-नेका केन्द्रीय सदस्य राणलाइ जनसम्पर्क समिति परिचालनको जिम्मेवारी

नेका केन्द्रीय सदस्य राणलाइ जनसम्पर्क समिति परिचालनको जिम्मेवारी

Hollywood Khabar April 22,2022 Comments

नेपाली कांग्रेस पार्टी केन्द्रीय सदस्य उदय शम्शेर राणालाइ विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको जिम्मेवारी दिइएको छ।

कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत सात उपसमिति गठन गरेको हो। समिति संयोजक कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय सदस्य राणालाई स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति अन्तर्गत जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको संयोजकको जिम्मेवारी दिएका हुन्।

समितिको बैशाख २ गतेको बैठकको निर्णय अनुसार उपसमिति गठन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय सदस्य उदय शम्शेर राणालाई विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको जिम्मेवारी दिइएको छ। केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई भ्रातृ संघ समन्वय एवं परिचालन उपसमितिको संयोजकको जिम्मेवारी तोकिएको छ। केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिको जिम्मेवारी दिइएको छ।

त्यस्तै केन्द्रीय सदस्य प्रदिप पौडेललाई अनुगमन, मुल्याकंन तथा सुपरिवेक्षण उपसमितिको संयोजक मनोनित गरिएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मदनबहादुर अमात्यलाई शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमितिको संयाजक बनाइएको छ भने त्यस्तै केन्द्रीय सदस्य जीतजंग वस्नेतले जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको जिम्मेवारी पाएका छन्।

केन्द्रीय सदस्य रामहरी खतिवडालाई निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजक मनोनित गरिएको कांग्रेसले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई केन्द्रीय निर्वाचन परिचालन समितिको संयोजक बनाएका थिए । स्थानीय तह निर्वाचन बैशाख ३० मा सम्पन्न हुँदैछ।

उदय शम्शेर राणा संबन्धि अन्य समाचार

पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणा नेपाली कांग्रेसको केन्द्रिय सदस्यका उम्मेदवार

सत्तामा पुग्ने मात्र होइन सरकार संचालन गर्ने दस्ताबेज पनि बनाउनु जरुरी छ-राणा

नेबि संघ भारतको दिल्लीमा हुने अन्तरकृयामा राणा प्रमुख अतिथि

कांग्रेसको कार्यदिशा: बलियो पार्टी, युबालाइ अवसर, २५ लाख नयाँ मतदाता