-एनआरएनएका राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला रोकिएको छैन; शुक्रबार पत्रकार सम्मेलन

एनआरएनएका राष्ट्रिय समन्वय परिषदहरुको विश्व भेला रोकिएको छैन; शुक्रबार पत्रकार सम्मेलन हुंदै

Hollywood Khabar October 21,2021 Comments

अमेरिका, जीएनएन, अक्टुवर २२, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको आगामी आइतबार (अक्टोबर २४) मा आयोजना गर्न लागिएको विश्व भेला पूर्व निर्धारित मितिमै आयोजन गरिने आयोजकहरुले जनाएका छन्।

जीएनएनसंग कुरा गर्दै भेला तयारी समितिका संयोजक तथा एनआरएनए एनसीसी राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले भेलाको आयोजनाबारे भ्रम छर्न खोजिएको भन्दै दुख व्यक्त गरे। अहिले एनआरएनए भित्र उत्पन्न संकटबारे छलफल गरि समाधानको उपाय पहिल्याउन हामीले स्वतस्फुर्त रुपमा यो भेला आयोजन गर्न लागेका हौँ। त्यसैले कोहि पनि आत्तिने वा डराउन पर्ने आवश्यकता छैन, उनले भने।

सबै एनसीसीहरु आयोजक रहेको उक्त भेलाको मूल नारा नै गैरआवासीय नेपाली संघको एकता आजको आवश्यकता रहेको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) लाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले पठाएका पत्रहरु, त्यसपछि उत्पन्न परिस्थिति र संघको महाधिवेशन स्थगन लगायतका विषयमा छलफल गरी एउटा साझा धारणा बना उन उक्त भेला डाकिएको आयोजकहरुले जनाएका छन्।

१८ वर्ष पहिले स्थापित संघका एनसीसीहरुले आफ्नै पहलमा विश्व भेला बोलाएको यो पहिलो पटक हो। विगतमा यस्तो अवस्था पटक आएको र चालु बिधानमा पनि यहि ब्यबस्था गरिएको छ।

निकासका लागि विश्व भेला

संघको दशौँ महाधिवेशन स्थगित भएको छ, तर नयाँ मिति तोकिएको छैन। चुनाव कहिले हुने भन्ने बारे पनि यकीन छैन। संघ इतिहासकै संकटपूर्ण घडीमा पुगेको बेला मूकदर्शक बनेर बस्नु भन्दा आपसी छलफलद्वारा समस्याको समाधान र निकासका लागि हामीले विश्व भेला बोलाएका हौँ, भेला तयारी समितिका संयोजक बुद्धि सुवेदीले भने।

भेला सम्पन्न गर्नकोको लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुले एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको संयोजकत्वमा तयारी समिति गठन गरेका छन्। तत्काल समन्वय तथा संयोजन गर्न ९ सदस्यीय तयारी समिति बनाइएको छ। सम्पूर्ण एनसीसीका अध्यक्षहरु नै भेलाका आयोजक हुनेछन्।

तयारी समितिको संयोजकमा एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी रहेका छन् भने सदस्यहरुमा एनसीसी अष्ट्रियाकी अध्यक्ष भवानी तिवारी, एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगर, एनसीसी अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनसीसी क्यानाडाका अध्यक्ष दीपक गौतम, एनसीसी स्पेनका अध्यक्ष शालिकराम डुम्रे, एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी दक्षिण कोरियाका अध्यक्ष दीपक पुन मगर तथा एनसीसी दक्षिण अफ्रिकाका अध्यक्ष पुष्पराज भट्टराइ रहेका छन्।

हामीले केन्द्रीय अध्यक्ष कुमार पन्त, प्रमुख संरक्षक शेष घले, सबै पूर्व अध्यक्षज्यूहरु तथा सल्लाहकारज्यूहरुलाई भेलाको उद्घाटन समारोहमा निमंत्रणा गरेका छौं। उद्घाटन समारोह पछि हुने बन्द सत्रमा एनआरएनएमा उत्पन्न पछिल्लो परिस्थितिबारे खुल्ला छलफल गरिने छ र सोमबार पत्रकार सम्मेलन गरी बैठकका निस्कर्षहरु सार्वजनिक गर्ने छौं, तयारी समितिका एक जना सदस्य तथा एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगरले भने।

परराष्ट्रमंत्री डा नारायण खड्कालाई पनि विशिष्ट अतिथिको रुपमा निमंत्रणा गरिएको आयोजक निकट सूत्रले जनाएको छ। विश्व भेलाबारे जानकारी दिन शुक्रबार नेपालको समय बेलुका ७ बजे पत्रकार सम्मेलन गर्न लागिएको सुबेदीले जानकारी दिए।

संबन्धित समाचार

एनआरएनए २०१९ कार्यकाल समाप्त, आइसीसी इलेक्टहरु बैधानिक, विकल्पमा अन्तरिम अध्यक्ष चयन

एनआरएनएको रोकिएको महाधिवेशन, संरक्षक परिषद, एनसीसी अध्यक्ष भेला र विकल्पहरु

कुमार पन्तले काँग्रेसलाई चुनौती दिनु दुखद, एमालेले पन्त जिताउन नेम्वाङको नेतृत्वमा समिति

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

गैरआवासीय नेपाली संघमा मौलाएको स्वार्थ र प्रतिष्ठाको लडाईं, जित्नको लागि सँस्था धरापमा

एनअरएनएको १० औं महाधिवेशन प्रतिनिधि चयनको संरक्षक परिषद र अध्यक्ष पन्तको जिम्मामा, आधिकारिक

एनआरएन:धाँधलीको सुनुवाइ नभए पछि वाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु प-यो

एनआरएनएको महाधिवेशन अनुगमनमा मन्त्रालय टोलीले अडिट लग सहित सयौं कुरा हेर्ने

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल, सेल्फिको लफडा सहितको प्रेस विज्ञप्ति

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

एनआरएन जापानको धाँधलीपूर्ण निर्वाचन रद्द गर्न माग

अध्यक्षकै नाम प्रतिनिधिबाट हटाएपछि एनआरएनए युकेको कानुनी बाटो लिने चेतावनी

एनआरएनए महाधिवेशन प्रतिनिधि चयनमा धाँधलीको प्रमाणसहित परराष्ट्रमा उजुरी

https://www.hollywoodkhabar.com/nrna-10thagm-deligatsden

https://www.hollywoodkhabar.com/nrna10th-deligets-primarylistcontronrna

गैरआवासीय नेपाली संघमा विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको बिषय प्रवेश हुन्छ

एनआरएनए बिधानको अपव्याख्या, ६५% महाधिवेशन प्रतिनिधि २०२१ को एनसीसीले गर्ने हो

एनआरएनएका महासचिवको संलग्नतामा अमेरिकाको डाटा दुरुपयोग, रिपोर्टिङ्ग हुने

गैरआवासीय नेपाली संघ अमेरिकाको लोगो र नाम दुरुयायोग भएकोमा एनसीसीको ध्यानाकर्षण

एनआरएनएको इतिहासमा असफल महासचिव डा शर्मा, प्रसङ्गमा ८ र १२, अपसगुन कुरा

नेपाली राजदूतावास अमेरिकाको आयोजनामा ब्रेनगेन कार्यक्रम सम्पन्न

एनआरएनएको बैधानिक बिधि नपुगेका कारण मन्त्रालयबाट बिधान स्वीकृत नहुने

एनआरएनए अमेरिकाको २५% प्रतिनिधिमा राज्य च्याप्टर सहभागी गराउने सहमति

एनआरएनएको सदस्य बन्ने एमआइएसमा चरम दुरुपयोग, सर्वत्र बिरोध, अध्यक्ष पन्त मौन

एनआरएनए युरोप संयोजक आचार्यले MIS मा चरम दुरूपयोग भएको भन्दै अध्यक्ष पन्तलाइ पत्र लेखे

गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि संबन्धि धेरै भ्रमभयो अमेरिकामा, बस अब पुग्यो!

एनआरएनए जापानको १७०० सदस्य एमआइएसबाट हेरफेरी, जवाफ कुनचाहिँ राजले दिने?

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनअरएनए बहराइनमा चुनावी नाङ्गो नाँच, अध्यक्ष पन्तज्यू जवाफ दिनुहोस, एकापक्षद्वारा बहिस्कार

गैरआवासीय नेपाली संघको विधानमा महासचिवको मनपरी व्याख्या

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए अमेरिकाको सभा, उपाध्यक्ष डा के सीको धम्कि, बिधान रोक्न सर्वोच्चमा पिटिशन हुने

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए एनसीसी अमेरिकाको चुनाव रोक्न माग गर्दै अदालतमा मुद्धा, महासचिव शर्माको संलग्नता

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि

एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

एनआरएनए ILO प्रोजेक्ट:७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ:

https://www.youtube.com/watch?v=rSCCyclARX8

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर, ३ वर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ