अलिकति Sci-fi र AI का कुरा अनि पूर्वीय दर्शन

कृष्ण के सी, अमेरिका, मे २५, २०२४ 

खासमा हामीले अहिले चर्चा गर्ने गरेको Science Fiction (sci-fi) का Artificial Intelligence (AI) का कुरा आजका होइनन। AI १९४० मा नै अमेरिकाले सरकारी तहमा चर्चा गरेको बिषय हो। १९५६ मा पुग्दा त Dartmouth College ले आफ्नो अनुसन्धानको लागि वर्कशप नै गरेको इतिहास पाइन्छ।

आजको दुनियाँमा Sci-fi ले चत्कारी कुरा देखाएको अहिले होइन पहिला पनि हो। Sci-fi ले AI लाइ पछिल्लो समय भने द्रुत गतिमा प्रगति र प्रयोग गरेको छ। बिशेष गरेर २०१७ देखि गुगलको जेनेरेटिभ AI र पछि माइक्रोसफ्टका ChatGpt लगायत अन्य दर्जनौ १०० औं कम्पनि र कर्पोरेट क्षेत्रबाट यसको अनुसन्धान, बिकास, परिमार्जन र प्रयोग भएको छ। Sci-Fi ले AI को बिकासमा धेरै अनुसन्धान गरेको छ। पहिला AI लिटरेचर र बिधि संगै र फिल्म बने। 

हामीले भनेको जस्तो AI ले जे र जस्तो पनि आफैं गरिदिने होइन। यसलाई विभिन्न तहमा मानिसले डिजाइन गर्नुपर्छ। भाषा, अनुवाद, प्रम्प्ट, इथिक्स, कानुन, बिश्वो भरिको धर्म-संस्कृति जस्ता कुराको पनि इथिकल करा हुन्छन। बिशेष गरेर आर एण्ड डी र मेडिकल अनुसन्धान, वारसान्स, यान, गाडीहरु जस्ता क्षेत्रमा AI को ठुलो योगदान छ। 

केवल पठन-पाठन र कपिराइटमा भने यसको विवाद आएको छ। त्यसको पनि समाधान र उपायहरु आउलान। यसले मानव शक्तिको काम घटाउने र बेरोजगारी बढाउने, मानिसमा एक्लो पना बढ्ने र मानसीक रोगको महामारी आउने, बृध्दहरुलाइ जिउन कठिन हुने जस्ता आरोप AI माथि लागेका छन्। 

हुन त पूर्वीय दर्शनले यसको अबधारणा रावणकालमा नै गरको हो। इन्धन बिनाको मनचिन्ते पुष्प बिमान अहिलेको रकेट, स्पेस बिमान, स्पेस एक्स क्याप्सुल, मंगल ग्रहमा पठाइएका गाडी इत्यादी हुन्। महाभारत कालका मार हानेर फर्केर ठोक्रोमा बस्ने धनुरवाण अहिलेका युद्ध र सुरक्षामा प्रयोग हुने ड्रोन लगायत हुन्।

यदि मानवको एक दिन समय, पितृको एक दिन समय, देवताको एक दिन समय, ब्रह्माको एक दिन समयलाइ पृथ्वी, स्पेस, ग्रह, चन्द्र र सुर्य आदिको समयमा तुलना गर्दा धेरै कुरा मिल्न आउँछन। त्यसैका आधारमा बन्ने क्यालेन्डर पूर्वीय दर्शन र अहिलेका समयका गणित दुवैको गन्तब्य एउटै छ। कस्मिक इनर्जी र अमृतपान जस्ता कुरा तुलानात्माक रुपमा हर्न सकिन्छ। यसर्थ यी कुरा पूर्वीय दर्शनमा पहिला नै कन्सेप्ट भएका हुन्।