-शीतल निश्चल, गोरखा, लप्सीबोट, जनवरी ८, २०२३
थोरै भए पनि
विद्यामा मेहनत गर्नुपर्छ छोरा
नत्र यो समाजले कालो अक्षर
वर्षौँदेखि हाँडीको पिँधमा बसेको
कालो ध्वाँसो दलेर
तिम्रा हातका
बुढी औँलाको चक्रमा देखाउन सक्छ
मैले जिन्दगी भर भोगेर भनेको हुँ
तिमीलाई भोग्न नपरोस् भनेर।।
कुनै दिन
खरको झुपडी
परालको आगोले जलेपछि
जिम्वाल बाको घरमा
गुहार माग्न हिडेको थिएँ
समस्याले समस्याको समाधान गर्छ कि भनेर
हातमा तमसुक
साथमा कालो धन बोकेर
मुस्कुराएका जिम्वाल बाले
सयकडा तीनमा ऋण दिएर
भएभरको जमिन लुटेका थिए
आजसम्म मलाई थाहा छैन छोरा
साक्षी राखेर बनाइएको तमसुकमा
खै के लेखिएको थियो।।
म सधैँ सोचिरहन्थेँ
विद्या भन्दा धन ठूलो भनेर
तर फरक रहेछ छोरा
धन भन्दा विद्या ठूलो रहेछ
किनकि
फाटेको लुगा र फुटेको कुर्कुच्चाले पनि
शिखर चढ्न सकिन्छ
आफ्नो स्वतन्त्र अधिकारमा
बाँचेका चराहरूले पनि त
आफु जिउन हरेक दिन
आहार खोज्न संघर्ष गर्छन्
हामी त मनुष्य हौ
त्यसैले जिन्दगीमा केही पाउन
केही गुमाउनु पर्छ छोरा।।
सितल निश्चलका कविताहरु
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु