-Krishna KC, USA

एनआरएनएमा क्लासिक बिराशतको भ्रम अन्त्य, हाम्रा कामले उता काठको ओदान खरानी

Hollywood Khabar July 31,2022 Comments

कृष्ण के सी, अमेरिका, जुलाई ३१, २०२२

आम रुपमा मैले बुझेको कुरा चाहिं समुदायको खराब शक्ति होइन खराब सोचलाइ बदल्नुपर्छ होइन भने त्यस्तो खालको सोच मार्नुपर्छ। ठाउँ र स्वार्थ अनुसार हाम्रो सोच बदलिन सक्छ, स्वार्थीहरु मैदान छोडेर भाग्छन अनि इमान्दारहरु शतिशाल जस्तै अडिग रहिरहन्छन।

जादु र मुभीमा जस्तो सबै कुरा एकै रातमा हुँदैनन तर बिस्तारै त्यो खालको काम हुने रहेछ। उसो त एउटै कुरा समय अनुसार खुशी दिने र नदिने दुवै हुन्छन। स्कूलमा बिहान ९:०० बजे र दिउँसो ४:०० बजे घण्टी बजाउने व्यक्ति र घण्टी दुवै एउटै हुन्छन अनि घण्टीबाट आउने आवाज दुवै समय एउटै हो केवल समय फरक। तर पनि बिहानको घण्टी मन नपराउने बच्चाहरु दिउँसो ४:०० बजेको घण्टीसँग बहुत खुशी हुन्छन।

हो, अबश्य पनि शिक्षा ज्ञानको लागि आवश्यक हुन्छ। ज्ञान पाउन घर छाडेर बुद्ध हुने अभिलासाले अहिलेको समयमा काम गर्दैन। अनि शिक्षाबाट मात्र ज्ञान पाइन्छ भन्ने कुरा पनि सहि होइन। एउटा तेल्गु फिल्ममा डायलग थियो, कुखुरा जिउँदोमा भन्दा त्यसको मासु भएपछि महँगो हुन्छ। अझै त्यो कुखुराको मासुलाई परिकार बनाएपछि झनै धेरै भाउको बन्छ। कतिपय कुरा जिउँदोको भन्दा मुर्दाको भाउ बढ्ने रहेछ। हिरा यो दुनियाँको महँगो धातु मानिन्छ अनि हरेक पटक काटेको हिरा झनै महंगो हुन्छ भन्ने गरिन्छ।

बिशेष गरेर नेपाली समुदायमा क्यपाबिलिटी, क्रियटिभनेश र पायोनियरहरु माथि धेरै तगारो लाग्ने रहेछ। नेपालमा मात्र होइन अमेरिका, क्यानाडा, अष्ट्रेलिया, युके, सारा युरोप, साउदी, दुबाइ, कतार, कोरिया, जापान, हङ्गकङ्ग, सिंगापुर जस्ता बिकसित ठाउँ/देशमा बस्ने हामीहरु मध्ये धेरै यस्तै रहेछौं। खासगरी क्लासिक माइण्ड, नेपाली नेताका हुक्के, चिलिमे, ढोकेहरु, दिमागमा कुपोषण भएका गरिव दिमागका मान्छेहरु यस बर्गमा पर्दा रहेछन। यसैको परणाम नेपालमा पार्टी अफिसका चिया बोक्नेहरु, नेताका ड्राइभरहरु पनि चुक्ली गरेर हाम्रा नेता हुन्छन। अनि उनीहरुलाई महान ठेकेदार भनेर हामीहरु आफैं जय सलाम ठोक्न तयार हुन्छौं।

धेरै त होइन अलि-अलि अनुसन्धान र अध्ययन चाहिं म पनि गर्छु। छुपेको इतिहास भनेको गैरआवासीय नेपाली संघको स्थापनाको सोच नेपालका तत्कालिन राजा बिरेन्द्रले राखेका थिए, उपेन्द्र महतोले होइन। त्यो समय या एकाध बर्ष आसपासको समयमा नेपालको सरकारको नेतृत्वमा रहेका काँग्रेस नेता तथा भूतपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चाहिं कांग्रेसको होइन नेपाल सरकारको संलग्नता गैरआवासीय नेपालीहरुबीच बढाएका थिए। उनले गैरआवासीय नेपालीलाइ नेपालको राजनीतिसँग होइन नेपालको सरकारसँग जोडाउने प्रयास गरेका थिए।

करिब करिब २००९ तिर देखि गैरआवासीय नेपाली संघमा नेपाली राजनैतिक शक्तिको दरो रुपमा प्रवेस गराइयो। बिशेष गरेर पूर्व अध्यक्ष देवमान हिराचनलाइ दबाउन उपेन्द्र महतो र जिबा लामिछानेले एमाले पार्टीलाइ प्रवेस गराएका हुन्। देवमानले १,००० जना प्रतिनिधि ल्यायो भन्ने हल्ला दबाउन उपेन्द्र महतोले प्रतिनिधिको लागि एउटा मौखिक आदेश दिए। त्यो आदेश क्रम बढ्दै गएर बिधानमा नै थपियो। २०२२ मा पुग्दा उनै फटिचर उपेन्द्र महतोले अर्को चाला खेले। अनि परिणाम स्वरुप नेपाली कांग्रेसका पूर्णबहादुर खड्का र गगनकुमार थापाले निजी स्वार्थ लिएर सत्ताको दुरुपयोग गराए अनि संघलाइ चिरा पारे।

यस्तै खालका भ्रममा परेर २०१३/२०१५ तिर देखि नेपालका राजनैतिक पार्टीसँग जोडिएका विदेशस्थित भात्री संस्था र टुकडीहरुले संघमा आफ्नोलाई टिकेट दिने ठेकेदार ठान्न थाले। धेरै ठाउँमा प्रयास पनि गरे। राजनैतिक गल्लावालहरुले कोहि बेचे, कोहि बेचिए र कोहि किनिए पनि। युरोप र अष्ट्रेलियामा त पार्टीले टिकेट दिन्छ भन्ने जस्ता असफल प्रयास पनि गरेका हुन्। अहिले पनि केहि देशमा सर्पले निल्दै निल्दै सुलुक्क पार्न बाँकी रहेका भ्यागुत्ताहरुलाइ आफू त्यहि छोटे राजन भएको भ्रम छ। आफू चाहिं ५-६ टुक्रामा छन्, शक्तिमा गरिबी आएकाले राजनैतिक गठ/लठबन्धन गर्छन तर अरुलाई एक हुन अर्ति दिन्छन बिचरा दिमागका गरिबहरु।

गत मार्च २०२२ देखि एनआरएनएमा हामी एउटा शतिशाल पक्षले यस्ता खराब सोचलाई उखेल्दै गएका छौँ। फलस्वरूप सामुहिक लगानी भन्दै एनआरएनहरुको नाम बेचेर केहि व्यक्तिहरुको हाइड्रो र सानीमा बैंक बनाउने जिबा लामिछानेहरु र देशमा लगानी भित्र्याउने भन्दै काठमाण्डौको बसपार्कसम्म निल्ने उपेन्द्र महतोहरुको हैसियत सर्मिन्दाको साइजमा पुगेका छन। उनीहरुको स्वार्थ र भ्रष्ट काम छर्लङ्ग देखिएको छ। त्यहि कुरुप छोप्न खोज्दा प्रयोग गरिएका पूर्णबहादुर खड्का र गगनकुमार थापाको लगौंटी पनि नराम्रोसँग खुस्किएको छ।

गैरआवासीय नेपाली संघमा गैरआवासीय नेपालीहरु हुने हो, राजनैतिक पार्टीका कार्यकर्ता होइन। स्वतह रुपमा हामी व्यक्तिहरु रहने हो गल्ला र ठेकेदारहरुले नत्थी लगाएर ल्याउने बंदुवाहरु होइन। उनीहरु आफैंमा दुनियाँ भन्दा माथि छैनन। नेपालको राजनैतीक पार्टीले अर्को देशमा आफ्नो पार्टीको अंग खोल्न पाउँदैनन, हुँदैन। यति सामान्य कुरा पनि नबुझ्नेहरुले आफूलाई नेता र ठेकेदार भन्छन भने त्यो भन्दा ठुलो कालिदास नेपाली समुदायमा अर्को कोहि छैन होला।

नेपाल सरकारको परराष्ट्र मन्त्रलायमा दर्ता भएको गैरआवासीय नेपाली संघलाइ मन्त्रालयले दिएको पत्र सहितको जिम्मेवारी अनुसार तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घले र पूर्व संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन सहितको नेतृत्वमा मार्च २२-२५, २०२२ मा काठमाण्डौको होटल याक एण्ड यतिमा संघको १० औं महाधिवेशन सम्पन्न भएको हो। महाधिवेशनले बिनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। नेतृत्वले मार्च २७, २०२२ मा मन्त्रालयमा बिधान सहित स्वीकृतिको लागि निवेदन दर्ता गाएको छ।

यसलाई कतिपय बिचौलियाहरुले भ्रम फैलाएका छन् तर परराष्ट्र मन्त्रालयले बिधि र बिधान अनुरुप पढेर नै डा शेष घलेलाइ सो जिम्मेवारी दिएको थियो। त्यसलाई स्वयं कुल आचार्यले सपोर्ट र समर्थन गरेका थिए। तर आचार्यलाइ गगनथापा लगाएर जिबा लामिछाने र उपेन्द्रहरुले पैसा तिराएर बेचीदिए। सायद एनआरएनको इतिहासमा पैसा तिरेर आफैं बेचिने पहिलो ब्यक्ति कुल आचार्य होलान।

अनि बिनोद कुँवर टिमले बिश्वभरि नै संगठन बिस्तार गर्दै गयो र गर्दै पनि छ। धेरै जोडिनु भएको छ र धेरै क्रममा हुनुहुन्छ। फल स्वरुप ठेकेदारी प्रथा र भ्रमको खेति गर्नेहरु ह्रासोन्मुख हुँदै गएका छन्। यदि अझै पनि त्यो सोचका कोहि छन् भने उनीहरुलाइ इग्नोर गर्दै जाने हो। भुक्नेहरुको स्थान ढोकामा हो। केहि समय त कर्मनिष्ठ गोरुको होइन साँढेको पनि पुजा देख्नुहुन्छ। तर फरक चाहिं गोरु पाल्नेले जान्दछ गोरु पाल्न हिम्मत नभएर साँढे छोड्नेले होइन।

हिजो श्री ३ सोनाम लामा, अब बाँकी शेष घलेको शेष मात्र, कलिङ्ग काठमाण्डौ अनि कुनी के के भन्नेहरु आजकल हुर्मत जोगाउन भकारीभित्र शिर लुकाउन शरण माग्न आएका छन्। हेर्दै जाउँ भोली सबैको आउने ठाउँ हामीसंग मात्रै हो। हामीले काम गर्दै गएका छौं, नतिजा आउँदैछन्। अहिले हामीसंग ७ देश छ, कोरियाको निर्णयले ८ पुगेको छ। बढ्ने र जोडिने, फर्कने, बन्ने र बनाउने क्रमजारी छ। तुलोमा ओदानको सपोर्ट संख्या भने बढ्ने होइन रसिया, बेलायत र अमेरिका पनि छैन। हामीमा घमण्ड होइन योजना छ, घात होइन विश्वास छ र ठेकेदारका नथ्थिका बँधुवा होइन स्वत:स्फूर्त रुपमा आएका व्यक्तिहरु छन्।

बिस्तारै एनआरएनमा क्लासिक बिराशतको भ्रमको खेति गर्नेहरुको अन्त्य हुँदैछ। लगानीको नाममा लुट्नेहरु, ठेक्कामा बनाएको किर्ते र भगौटाहरुको काठको ओदानको खुट्टा जल्दैछन् र खरानी हुँदैछन। सेप्टेम्बरपछि एउटा हिस्सा स्खलित र बिचलित हुनेछ। त्यहाँबाट एउटा भगौटा टोलीलाइ धेरै गोदेर लखेट्ने छन्। हेरौला साथी हो; २०२३ को मार्चमा पुग्दा तिमीहरुको अस्थित्व गुगल गर्नुपर्ने स्थिति हामीले देखि सकेका छौं। अब केवल केहि महिना मिहेनत गरौँ नतिजाले हामी सबैलाई ठुलो खुशीको नतिजा दिनेछ। कृष्णार्पण !

एनआरएनएमा महतो-लामिछाने संबन्धि समाचार

एनआरएनए लामिछाने-महतोको कक्टेल समूहले सदस्यताको पैसाले कक्टेल पार्टी गर्दै

एनआरएनए लामिछाने-महतो समूहका ११ व्यक्ति अयोग्य, एउटामा मनोनयन अर्कोमा नियुक्ति

एनआरएनए ओदान समुहमा भुकम्प, युवा र महिला उपाध्यक्ष समेत १०० जति पद चैट हुने

एनआरएनएमा शक्तिको दुरुपयोग, लामिछाने-महतोको खेलले प्रधानमन्त्री समेत फस्ने

एनआरएनएको नाटकीय एकताको नाममा गरिएको घृणित कार्यको अमेरिकाका २९ वटै राज्यच्याप्टरद्वारा घोर भर्त्सना

नेपालमै बस्ने, नेपाललै ठग्ने, एनआरएनको लगानी भन्दै उल्लु बनाउने मान्छे डा महतो

एनआरएनएलाइ पन्त नेतृत्वले ब्यांकरप्सीको अवस्थामा पुर्यायो, मुख्यालय भाडामा दिनु गैरकानुनी

एनआरएनएमा वार्ता गर्ने भन्दै दुनियाँ झुक्क्याउने लामिछाने-महतो फ्लप, फ्लप अनि सुपर फ्लप

एनआरएनएमा उम्मेदवारको खडेरी, तिरस्कृत हुँदै पूर्व अध्यक्षहरु डा महतो र लामिछाने

एनआरएनए एचएलसीबाट आफ्नो स्वार्थ पुरा नहुने भएपछि डा महतोले राजीनामा दिए, डा घलेले प्रतिवेदन

गैरआवासीय नेपाली नागरिकताको बिरोधमा महतो-लामिछानेको मन्त्री कार्कीलाइ खेश्रा

एनआरएनए फुटाएर पुटिन स्टाइमा जाने पूर्व अध्यक्ष लामिछाने र महतोको अन्तिम तयारी

एनआरएनए पूर्व अध्यक्ष लामिछानेले डोल्मा शेर्पा रिहाइको ३२ लाख ब्लडमनि हजम पारे

एनआरएनएको निर्वाचन आजै गरौँ भन्ने महतो-लामिछानेको हतारोभित्र लुकेको सड्यन्त्र

काठ्माण्डौको बसपार्क लुटेर खानेमा राजनेता देखि एनआरएनए पूर्व अध्यक्ष डा महतो सम्म

एनआरएनको स्टाटस समाप्त भएका संस्थापक अध्यक्ष डा महतोलाइ ७ प्रश्न, जवाफ पाउने हाम्रो अधिकार छ

एनआरएन फुटाएर सार्क देश सहितको अर्को संघ बनाउने महतो-लामिछानेको सड्यन्त्र

एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको एनअरएन स्टाटस समाप्त

एनआरएन आधिकारिक रुपमा फुटाएर जीवा लामिछानेले एनआरएनए फाउण्डेशन प्राली दर्ता गरे