About us

नेपाल पत्रकार महासंघमा प्रतिनिधि विवाद तय भएको निर्वाचन स्थगित

नेपाल पत्रकार महासंघको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ। यसअघि महासंघको २७ औँ महाधिवेशन र निर्वाचन शनिबारका लागि तोकिएको थियो।  निर्वाचन स्थगित गरिएको जानकारी दिँदै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी नयाँ मिति तय गरिने महासंघका अध्यक्ष विपुल पोखरेलले बताएका छन्। शुक्रबार एक सूचना जारी गर्दै…

Read More

नेपाल सरकारले अमेरिका सहित ११ देशबाट राजदूत फिर्ता बोलायो

नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अमेरिकासहित ११ देशबाट आफ्ना राजदूतहरुलाइ फिर्ता बोलाउने निर्णय गरेको छ। फिर्ता बोलाइएका देशहरुमा अमेरिका, भारत, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल रहेका छन्। फिर्ता बोलाइएका राजदूतहरुमा श्रीधर खत्री, डा. शंकर शर्मा, ज्ञानचन्द्र आचार्य, नवराज सुवेदी, ज्योति प्याकुरेल, डिल्लीराज पौडेल, शर्मिला पराजुली ढकाल, प्रा. डा….

Read More

नेपालको संघीय प्रतिनिधिसभाको बैठक बस्दै

बिहिबार नेपालको संघीय प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बैठक बोलाइएको छ। बैठकमा उर्जामन्त्री शक्ति बस्नेतले अन्तराष्ट्रिय सौर्य गठबन्धनको सथापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।  अर्थमन्त्री बर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक, २०८० प्रस्ताव पेश गर्ने छन् भने बिनियोजन विधेयक, २०८१ माथि बिचार गरियोस भन्ने…

Read More

इतिहासमै पहिलो पटक मेक्सिकोमा महिला राष्ट्रपति निर्वाचित हुँदै

आजका सबैजसो संचारमा मेक्सिकोको निर्वाचनबारे चर्चा चलेको छ। इतिहासमै पहिलो पटक राष्ट्रपतिमा Claudia Sheinbaum बिजयी भएकी छन्। निर्वाचित भएपछि राष्ट्रपति Sheinbaum ले यो बर्षको अन्तिममा पदभार लिनेछिन उनी यस पहिला मेक्सिको सिटीकी मेयर थिइन।   मेक्सिकोको २०० बर्षको इतिहासमा पहिलो पटक महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। इञ्जिनियरिङमा बिद्यावारिधी गरेकी उनले मेयर हुँदा थुप्रै चर्चा कमाएकी हुन्।…

Read More

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रनाम दान बहादुर कार्की

नेपाल प्रहरी/नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी तोकिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी तोकिएको उक्त सचिवालयले आइतबार…

Read More

एनआरएनको मौन समयमा अर्को सड्यन्त्र गर्दैछन् रसियन माफियाहरु

कृष्ण के सी, अमेरिका, जुन २, २०२४ २००३ देखि २०२४ सम्म पुग्दा २ दशक प्लस समय बिताएको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा उतार चढाव मात्र होइन स्वार्थका लुट, अपराध, भ्रष्टाचार र सड्यन्त्र पनि धेरै रेकर्डमा रहेका छन्। अनि यस्तो कुकर्ममा पूर्व अध्यक्षहरु जिबा लामिछाने र डा. उपेन्द्र महतो पहिलो अनि निरन्तर छन्। स्मरणरहोस उनीहरु एनआरएनएका…

Read More

अनियमितता र भ्रष्टाचारका सबै फाइल खोल्ने, राजनीतिमा कपीराइट-क्रेडिट हुँदैन:रास्वपा सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गिरीबन्धु, बाँसबारी,  टीकापुर जग्गा प्रकरण, बालमन्दिर, भुटानी शरणार्थी, टेरामक्स लगायतका अनियमितता तथा भ्रष्टाचार प्रकरणका फाइल खोल्ने बताएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता तथा सांसद मनिष झाले सो कुरा बताएका हुन। उनले भने, विगतमा यि विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको…

Read More

सुनको भन्सार दरसँगै सुनको मूल्यसमेत बढ्न थालिसकेको छ

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार करमा वृद्धि गरेसँगै त्यसको असर आन्तरिक बजारमा पर्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालो लागि रहेको बेला सरकारले करवृद्धि गरेको छ। बजेट अनुसार सुनको कर ५ प्रतिशत बढेको छ। यसअघि सुनको भन्सार कर १५ प्रतिशत रहेकामा बजेटसँगै यो २० प्रतिशत पुगेको…

Read More