-नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार उदयशम्शेर राणा

ललितपपुर १ को समृद्धि र विकास नै आफ्नो एकमात्र चुनावी एजेण्डा:उदयशमशेर राणा

Hollywood Khabar October 15,2022 Comments

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार उदयशम्शेर राणाले चुनावपछि पनि सत्ता गठबन्धनर लाई साथमा लिएर जाने बताएका छन् ।

ललितपुरको चापागाउँमा आइतबार आयोजित कार्यक्रममा कांग्रेस नेता एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राणाले गठबन्धनमा रहेका दलहरूलाई समान व्यवहार हुने बताएका हुन्। अहिले हाम्रो गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी सबैलाई समेटेर अगाडि बढ्छु। सबै दलहरुलाई मेरो तर्फबाट समान व्यवहार हुनेछ। एमाले जस्तो अरु पार्टीलाई विभेद गर्ने कांग्रेसको संस्कार पनि छैन। उनले आफू काममा बढी विश्वास गर्ने व्यक्ति भएको बताए।

यो निर्वाचन क्षेत्रमा कांग्रेसले जम्मा एकपटक प्रतिनिधिसभा निर्वाचन जितेको छ। बाँकी सबै चुनाव एमालेले जितेको छ। कांग्रेस नेता राणाले भने, कसको पालामा कति काम भयो ? यो यहाँका जनताले मूल्यांकन गर्नुपर्ने बेला आएको छ । ललितपपुर-१ को समृद्धि र विकास नै आफ्नो एकमात्र चुनावी एजेन्डा भएको उनले प्रष्ट पारे।

ललितपुर १ प्रदेशसभा (ख) का उम्मेदवार मीनकृष्ण महर्जनले कांग्रेसले गरेका विकासका कामको जस एमालेले लिन खोजेको भन्दै आपत्ति जनाए। उनले भने, कांग्रेसले गरेका विकासका कामको जस एमालेले लिन खोजेको छ।

यो अत्यन्तै आपत्तिजनक छ। चापागाउँमा निर्माण भएको मिनी रंगशालामा कांग्रेसको पहलमा निर्माण भएको हो। चापागाउँ मिनी रंगशाला कांग्रेसले बनाएको हो, तर अहिले एमालेले हामीले बनाएको भनेर प्रचार गरिरहेको छ। एमालेको कामै झुटो बोलेर जनतालाई मूर्ख बनाउने हो। उनले एमालेको भ्रममा विश्वास नगर्न पनि अपील गरे।

सत्ता गठबन्धनबाट ललितपुर १ प्रदेश सभा (क) का उम्मेदवार हरि दाहालले गठबन्धन विरुद्ध एमालेले भ्रम फैलाउन खोजेको दावी गरे। उनले सत्ता गठबन्धन एक ढिक्का रहेकाले भ्रममा नपर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे।

गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको चापागाउँ उपकेन्द्र संयुक्त चुनावी प्रचार प्रसार समिति गठन भएको हो। स्थानीय तह निर्वाचनमा ललितपुर १ मा ३० वडामध्ये २२ वटा वडा नेपाली कांग्रेस र ५ वटा वडा माओबादी र स्वतन्त्रले जितेका छन्। ३ वडा एमालेले जितेका थिए। यो निर्वाचन क्षेत्रमा एमालेभन्दा गठबन्धन १५ हजारभन्दा बढी मतले अगाडि छ।

उदय शम्शेर राणा संबन्धि अन्य लेख/समाचार

कांग्रेस केन्द्रिय सदस्य उदय शमशेर राणाद्वारा ललितपुर १ मा उम्मेदवारी दर्ता

लेले-चन्दनपुर सडक कांग्रेसले जिते या नजिते पनि कालोपत्रे हुन्छ, कांग्रेस नेता राणा

कांग्रेस नेता उदय राणाको क्षेत्रका ३० वडामा कांग्रेस २२, माओवादी ५ र एमालेको ३ मात्र

नेका केन्द्रीय सदस्य राणलाइ जनसम्पर्क समिति परिचालनको जिम्मेवारी

पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणा नेपाली कांग्रेसको केन्द्रिय सदस्यका उम्मेदवार

सत्तामा पुग्ने मात्र होइन सरकार संचालन गर्ने दस्ताबेज पनि बनाउनु जरुरी छ-राणा

नेबि संघ भारतको दिल्लीमा हुने अन्तरकृयामा राणा प्रमुख अतिथि

कांग्रेसको कार्यदिशा: बलियो पार्टी, युबालाइ अवसर, २५ लाख नयाँ मतदाता