सरकार र इमान्दार नेता~रोपहरू जहाँ छन्

Hollywood Khabar June 23,2023 Comments

-शीतल निश्चल, गोरखा, लप्सीबोट, जुन २३, २०२३
आरोपहरू जहाँ छन्
सरकार त्यहाँ उभिएको छ
यी सबै चोरहरू हुन् !!

आजभोलि सदनमा
महाअभियान जारी छ
जुन अभियान
चोरमुक्ति अभियान हो !!

यो अभियान
प्रचार प्रसार गरिएन
सबैमा साटासाट गरियो
एकमा दुई
दुईमा चार
यसरी नै थपिँदै गए
भ्रष्टाचारका फाइलहरू !!

सरकार धेरै खुसी छ
चोरहरूको सफाइ भएको छ
सफाइ गरिनेछ
हात हल्लाउँदै
कारागार छिर्नेहरू
इमान्दारिताको प्रमाणपत्रसहित
एकदिन
चुनाव लड्न आउनेछन्
जनताको घरदैलोमा !!