कृष्ण के सी, अमेरिका, अप्रिल १९, २०२५
पहिलो कुरा त धेरै ठाउँमा गैरआवासीय नेपाली संघ र गैर आवासीय नेपालीहरुबारे एउटै शब्द प्रयोग भएको पाइएकाले त्यसबारे प्रष्ट पार्न चाहन्छु। यी दुइ विल्कुलै फरक कुरा हुन्।
कतिपयले गैर आवासीय नेपाली नागरिकतालाइ दोहोरो नागरिकता भनेका पनि छन्। त्यो पनि गलत भयो। नेपालको प्रचलित संबिधानमा दोहोरो नागरिकताको ब्यबस्था छैन। तर यो संबिधान घोषणा हुँदाको समय नेपाली बंशजको नागरिकता लिने सबै स्वतह नेपाली नागरिक हुने भन्ने ब्यबस्था भएकाले गैर आवासीय नेपाली नागरिक पनि वंशजकै नागरिक हुनुपर्ने चाहि जिकिर गर्नुपर्ने बिषय हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपाल सरकारले बनाएको एनआरएन ऐन अनुसार परराष्ट्र मन्त्रालयमा दर्ता भएको सामाजिक सँस्था हो। यो ऐन अनसार दर्ता भएका जम्मा दुइवटा सँस्था मात्र छन्। एउटा गैरआवासीय नेपाली संघ र अर्को युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएण्डडीओ) हो।
गैर आवासीय नेपाली (एनआरएन) व्यक्तिहरु हुन्। Non-Resident Nepali Association (NRNA), Non-Resident Nepali (NRN) छोटकरीमा एनआरएनए र एनआरएन। अर्थात अन्तिमको “A/ए” संघको लागि मात्र प्रयोग गरौ र व्यक्तिको सामुहिक नामको लागि अन्तिमको “ए/A” हटाउ।
एनआरएनहरुलाइ नेपाल सरकारले नेपाली मुलका बिदेशी र विदेशमा बस्ने नेपाली गरि दुइ भागमा बिभाजन गरि ब्याख्या गरेको छ। जो नेपाली बिदेशी मुलको पनि नागरिक छन् र वंशज नेपालीका बिदेशी सन्तान समेत नेपाली मुलका बिदेशी भए। अनि जो नेपाली नै हुन् विदेशमा बस्छन भने उनीहरु विदेशमा बस्ने नेपाली भए। यी दुवैको सामुहिक नाम एनआरएन हो।
अझै पनि नेपालमा कतिमा ब्यबस्थामा बिदेशी पीआर लिएका एनआरएनका बारेमा फरक बुझाइ पाइयो। पीआर जसलाई अमेरिकाले ग्रिनकार्ड भन्छ, उनीहरु विदेशमा बस्ने नेपाली हुन्। उनीहरु नेपाली पासपोर्ट चलाउने, नेपाली नागरिक र नेपाली मतदाता नै हुन्। त्यसैले नेपालको संबिधानमा भनिएका नेपालीका सबै अधिकार उनीहरुको लागि समान हो। अन्यथा गरिएको पनि पाइयो त्यो गलत भयो।
सहि अर्थमा विदेशमा बस्ने सबै नेपाली एनआरएनहरु होइनन या हुनु हुँदैनथ्यो। पीआर लिएका र नेपाली मुलका बिदेशी मात्र एनआरएन हुनुपर्ने हो। तर त्यसो भएको छैन। अब नेपाल सरकारलाइ यसको परिमार्जन गरि नयाँ ब्याख्या गर्न पहल गर्ने बेला भयो।
अबको लागि नेपाल सरकारसंग लवी गर्ने बिषयहरु अर्थात् अभियानको मुख्य पाटाहरु:
१. नेपाली मुलका बिदेशीबारे
२. विदेशको पीआर लिएका नेपालीकाबारे
३. विदेशमा बस्ने तर विदेशको पीआर नलिएका नेपालीकाबारे