-शीतल निश्चल, गोरखा, लप्सीबोट, जुलाई १६, २०२३
ढुङ्गाको भारी वर्षामा
चोटहरू गनिँदैनन्
घाउ निको हुन्छन्
कहिले काहीँ रिसाउँछन्
अत्याचारको अगाडि
नियतिको खेल !!
मूर्तिसगँ के माग्नुहुन्छ
पीडा कताकता हुँदैछ
घाइते चरा जस्तै
छट्पटी भएर
किन बाँच्नुपर्छ हामी !!
हेर्नुहोस् त ?
बाटोमा हिडेको देखिन्छ
औँलाका बुँदाहरू
दिनरात दौडन्छन्
किनकि
जरुर भेट हुन पाइयो भने
आँखाबाट पनि व्यङ्ग्य, परिश्रम र धीरता उम्रन्छ
जुन बेला दुखका गीत गाउनेछन्नि
र्मम आत्माहरूले !!
म त मूर्ति बनिरहेछु
अहिल्या जस्तै
पहिला कर्मले घाउ दिन्छ,
अनि चोटहरूले आश्रय पाउनेछन्
झिँगाहरूले बासस्थान पाउनेछन्
जहाँ रगतको मन्थन हुनेछ
पिप जम्नेछ
नियतिको खेलमा !!
सीमा नाघेर गरेको
ढुङ्गाको वर्षा सकियो
लाग्थ्यो लामो समयसम्म
निधारमा पीडाले
छाला उतारेर धक्का दिएको छ
बिचार र चिन्तनबाट
गलेको अहिल्या
कठोर बनेर
आज उही मुकुट बिसाउँदैछ
आनन्द मानेर !!
शीतल निश्चलका कविताहरु
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु