-शीतल निश्चल, गोरखा, लप्सीबोट, सेप्टेम्बर २२, २०२३
खित्का छोडेर हाँस्तैछन् ......
काला गोमनले
काँचुली फेरेझैँ
सिंहदरवारका
दुई खुट्टे सिंहहरू
रङ फेर्ने गर्छन्।
यहीँ छन्
सेता अनुहार
मलमलका कपडा लगाउने
विदेशी अत्तर सुँघाउने
स्वदेशी पसिना भान्सा गर्ने
खानका लागि बाँचेका
बडेमानका भुँडी भएका
आश्वासनका धोकेबाजहरू
बजेट डकार्ने भुँडीराजहरू
खित्का छोडेर हाँस्तैछन् ....!
खुलेआम छ्न् ....
दिउँसो आँखा नदेख्ने
कुर्सीमा झुण्डिइरहने
दलाल चमेराहरू
आफ्नै आमाको कलेजो
लिम्पियाधुरा, सुस्ता,श्रीअन्तु
प्लास्टिकमा पोको पारेर
खान नपाएझैँ
गोहीका आँसु झार्दै
आधा किलोको दाममा बेच्छन्
छिमेकी दलानमा
सहीछाप लगाउँदै
देश सुम्पिएर
बहादुरीको भोज डकार्छन्
आफ्नै उदाङ्गो भाषाशैलीमा
भेजा लगाउछन् देश ...
मन मस्तिष्क
काला भएका
भ्रष्टाचारी
अवैध कारोबारका रकमबाजहरू
अनुहार छोप्तै हिँड्ने भस्मराजहरू
उल्टै खादा र माला लगाउँदै
खित्का छोडिरहेका छन्
लावालस्करका माझमा
नाचिरहेका छन्
आफ्नो इतिहास हराएपछि
खुलेआम छन् .....!
युग पर्खिरहेको छ
युग जन्माउन
युगले युगलाई
जन्माउनु पर्छ।
आदिम कालको
कौटिल्यको अर्थशास्त्र जिउँदै छ ।
तर
आफ्नो घर भत्काउँदै
माटोप्रेमीहरूका छाती फोरेर
गरीब पसिनाका बाली चोरेर
ज्ञानका कुलेसाहरू
बन्द गराउने चैते वनराजहरू
रामापिथेकस बन्न खोज्छन्
काला मस्तिष्क हुने
भस्मराजहरू ......!
शीतल निश्चलका कविताहरु
- मेरो गाउँ
- नेपाल आमा, म रोऊँ कि हाँसूँ?
- नियति
- सरकार र इमान्दार नेता~रोपहरू जहाँ छन्
- माटामाथिको चक्रव्यूह
- आकाशको जून
- बलिरहेको बस्ती
- प्याड र ढाल
- म तिम्रो सहरमा
- पिँजडाभित्रको कनिष्ठ1
- कल्पित सुन्दरी
- यात्रा र सिट
- प्रतिबन्ध
- विक्षिप्तता
- किनार र आमा
- पवित्र तुलसी र रुद्राक्ष
- देश हराएको सूचना
- निरक्षर छोरो
- सप्तरङ्गी दुनियाँ
- सपना !
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु