कृष्ण के सी, अमेरिका, मे २४, २०२४
सबैले जानेको, सुनेको र बुझेको कुरा प्रजातन्त्रको स्वच्छ मूल्याङ्कन गर्दा राजनीतिक, सामाजिक र आर्थिक जीवनका विभिन्न पक्षहरूलाई जोडेर ब्याख्या गर्नुपर्छ। सुनिन्छ तर पुरा नहुने कुरा नै नेपाली राजनीति हो। ज्यानमारा र पापीहरुले पनि सत्ता चलाउने देश नेपाल नै हो। तीन/तीन तहका अदालतबाट ज्यानमारा प्रमाणित भएका व्यक्तिलाइ सबै पार्टी र राष्ट्रपनिले समे सदर गरेर जेलमुक्त गरेर निर्वाचनमा उम्मेदवार बनाउने देश पनि नेपाल हो। सोझा र निमुखाहरुले दु:ख मात्र पाउने देश नै नेपालको सक्कली पहिचान हो। यस्ता धेरै छन्।
नेपालको पछिल्लो राज्यब्यबस्था र प्रजात्रन्त्रबारे केहि महिना देखि आफूले गरेको अध्ययनलाइ यहाँ २५ वटा मुख्य सूचकका २/२ वटा उपसूचक गरि जम्मा ५० सूचकहरूको सूची तयार पारेको छु। यो तपाइले पनि बनाउन सक्नुहुन्छ, अरुले र हामी सबैले बनाउन सक्छौं। अनि त्यसैको आधारमा नेपालमा प्रजातन्त्रको वर्तमान अवस्थाको मूल्याङ्कन गर्न प्रयोग गर्न सक्नुहुन्छ।
यो पटक विशेष गरी राजनीतिक दलहरूको कार्यशैलीमा ध्यान केन्द्रित दिनु जरुरी छ। प्रजातन्त्रमा सरकार चलाउने भनेको दलहरुले नै हो। त्यसैले दलहरु असफल भए भने प्रजातन्त्रमा पनि असफलता आउँछ। पछिल्लो समय बहुदल फालेर गणतन्त्र भनियो त्यो समय देखि नेपालमा प्रजातन्त्र ओरालो लाग्दै गएको छ।
अब कुरा गरौँ मुख्य मुद्धामा:
१. निर्वाचनमा अनियमितता र धाँधली
क. नेपालक सबैजसो निर्वाचनहरुमा मतदाता माथि जालसंझी वा अनियमितताको प्रमाण-निर्वाचनको क्रममा देखिएका छन्। निष्पक्ष निर्वाचनको विश्वसनीयताका गिर्दो रुपमा छ। दोहोरो मतदान, नक्कली मतपत्र, वा सम्झौता गरिएको मतपत्र, गठबन्धनले गरको पार्टीमा गराइने मतदान र मतदान प्रणालीको प्रमाणीकरणमा संकास्पद उदाहरण छन्।
त्यसैगरी पारदर्शी छानबिन, उम्मेदवारहरुको चुनाव आन्दानी र श्रोतको लेखापरीक्षण, कानुनी प्रक्रियाहरूको पालना यस्ता बिषयहरुको पुष्टि वा खण्डन गर्न र निर्वाचन प्रक्रियाको अखण्डतालाई कायम राख्न आवश्यक छ। त्यसो कम भएको छ या भएको छैन। मतपत्र च्यातेर भनेकैलाइ जिताउन राजनीतक गठबन्धन हुनु। निर्वाचनको नतिजा पछि एक दलले बहुमत नल्याउँदा मात्र गठबन्धनको सरकारको पहल गर्नुपर्नेमा निर्वाचन पहिला नै राजनैतिक गठबन्धन गर्नु जस्ता कुरा निर्वाचनमा भएका अनियमितता र अप्रजातान्त्रिक बिधि हुन्।
ख. मतदाताको दर्ता प्रक्रियामा हेरफेर, निर्वाचनको लागि मतदाता दर्तालाई अनुचित प्रभाव पार्ने कार्य वा गतिविधिहरू भएका छन। यस्ता हेरफेरहरूले विभिन्न रूपहरू लिन सक्छन्। पक्षपातपूर्ण वा रणनीतिक कारणहरूका लागि मतदाताको सहभागितालाई दबाउन वा बढाउने प्रयासहरू समावेश हुन सक्छन् र भएका छन्। मतदाता दर्ता प्रक्रियाको हेरफेरसँग सम्बन्धित केही सामान्य रणनीतिहरू हुनुपर्नेमा त्यो देखिएन।
२. राजनीतिक तनाव र हिंसा
क. राजनीतिक रूपमा प्रेरित हिंसाका घटनाहरू थुप्रै भएका छन्।
ख. राजनीतिक प्रतिप या शक्ति बिहिन उम्मेदवारलाई बल प्रयोग गरेर दमन गर्ने काम भएका छन्।
३. वाक् स्वतन्त्रता
क. पछिल्ला समय सेन्सरशिप वा अभिव्यक्ति र अभिव्यक्तिको स्वतन्त्रतामा प्रतिबन्धका घटनाहरू देखिएका छन्।
ख. पत्रकार, संचारकर्मी विरुद्ध उत्पीडन वा हिंसा भएका छन्।
४. मिडियाको स्वतन्त्रता
क. न्यूज या मिडियामा स्वामित्वको एकाग्रताले बहुलवादलाई असर गर्छ। त्यसै भएका छन्। मिडियाको नाममा सामाजिक संजालकर्मी पनि संचाकर्मी र पत्रकार दर्जिएका छन्।
ख. सरकारी मिडियामा राजनीतिक हस्तक्षेप भएका छन्।
१२. शिक्षा पहुँच र नयाँ पन
क. सामाजिक-आर्थिक कारकहरूमा आधारित शिक्षामा असमान पहुँच छैन
ख. शैक्षिक पाठ्यक्रममा राजनीतिक रूपले प्रेरित परिवर्तन छन्।
१७. सूचनामा पहुँच
क. रकारी सूचनाको पहुँचमा प्रतिबन्ध
ख. निर्णय प्रक्रियामा पारदर्शिताको अभाव
२२. वातावरणीय नीतिहरू
क. वातावरणीय नीतिहरूमा लोकतान्त्रिक निर्णय प्रक्रियाको अभाव
ख. स्थानीय समुदायलाई असर गर्ने विभेदकारी नीतिहरू छन
२३. युवा संलग्नता
क. युवा राजनीतिक सहभागिताको अवसरको अभाव, उनीहरुलाइ दुरुपयोग गरिएको छ। आसे-पासे बनाएको छ।
ख. दल-भित्र युवा मतदाताको मताधिकारबाट वञ्चित
२४. राजनीतिक दल आन्तरिक लोकतन्त्र
क. राजनीतिक दलभित्र लोकतान्त्रिक अभ्यासको अभाव छ। भनेका र गुटकाले जित्नु पर्न या निर्वाचन नै नहुने गरिएको छ
ख. पार्टी नेतृत्वभित्र निर्णय गर्ने कार्यको केन्द्रीकरण छ। केवल एक व्यक्तिका निहित छ
२५. सामाजिक न्याय
क. सामाजिक अन्यायलाई निरन्तरता दिने नीतिहरू छन
ख. ऐतिहासिक असमानता सम्बोधन गर्न असफल
यी र यस्ता सूचकहरूको मूल्याङ्कनले नेपालको लोकतन्त्रको अवस्थाको विस्तृत दृष्टिकोण प्रदान गर्न सक्छ र सुधार आवश्यक पर्ने क्षेत्रहरूमा प्रकाश पार्न सक्छ। यी सूचकहरूलाई सही रूपमा मूल्याङ्कन गर्न गुणात्मक र मात्रात्मक डेटाको संयोजन प्रयोग गर्न आवश्यक छ। सबै रुपमा हेर्दा दलहरुले प्रजातन्त्र असफल बनाएका छन्।