राजा र दल आपसी विकल्प होइन, नागरिक असंतुष्टीको कारण देशको अर्थतन्त्र

Spread the love

कृष्ण के सी, मे २८, २०२५ 

हरेक घरमा जस्तै हरेक देशको पनि अर्थतन्त्र तल जान्छ भने अन्तरिक असंतुष्टि बढेर माथि जान्छ। देशको नागरिक जीवनमा खटपट चर्कन्छ। नेपालमा करिब ५० बर्ष देखिको अर्थतन्त्र हेर्ने हो भने गिर्दै रुपमा गएको छ। त्यसैले खटपट बढेर गएको छ। 

बहुदल र बिशेष गरेर गणतन्त्र पछिको नेपालमा राजनैतिक रुपमा भ्रष्टाचार, पावर ब्रोकर र दण्डहिनता बढेर गयो। दलहरुले बिधि तोडेर मनलाग्दी रुपमा सरकार बनाउन थाले। सरकारले नागरिक होइन दल हेरेर काम गर्नथाल्यो। देश र नागरिकको घाउ चर्केर बढ्यो फलस्वरुप सबैमा असन्तुष्टी थाम्न नसकिनेगरी बढेर गयो। यसो हुनमा आम नागरिक होइन नेपालको सरकार मात्रै एकल रुपले जिम्मेवार हो। अनि सरकार दलहरुले चलाएका छन् त्यसैले दलहरु जिम्मेवर छन्।

एउटा परिवारले के भोगेको छ भन्ने कुराले देशको मुहार देखाउँछ। आम नागरिकको आर्थिक र सामाजिक जीवन गिर्दै गयो। नागरिकलाई आमाको धोती-चोलो र बाबुको भोटो कछाड किन्ने खर्च जुरेन। नानी-बाबुको पढाइको लागि सामान्य पुस्तक र कापी कलम किन्ने हैसियत भएन। आफ्नो टोपी र दौरा-सुरुवाल अनि श्रीमतीको लागि तीजमा चुरा-पोते किन्ने खर्च जुरेन। ल्होसार र उभौलीमा घरको जमघट भएन राम-रत्यौली सुकेर गयो। मट्या घुम्न र जात्रा मनाउन पनि आच्छु-आच्छु पर्न लग्यो। 

यति मात्र होइन पोहोर साल धानको बिऊ किन्दा लागेको ऋणको ब्याज तिर्न नसक्दा चन्द्रबहादुरहरुलाइ रातमा निन्द्रा पर्दैन। धानखेती उन्नतिको नाममा बिऊ जोगाउन होइन उल्टा किन्नु पर्ने बनाइयो। त्यो पनि भारतबाट। डाँडाघरे साइलाले दुइ-चार महिना घर बनाउने ठाउँमा मजदुरी गरेर घर पुग्दा खल्तीमा ५० रुपैयाँ बचेन। बच्चालाइ चिचि-पापा किन्न पनि सकेन।

साना-साना बचत समुह हुँदा परिवारका केहि खर्च चल्थ्यो। कति त माओवादी आतंककालमा लुटेर लगे। बचेका पनि लोकतन्त्रपछि सहकारी बनाउने चलनले समुहको पैसा जाल-झेल गरेर बाहिरकाले पड्काए। बाध्य भएर मिटर ब्याज लिनुपर्दा धेरैको घरखेत डुब्यो। जहिले पनि दैबको लाठी नागरिकमा मै बज्रियो।

बषौं देखि सामान्य ब्यबसाय गर्दै आएको हाकुचाको तेल-चामल पसलमा सामान किन्ने ग्राहक नै छैनन। उसले खुद्र पसल र चापाकल दुवै बन्द गर्यो। जनै र दौरा-सुरुवाल समेत चाइनाले बनाइदिने अनि हामी मित्र राष्ट्रमा दङ्ग पर्ने। स्वास्थ्यको लागि राम्रो खाजा चिउरा र साँदेको भटमास, आलुको अचार, छोयला हरायो अनि चिनियाँ जर्की भित्रियो। हिमालयन जाभा कफीमा इटालियन पेस्तो-पास्ता बेच्न थालियो। हामीले हाम्रा खान खान छाडियो अनि बेच्नेले बनाउन र खोज्नेले पाउन पनि छाडियो।  

बले दाइले बालीमा सिलाउने लुगा ट्रेलर शपले सुकायो। जानेको काम लुगा सिलाउने र खुशीमा बाजा बनाउने थियो। त्यो पनि सिलाइ-बुजाइ र पन्चेबाजा टोलीको नाममा अरुले खोसिदिए। खेत-बारी छैन उनको जीवन झन् कस्ट भयो। घुम्तीको मोचीको जीवन त चाइनाको जुत्ताले सुकायो। तर उसको लागि जिउने विकल्प कहिलै सोचिएन।

कुमारी गल्लिको चटामरीलाइ न्यूयोर्क पिज्जाले रिप्लेस गरियो। खासमा चटामरी आफैंमा एक किसिमाको स्वास्थ्यवर्धक पिज्जा नै हो। नेपाली झोल ममलाइ पछार्दै चिनियाँ डम्प्लिङ्ग र भारतीय चिकेन-टिका ममले बजार पायो। जुन-जुन साना ब्यबसायले परिवार र देश धानेको थियो त्यो सबै नष्ट भयो।

अनि रोजगारीको ठाउँमा बिदेशिन बाध्य बनाइयो। देशको पैसा विदेशमा पठाइयो। मलाइ थाहा छ नेपालका धेरै राजनैतिक दलमा संबद्ध नेताहरुको लगानी अमेरिका, म्यान्मार, कतार, दुबाई, जर्मनी लगायातमा छ। अनि देश बिकासको नाममा रेमिटेन्सको कुरा भजियो। यस्ता धेरै कुरा छन्। तर पनि दलहरु हजार करोड र १५ सय करोडको भ्रष्टाचारबारे हो र होइन भन्दै संसदमा लड्नमा नै व्यस्त छन्।

बर्षमा अशुभ नहोस भनेर पुसमा नर्कट बजाएर फिरी लाउने चलन हरायो। त्यस बापत भोलि पल्ट दिने दान-दक्षिणा थियो। त्यो संस्कृति पनि सुक्यो। संस्कारका संस्कृति पनि सुके। नन्दी पुज्ने ठाउँमा साँढे जुदाउन थालियो।

अर्जुनराज पन्तजीले भनेको अनुसार पश्चिमका दैली पुजा पनि हरायो रे। दैली पुजाले कन्यालाई सम्मान गर्ने र आशिर्वाद लिने चलनले बिटमार्यो अनि त्यसको ठाउँमा बालीका सुन्दरी प्रदर्शन बढ्यो। कुमारी पुजा, पन्चकन्या पुजाको पनि त महत्व थियो। अहिले त रियालिटी सो भयो अनि न बालीका बलात्कार बढेर गयो। 

राजनैतिक रुपमा आउने रवि लामिछाने, दुर्गा प्रसाई लगायत सबैलाई दुख दिने र दबाउने प्रयास गरियो अनि त्यसैलाइ गणतन्त्र र लोकतन्त्र भनियो। त्यसैले दुनियाँमा सबैभन्दा असन्तुष्ट नगरिकहरु मध्ये नेपाली पनि एक पर्छन। आफू सरकारमा तर आफ्नो देशको योजना छैन। अमेरिका र युरोपलाइ यस्तो र उस्तो भनेर सुझावको कमेन्ट गर्ने। आफ्नो कामको नतिजा खै ? अनि नागरिक असन्तुष्टी नबढे के बढ्छ ?

नेपामा राजा र दलहरु आपसी विकल्प होइन। राजनैतिक परिवर्तन पनि मुख्य एजेन्डा होइन। यो दुवै एजेन्डाबाट नेपाल र नेपालीको उन्नति भएन र हुनेवाला पनि छैन। 

खड्ग ओली प्रधानमन्त्री हुने एमालेको लागि, शेरबहादुर देउबा प्रधानमन्त्री हुने कांग्रेसको लागि, पुष्पकमल दाहाल प्रधानमन्त्री हुने माओवादीको लागि। राजा ल्याउनु पर्ने ज्ञानेन्द्रको लागि। अनि नेपाल र नेपालीको लागि के फरक पर्छ ?

अबको एजेन्डा भनेको: 

१. जुन दलले देशको अर्थतन्त्र र नागरिकको आर्थिक-सामाजिक जीवन सुधारको स्पष्ट योजना सहित आउँछ त्यसको सपोर्ट गर्ने। उनिहरुका उम्मेदवारहरुलाइ मात्र मत दिने। 

२. जुन कुरा देशले धान्न सक्दैन त्यो हटाउने-जस्तो की प्रदेश सरकार हटाउने एजेन्डा जसले उठाउँछ त्यस दललाई सपोर्ट गर्ने। 

३. नागरिक र सामाजिक शान्ति-सुरक्षा बढाउने एजेन्डाको भएको दललाइ सपोर्ट गर्ने 

४. राष्ट्रिय उद्योगी, ब्यबसायीहरुलाइ प्रोत्साहन गर्ने एजेन्डा जुन दलले बोक्छ उसलाई सपोर्ट गर्ने। 

५. नयाँ पिंढिका उद्योग-ब्यबसायीहरुलाइ कानुनी र अन्य सुबिधा बढाउने, अड्चन परिमार्जन गर्ने एजेन्डा जुन दलाले बोक्छ उसको सपोर्ट गर्ने। 

६. परंपरागत खेति बढाउने-बिउ किन्न बाध्य पार्ने होइन बिउ जोगाउन लगाउने एजेन्डा जुन दलले बोक्छ उसको सपोर्ट गर्ने।

७. नेपालका भ्रष्टाचार र पावर ब्रोकर सिष्टम जुन दलले सखाप पार्ने योजना ल्याउँछ त्यो दललाइ सपोर्ट गर्ने।

3 thoughts on “राजा र दल आपसी विकल्प होइन, नागरिक असंतुष्टीको कारण देशको अर्थतन्त्र

  1. Der Mindesteinzahlungsbetrag für die Aktivierung liegt bei 20 Euro.
    Die Freispiele werden in täglichen Paketen zu je 20
    Stück über 5 Tage gutgeschrieben und gelten für den populären Slot “Book of Dead”.
    Das Hitnspin Casino überzeugt mit blitzschnellen Auszahlungen und einem großzügigen 100% Einzahlungsbonus
    bis zu 500€. Die deutschsprachige Plattform bietet einfache Navigation und reibungslosen Spielablauf.
    Das Portfolio umfasst beliebte Spielautomaten, spannende Tischspiele und
    authentisches Live-Casino. Das Casino bietet eine breite
    Palette von Zahlungsmöglichkeiten, darunter Kreditkarten, E-Wallets und Banküberweisungen.
    Zudem gibt es eine maximale Umwandlung von x5 des
    Bonusbetrags für Bargeld und x5 für Gewinne aus Freispielen. Die Umsatzbedingungen für den Bargeldbonus
    liegen bei x40, für Freispiele bei x30. Vom Willkommensbonus über regelmäßige Wochenboni bis hin zu Cashback-Aktionen für treue Spieler, es wird ständig etwas
    Neues angeboten. Das Casino bietet eine starke Auswahl an Spielen von Slots über
    Tischspiele bis hin zu Insta-Games und Spielshows ist alles dabei.

    Neue Spieler starten mit 50 Freispielen ohne Einzahlung und können sich bis zu 800
    € Bonus sowie 200 zusätzliche Freispiele sichern.

    References:
    https://online-spielhallen.de/200-casino-bonus-2025-dreifaches-startkapital/

  2. Bei progressiven Jackpots können Sie umso mehr gewinnen, je mehr Leute
    mitspielen! Je mehr Leute spielen, desto mehr können wir gewinnen! Vor allem,
    wenn Sie ihn mit unserer aufregenden Auswahl an Tischspielen bei 24Casino in Ihrer Hand halten können! Jedes Mal,
    wenn Sie an Ihren Lieblings-Slots oder Tischspielen drehen, verdienen Sie Rakeback.

    Darüber hinaus gibt es 50 Freispiele ohne Einzahlung, was einen risikofreien Einstieg ermöglicht.
    ✔️ Flexible Bonuswahl – 500 € oder 5 BTC +
    180 Freispiele Die Plattform ist lizenziert, mobilfreundlich und überzeugt mit einer intuitiven Navigation sowie regelmäßigen Aktionen und Turnieren für treue Spieler.

    References:
    https://online-spielhallen.de/verde-casino-promo-code-2025-alle-bonusangebote/

Leave a Reply