कृष्ण केसी, डिसेम्बर २८, २०२५-नेपालमा बिक्रमाप्त २००७ देखि २०८२ साल सम्मको ७५ बर्षको इतिहासमा आरोप लगाउने गरिएको पंचायत कालखण्डको करिब ३० बर्षको अबधि घटाउने हो भने बाँकी ४५ रहन्छ। त्यो ४५ बर्षको अबधिमा नेपालको सत्ताको नेतृत्व नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीहरुले धेरै गरे। स्थापनाको ६ महिनामा एउटा दलले संसदमा २१ सीट ल्याएर, चौथो ठुलो दल हुनसक्यो, सरकारमा गएर पपुलिष्ट काम गर्न सक्यो तर ४५ बर्षमा भनिएको ठुला दलहरुले राम्रा काम गरेनछन्।
यो ४५ बर्षको अबधिमा व्यक्तिहरु जब नेपाली राजनीतिमा लागे उनीहरु भ्रष्टाचारमा डुब्दै गए। रक्तबीच जस्तै उम्रिदै, परजीवी जस्तै जुम्रिन्दै र बाँस जस्तै झाङ्गिदै अग्लिंदै गए। धनाढ्य, पापी, भ्रष्ट र नेतादेब सबै उनीहरु नै हुँदै भए। लुट्ने ठाउँमा फरक दल पनि मिले नागरिक र देशको लागि काम जुटेर काम गरेनन तर लुट्नको लागि फुटेर पनि गए।
यस्तैमा नेपाली राजनीतिमा टर्निङ्ग पोइन्ट आयो। जब रवि लामिछानेको वाइल्ड कार्ड प्रवेश। जब देखि उनि राजनीतिमा गए कुनै पनि गल्ति गरेको देखिएन। यहाँ सम्मकी प्रतिसोधको राजनीत गर्दा राजनीति पहिलाको जीवनको पनि गलत प्रमाणित गर्ने आधार अदालतमा पनि भएन। उनको राजनीतिमा प्रवेशले दलहरुलाइ प्रजातान्त्रिक हुन् दबाब दियो र परिवर्तन गर्न बाध्य बनायो वैकल्पिक राजनीतिको ध्रुवीकरण सुरु भयो। पुराना दलले इज्जत जोगाउन गरेको सत्ताको दुरुपयोग र नयाँ दलहरुको यथार्थ राजनीतिबिचबाट सृजिएको परिणाम हो जेन-जी आन्दोलन।
यो बीचको ४५ बर्षमा पुराना दलका नेताहरुको बिलियन-बिलियन डलर भन्दा धेरै पैसा FDI मा छ। त्यसैले उनीहरुको घरमा घुष गन्न घरमा पैसा गन्ने मशिन राख्नुपर्ने भएछ। त्यो कुरा जेन-जी आन्दोलन बखत देखियो। पैसा गन्ने मशिनको काम केवल पैसा गन्ने मात्र हो दाल-भात पकाउने होइन। अब नेताको घरमा पैसा गन्ने मशिन किन चाहिने ? यसको जवाफमा सबै जवाफ आउँछ।
कुनै एक व्यक्तिले करिब २२ बर्ष पहिला मलाइ भनेका थिए, पैसा नहुँदा त्यो बखत पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले आफ्नो घरको वालमा प्लास्टर गर्न सकेनन। यति मात्र होइन उनले सुविधामा किनेको गाडीको पैसा तिर्न नसक्दा त्यसलाई बेचे। यो पेचिलो र सिकाइलो उदाहरण हो।
मेरो समयको अर्को उदाहरण दिनुपर्दा, ललितपुर # १ का निवर्तमान सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणा भारतबाट अन्डर ग्राजुएट (ब्याचलर) र अमेरिकाबाट ग्राजुएट (मास्टर) गरेका व्यक्ति हुन्। आफ्नै ब्यबसाय र पैत्रिक सम्पति नभएको भए उनि पनि मरिचमानकै लाइनमा हुन्थे होलान। तर भ्रष्टाचारको बिषयमा उनि चोखा छन् र टिकेका छन्। उनले आफ्नो निर्वाचन क्षेत्रमा आफ्नै पैसाले थुप्रै इन्फ्रास्टक्चर बनाएको उदाहरण मैले देखे। कांग्रेसका कतिपय नेताको घरमा पैसा गन्ने मशिन भेटिंदा नेता राणा चोखो रहनु अर्को उदाहरण हो।
फेरी कुरा गरौँ एमाले नेता केपीशर्मा ओली लगायत अन्य दलका दर्जनौ नेताहरुको पैसा कुनै र कुनै र कसै न कसैको नाममा Foreign Direct Investment (FDI) मा छ। त्यो कुरा करिब एक बर्ष पहिला दुर्गा प्रसाईंले खुलासा गर्दा उनीहरुमा तरङ्ग आयो। उनीहरुले भए-भरको शक्ति लगाएर खण्डन गर्न लागाए तर पनि नागरिकले त्यो कुरा पत्याएनन। यो पनि स्पष्ट देखियो की नागरिकबाट यी नेताहरु कति धेरै तिरस्कृत रहेछन। त्यसैले अहिले आएर नेपाल अधिराज्यभरी कतैबाट पनि निर्वाचन नजित्ने भएपछि निर्वाचनमा नजाने, सुरक्षा माग्ने भन्दै अन्तिम किस्तामा उनीहरुले निर्वाचनमा उम्मेदवार नहुने घोषणा गर्दैछन्।
अर्कोतिर २०४५/२०४६ तिरको नेपाली नागरिकको आय आर्जन अहिले झन गिर्दो भएछ। धेरै परिवारलाइ त्यो बखत अनिकाल पर्दैनथ्यो। अहिले खान नपुगेर ऋण लिएर बिदेशिनु परेको छ। नेपालको एक तिहाइ जनसख्या विदेशमा छ। भारतको एक राष्ट्रिय टेलिभिजनका अनुसार ५० देखि ७० लाख नेपाली र नेपाली मुलका भारतीयहरु भारतमा छन्।
आम विश्लेषकले बुझेको तर नेपाली राजनीतिमा प्रवेस नागरिकको आर्थिक र सामाजिक स्तर नहुठेसम्म देश माथी जाँदैन। तर भनिएका प्रमुख दलहरुले त्यो काम कहिलै पनि गरेनन। जेन-जी प्रोटेस्टको बखत उनीहरुको घरमा जलाइएका पैसाले केहि हदसम्म त प्रमाणित गर्यो कि उनीहरुले चरम रुपमा भ्रष्टाचार गरेका रहेछन। केहि दिन सम्म जलाउन पुग्ने पैसा घरमै रहेछ भने अनुमान गरौँ कि FDI मा कति होला ?
त्यसैले उनीहरु कहिले संसद बिउँताउने कुरा गर्छन कहिले ४६ को संबिधान फर्काउने कुरा गर्छन। कारण आफू शक्तिमा बसेर फेरी राजा बन्ने, फेरी नागरिकलाइ लुटेन। कसैले बिरोध गरेमा सामाजिक संजाल बन्द गराउने, मुद्धा लगाउने, थुन्न आदेश दिने, रवि लामिछाने बनाउने इत्यादी। कांग्रेस नेता डा. सुनील शर्माका अनुसार थुप्रै न्यायधिसहरु राजनैतिक नियुक्तिबाट आउँछन् उनीहरु दलका कार्यकर्ता हुन्छ त्यसले न्यायालयमा असर पार्छ, यो ब्यबस्था फेरिनुपर्छ।
पछिलो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौ महानगरका मेयर बालेन्द्र साह (बालेन) बीच भएको संझौताले नेपाली राजनीतिमा तरङ्ग मात्र ल्याएन नयाँ शक्तिहरु परि आउँदा नेतृत्व गर्न र अरुलाई सम्मान गर्न पनि जान्दछन। त्यो कुरा एमालेले त सहन नसक्ने नै भयो तर नेपाली कांग्रेसका गगनधारीहरुमा एक किसिमको डरको तरङ्ग गएको छ। खासमा गगन कांग्रेस र एमाले दल कानुनि रुपमा फरक दल भएता पनि लुटतन्त्र र प्रतिसोधको राजनीतिमा एकै ड्याङ्गका मुला हुन्।
टुंगिएको भनिएको रास्वपा र उज्यालो नेपाल पार्टी (उनेपा) बिच एकता गर्नेगरी पुनःसंवाद सुरु भएको छ। रवि लामिछानेका कन्भिन्स गर्ने एक किसिमको खुवी छ। अर्को तिर फेसबुकमा आएको जस्तो हर्क साम्पाङ्ग र कुलमा घिसिङ्गको दलले उकालो चड्न सकेन। रास्वपाबाट केहि व्यक्ति बहिर्गमन भएता पनि उसको क्रेज घटेको देखिएन। यो नै समय सन्दर्भ र यथार्थको बाध्यता हो उनेपा र रास्वपाबीच कुनै खाले संझौता हुनुपर्ने बाध्यता नै देखिन्छ र हुन्छ भन्ने अनुमान गर्न सकिन्छ।
अहिले यी वैकल्पिक शक्तिको ध्रुवीकरणले वर्तमान समयमा सबैतिरबाट सक्किएको एमाले र चुनाव, महाधिवेशन सबैतिरबाट बिग्रिएको काँग्रसलाइ धक्का पुगेको छ। एमाले पोख्रेल गुट र कांग्रेसको गगन गुट दल फुटाउने दाउको कौडा हान्दैछन्। ढिलो या छिटो यी दुवै दल फुट्छन। यसलाई कारक तत्वहरुको लिस्ट गरेर अध्ययन गर्दा दर्जन भन्दा धेरै कारणले त्यो कुरा नजिक भएको निर्क्योल गर्न सकिन्छ। यो कुराको अर्को गतिलो प्रमाण चाहिं कांग्रेसकै सभापति शेरबहादुरे देउबाले नै गगनको लहडमा जाँदा दल फुट्न सक्ने कुरा बोलेका छन्। एमाले नेता शर्मा ओलीले मन नपरे गएहुन्छ भन्नु र पोख्रेल पक्षको भेलाले त्यो समय नजिक ल्याएको छ।
रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानरपालिका मेयर बालेन शाह (बालेन्द्र ) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच काठमाडौँमा वार्ता भइरहेको कुरा नेपाली संचारहरुमा आएको छ। ढिलो या चाँडो वैकल्पिक शक्ति एकातिर गएका छन्। यो अनिबार्य मात्र होइन नेपालको लागि वर्तमान समयको अपरिहार्यता पनि हो। त्यसबाट सक्किएको एमाले, बिग्रिएको कांग्रेसमा केहि चेत आउनेछ। खासगरी कांग्रेसले कम्युनिष्टहरुसंग होइन प्रजातान्त्रिक शक्तिसँग साझेदारी गर्नुपर्छ भन्ने सिकोस।
