ललितपुर जिल्लाको निर्वाचन क्षेत्र एक अर्थात नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाको निर्वाचन क्षेत्रमा जम्मा ३० वटा स्थानीय तहका वडाहरु मध्ये नेपाली कांग्रेस २२ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले ३ वटा वडामा मात्र सिमित भएको छ। महांकाल पालिकामा त एमाले क्लिन स्विप भएको छ।
ललितपुर जिल्लामा १ महानगर, २ नगर र ३ गाउँपालिका गरि ६ वटा पालिका रहेका छन्। जिल्लाको हुम्ला भनेर चिनिने पछिल्लो भाग ठुलादुर्लुङ्ग देखि गोदावरी नगरपालिका सम्म रहेको एक नम्बर निर्वाचन क्षेत्रमा महांकाल, बागमती, कोञ्जोस्योम र गोदावरी गरेर ३ गाउँपालिका र १ नगरपालिका रहेको छन्।
सबै पालिकामा गरेर ३० वटा वडामध्ये एमालेले ३ वटा वडा मात्रै जितेको छ। नेपाली कांग्रेसले २२ वडामा वडाध्यक्षसहित विजय हासिल गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ५ वडा जितेको छ। एमालेले ३ वटा वडा जितेको छ। स्थानीय निर्वाचनको नतिजाका आधारमा नेकपा एमाले तेश्रो स्थानमा रहेको छ।
गोदावरी नगरपालिकाको मेयर र उपमेयर कांग्रेसले जितेको छ। एमालेले गोदावरी नगरपालिकाको एक मात्रै वडाध्यक्ष सहित जितेको छ। वडा नं. ३ र ८ मा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका छन्।
महाकांल गाउँपालिकामा कांग्रेसले पालिका अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष जितेको छ भने अघिल्लो निर्वाचनमा अध्यक्ष सहित जितेको नेकपा एमालेले कुनै पनि पद जितेन र क्लिन स्विप भएको छ।
बागमती गाउँपालिकाको अध्यक्ष कांग्रेसले पुन:जितेको छ भने उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। एमालेले वडा # ७ जितेको छ भने माओवादी केन्द्रले वडा नं पाँच जितेको छ।
कोञ्ज्योसोम गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् र उपाध्यक्ष भने नेपाली कांग्रेसले जितेको छ। १ र ५ वडाध्यक्ष माओवादीले जितेको छ। एमालेले वडा २ मा जितेको छ भने बाँकी वडाध्यक्ष पदमा कांग्रेस विजयी भएको छ। ललितपुर महानगर बाहेक सबै स्थानीय तहको मत परिणाम सम्पन्न भएको छ।
यो पटक नेपाली कांग्रेस पार्टीको संगठन बलियो बनाउने देखि, कार्यकर्ता परिचालन, मतदाताको घरदैलो पुग्ने र आपसी विवाद टुङ्ग्याउने जस्ता कुरामा नेता राणाको सक्षम नेतृत्व देखियो।
उदय शम्शेर राणा संबन्धि अन्य समाचार
नेका केन्द्रीय सदस्य राणलाइ जनसम्पर्क समिति परिचालनको जिम्मेवारी
पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणा नेपाली कांग्रेसको केन्द्रिय सदस्यका उम्मेदवार
सत्तामा पुग्ने मात्र होइन सरकार संचालन गर्ने दस्ताबेज पनि बनाउनु जरुरी छ-राणा
नेबि संघ भारतको दिल्लीमा हुने अन्तरकृयामा राणा प्रमुख अतिथि
कांग्रेसको कार्यदिशा: बलियो पार्टी, युबालाइ अवसर, २५ लाख नयाँ मतदाता
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु