-लामिछाने-महतोको एनआरएनएमा भ्रष्टलाई सीइओ बनाउन गगन थापाको दबाब

लामिछाने-महतोको एनआरएनएमा भ्रष्टलाई सीइओ बनाउन गगन थापाको दबाब

Hollywood Khabar August 02,2022 Comments

अगष्ट २, २०२२ काठमाडौँ, अख्तियारले छानबिन गरिरहेका र गैरआवासीय नेपाली (एनआरएन) हरुबीच आइएलओ काण्ड भनेर कुख्यात भ्रस्टाचार काण्डका एक प्रमुख व्यक्तिलाई लामिछाने-महतो समूहको एनआरएनएको सीइओ बनाउन कांग्रेस महामंत्री गगन थापाले दबाब दिइरहेका छन्।

संसारमा नै नभएको तीन-तीन अध्यक्ष भएको भनिएको पूर्वअध्यक्षहरु जिबा लामिछाने र उपेन्द्र महतोले मनोनित गरेको तिनखुट्टे (ओदान) समूहमा अहिले आएर लडाई सुरु भएको छ। ओदान सूत्रहरुका अनुसार थापाले छनोट कमिटिका सदस्यहरुलाई फोन गरेर राजेन्द्र राउतलाई सीइओ बनाउन दबाब दिएका हुन्। तर समितिले भने रवि कुमार अधिकारीको नाम पहिलो नम्बरमा राखेको बताइन्छ। यसमा नै लडाइ भएको छ।

उता छनोट समितिमा सो प्रोजेक्टका विज्ञ तथा स्वतन्त्र हैसियतको रुपमा मानिने भिम उदास र एकनाथ खतिवडाले अनलराज भट्टराईलाई पहिलो नम्बरमा राखिएको भनिन्छ। कांग्रेस नेता गगनकुमार थापा जिबा लामिछानेका स्लिपिङ्ग पार्टनर हुन् भन्ने कुरा आम गैरआवासीय नेपालीहरुलाइ थाहा छ। उसैपनि त्यो समूहमा डा बद्रि के सी, महेश श्रेष्ठ र गौरी जोशीको पक्कड छ। कुल आचार्य र डा केशब पौडेलको कुनै एक्सेस छैन।त्यसैले गर्दा अहिले सम्म आचार्यले ९० दिनमा गर्नुपर्ने नियुक्ति एउटा पनि गर्न सकेका छैनन। जे सुकै भनिए पनि कुल आचार्यको दाल गल्नेवाला छैन, अन्तमा गएर राजेन्द्र राउत नै मनोनित हुनेछन।

कोभिडको बेला विदेशमा कार्यरत नेपाली श्रमिकहरुलाई उद्धार र राहत वितरण गर्न आइएलओबाट प्राप्त रु २० करोडमध्ये आधा भन्दा बढी रकम घोटाला भएको समाचार हलिउडखबरले सबै भन्दा पहिला त्यसपछि अन्य संचार माध्यमले सम्प्रेषण गरेका थिए।

उक्त परियोजनाको प्रमुखको रुपमा राउतले नेपालमा काम गरेका थिए। राउतले सो परियोजनामा कार्यरत महिला कर्मचारीलाई त्रिभुवन विमानस्थल पठाएर झुट्ठा विवरण संकलन गर्न लगाएको भन्ने सम्बन्धित कर्मचारीले दिएको भिडियो बयान, स्टेट्मेण्ट, १९०० जना भन्दा धेरैलाइ बिना आधार रकम वितरण गरेको लगायतका कुरा हलिउडखबरसंग सुरक्षित छ। उक्त परियोजनामा गरिएको करोडौं भ्रष्टाचारबारे नेपालको अख्तियारले पनि छानबिन गरिरहेको छ।

तर तिनै भ्रष्ट व्यक्तिलाई सीइओ बनाउन ओदान समूह भित्रकै केही पदाधिकारीहरु र गगन कुमार थापा समेत लाग्नुको कारणले लामिछाने र थापाको गुप्तगूको रहश्यलाइ प्रमाणित गर्दै लगेको छ। उनिहरुले थापालाई ज्यालादारको रुपमा प्रयोग गरेको सूत्रहरुले जनाएका छन्।

यस अघि कांग्रेस महामंत्री थापाले गत मार्च महिनामा नेपाल सरकारको परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम संघका पूर्व अध्यक्ष डा शेष घलेसंग मिलेर बिधिसम्मत अधिवेशन गर्न लागेका कुल आचार्यलाई दबाब दिएर अधिवेशनबाट अपहरण शैलीमा लगेका थिए। त्यसपछि आचार्य समेत तीन जना अध्यक्ष रहेको (ओदान) जम्बो कार्यसमिति मनोनित भएको घोषणा गरिएको थियो।

भावी प्रधानमंत्रीको दौडमा रहेका थापालाई पुरानो एनआरएन भित्रको भ्रष्ट गिरोहको पक्षमा नलाग्न एनआरएनहरुले सुझाव दिएका छन्।

एनआरएनएमा महतो-लामिछाने संबन्धि समाचार

एनआरएनएमा क्लासिक बिराशतको भ्रम अन्त्य, हाम्रा कामले उता काठको ओदान खरानी

एनआरएनए ओदान समूहको आइसीसी सदस्य अक्शनमा, प्रति सदस्य ४ हजार डलर

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए लामिछाने-महतोको कक्टेल समूहले सदस्यताको पैसाले कक्टेल पार्टी गर्दै

एनआरएनए लामिछाने-महतो समूहका ११ व्यक्ति अयोग्य, एउटामा मनोनयन अर्कोमा नियुक्ति

एनआरएनए ओदान समुहमा भुकम्प, युवा र महिला उपाध्यक्ष समेत १०० जति पद चैट हुने

एनआरएनएमा शक्तिको दुरुपयोग, लामिछाने-महतोको खेलले प्रधानमन्त्री समेत फस्ने

एनआरएनएको नाटकीय एकताको नाममा गरिएको घृणित कार्यको अमेरिकाका २९ वटै राज्यच्याप्टरद्वारा घोर भर्त्सना

नेपालमै बस्ने, नेपाललै ठग्ने, एनआरएनको लगानी भन्दै उल्लु बनाउने मान्छे डा महतो

एनआरएनएलाइ पन्त नेतृत्वले ब्यांकरप्सीको अवस्थामा पुर्यायो, मुख्यालय भाडामा दिनु गैरकानुनी

एनआरएनएमा वार्ता गर्ने भन्दै दुनियाँ झुक्क्याउने लामिछाने-महतो फ्लप, फ्लप अनि सुपर फ्लप

एनआरएनएमा उम्मेदवारको खडेरी, तिरस्कृत हुँदै पूर्व अध्यक्षहरु डा महतो र लामिछाने

एनआरएनए एचएलसीबाट आफ्नो स्वार्थ पुरा नहुने भएपछि डा महतोले राजीनामा दिए, डा घलेले प्रतिवेदन

गैरआवासीय नेपाली नागरिकताको बिरोधमा महतो-लामिछानेको मन्त्री कार्कीलाइ खेश्रा

एनआरएनए फुटाएर पुटिन स्टाइमा जाने पूर्व अध्यक्ष लामिछाने र महतोको अन्तिम तयारी

एनआरएनए पूर्व अध्यक्ष लामिछानेले डोल्मा शेर्पा रिहाइको ३२ लाख ब्लडमनि हजम पारे

एनआरएनएको निर्वाचन आजै गरौँ भन्ने महतो-लामिछानेको हतारोभित्र लुकेको सड्यन्त्र

काठ्माण्डौको बसपार्क लुटेर खानेमा राजनेता देखि एनआरएनए पूर्व अध्यक्ष डा महतो सम्म

एनआरएनको स्टाटस समाप्त भएका संस्थापक अध्यक्ष डा महतोलाइ ७ प्रश्न, जवाफ पाउने हाम्रो अधिकार छ

एनआरएन फुटाएर सार्क देश सहितको अर्को संघ बनाउने महतो-लामिछानेको सड्यन्त्र

एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको एनअरएन स्टाटस समाप्त

एनआरएन आधिकारिक रुपमा फुटाएर जीवा लामिछानेले एनआरएनए फाउण्डेशन प्राली दर्ता गरे