-पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणा नेपाली कांग्रेसको केन्द्रिय सदस्यका उम्मेदवार

पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणा नेपाली कांग्रेसको केन्द्रिय सदस्यका उम्मेदवार

Hollywood Khabar December 03,2021 Comments

नेपाल सरकारका पूर्व अर्थराज्यमन्त्री, ललितपुर निर्वाचन क्षेत्र १ का पूर्व सांसद, नेपाल तरुण दलका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता उदय शम्शेर राणाले आफू नेपाली कांग्रेसका १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेका छन्।

सामाजिक संजाल, अन्तर्वाता मात्र होइन पत्रकार सम्मेलन समेत आयोजना गरेर १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसको संस्थापनपक्ष शेरबहादुर देउबाको समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। राणा कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका पूर्व अध्यक्ष, पूर्व अर्थराज्यमन्त्री र ललितपुरको निर्वाचन क्षेत्र नम्बर १ का पूर्व संघिय सांसद पनि हुन्।

नेपाली कांग्रेसको गत १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा झिनो मतले पराजित भएका नेता यो पटक भने सबैभन्दा धेरै मतले बिजयी हुने अपेक्षा गर्दछन। खुलातर्फ २५ जना निर्वाचित हुने सो १३ औं महाधिवेशनको निर्वाचनमा राणा झिनो मतले २६ औं भएका थिए।

राणाले २५ देखि ५० लाख भन्दा धेरै नयाँ मतदाता नेपाली कांग्रेसको लागि आवश्यकता रहेको, पार्टीको कृयाशील सदस्यता सहज र निर्विवाद बनाउने, यो ७ तहको निर्वाचन प्रणाली फरक रुपमा लाने ब्यबस्थाको लागी पहल गर्ने, समयमा नै सबै अधिवेशनहरु सम्पन्न गर्ने, युवा र नयाँ पुस्तालाइ बढावा दिने, ब्यबसायिक र स्थापित देखि सबै क्षेत्रका नेपाली नागरिकहरुको नेपाली कांग्रेस पार्टीमा प्रतिनिधित्व बनाउन पहल गर्ने कुरा बताएका छन्।

भारतबाट ग्राजुएट भएर अमेरिकाबाट मास्टर तहको अध्ययन सम्पन्न गरेपछि राणा नेपाल फर्किए। त्यसपछि ब्यबसाय गर्ने, विदेशमा बस्ने या राजनीतिमा जाने भन्ने तीन विकल्प मध्ये उनले राजनीति रोजे। उसो त उनको आफ्नै र पुस्तौनी पारिवारिक ब्यबसाय पनि छ। उनका पिता सागर शम्शेर राणा पनि ब्यबसाय र राजनीति दुवै गर्दै आएका नेपाली कांग्रेसका नेता नै हुन्।

राणालाइ राजनीति मात्र होइन नेपालको वैदेशिक नीति र अन्तराष्ट्रिय संबन्धको पनि राम्रो ज्ञान छ। भारत, चीन, अमेरिका र बाँकी विश्वोसँग के कस्तो संबन्ध कुन कुन क्षेत्रमा कसरी आवश्यक छ ज्ञान उनमा छ। उसो त उनको चासो नेपाली अर्थतन्त्रको पनि हो। बेला-बेलामा नेपाली अर्थतन्त्रको बारेमा विचार दिने राणालाइ नेपाली कांग्रेस मात्र होइन नेपाली राजनीतिमा नै भावी अर्थमन्त्री या परराष्ट्र मन्त्रीको रुपमा हेरिन्छ।

उदय शम्शेर राणा संबन्धि अन्य समाचार

सत्तामा पुग्ने मात्र होइन सरकार संचालन गर्ने दस्ताबेज पनि बनाउनु जरुरी छ-राणा

नेबि संघ भारतको दिल्लीमा हुने अन्तरकृयामा राणा प्रमुख अतिथि

कांग्रेसको कार्यदिशा: बलियो पार्टी, युबालाइ अवसर, २५ लाख नयाँ मतदाता