसेर खर्च-पानी गरेको कुरा दावीका साथ बाहिर आएका छन्।

पछिल्लो घटना क्रम र जिज्ञासा:

  • यसै प्रसङ्गमा एनआरएनए ILO प्रोजेक्टबाट काठ्माण्डौको माछापुछ्रे बैंकमा खोलिएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) यूएइका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ्ग शेर्पाको संयुक्त खातामा ६० हजार अमेरिकी डलर बराबरको रकम कसरी र किन जम्मा भयो भन्ने कुराको जवाफ पाइएको छैन?
  • यदि एनसीसी अध्यक्ष र उपाध्यक्षले काम गर्ने हो भने, अगष्ट देखि राखिएका एनआरएनए ILO प्रोजेक्ट यूएइ टिम लिडर नविन पोख्रेललाइ $९०० अमेरिकी डलर र भोलेण्टर ४ जनालाई $६५० अमेरिकी डलर जनही मासिक तलब किन दिएको ? होइन भने त्यो माछापुछ्रे बैंकमा जम्मा भएको $६० हजार डलर बाबरको रकम किन र कसरी गयो ?
  • यो एनसीसी अध्यक्ष र उपाध्यक्ष अनि टिमको रकमको भुक्तानी र मनोनयन कसले गेरको, एनसीसी यूएइ या आइसीसीले ?

यस्तै कुराहरुले गर्दा एनसीसी यूएइको फेब्रवरी १९, २०२१ मा बसेको पूर्ण बैठकले एनसीसी अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ्ग शेर्पालाइ छानविन नभए सम्मको लागि निलम्बित गरेको छ। तत्काल उपाध्यक्ष निरन्जन सिलवालले कार्यबाहक अध्यक्ष गर्ने गरि निर्णय पनि गरेको छ।

यस बिषयसंग संबन्धित समाचाहरु:

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

https://hollywoodkhabar.com/nrnailo-project-committeeq

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

https://hollywoodkhabar.com/zerotalarency-mahesh-shresthanrna

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

https://hollywoodkhabar.com/prbin-gurung-nrnamercilo

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

https://hollywoodkhabar.com/nrna-iloproject-manojgorkhali