-एनआरएनएमा शक्तिको दुरुपयोग, लामिछाने-महतोको खेलले प्रधानमन्त्री समेत फस्ने

एनआरएनएमा शक्तिको दुरुपयोग, लामिछाने-महतोको खेलले प्रधानमन्त्री समेत फस्ने

Hollywood Khabar May 19,2022 Comments

कृष्ण के सी, अमेरिका, मे १९, २०२२ **यो मेरो निजि विचार सहितको लेखन हो**

प्रसङ्ग

  1. प्रत्येक दुइ/दुइ बर्षमा हुनुपर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन अक्टुवर २०२१ मा हुनुपर्नेमा थियो। पूर्व अध्यक्ष जिबा लामिछाने र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको निजि स्वार्थ र निवर्तमान अध्यक्ष कुमार पन्तको असक्षम नेतृत्वका कारण १९ बर्षे इतिहासमा पहिलो पटक समयमा हुन सकेन।
  2. नेपाल सरकारको परराष्ट्र मन्त्रालयले समयमा महाधिवेशन हुन् नसकेपछि नेपाल सरकारको एनआरएन ऐन र संघको बिधान बमोजिम तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घलेलाइ सो कार्य सम्पन्न गर्न पत्र सहित जिम्मेवारी दियो।
  3. मन्त्रालयको सो जिम्मेवारी र संघको बिधानको ब्यबस्था अनुसार राष्ट्रिय समन्वय परिषदको बैठक (मार्च ६, २०२२) बाट समेत अनुमोदन लिएर प्रमुख संरक्षक डा शेष घलेले गत मार्च २२-२५, २०२२ मा संघको १० औं महाधिवेशन, काठमाण्डौको होटल याक एण्ड यतिमा आयोजना गरेर जिम्मेवारी सम्पन्न गरेको अवस्था हो। यति मात्र होइन सो को प्रतिवेदन समेत मार्च २५, २०२२ मा नै परराष्ट्र मन्त्रालयमा बुझाइ सकेको अवस्था हो।
  4. मार्च २२-२५, २०२२ मा काठमाण्डौको याक एण्ड यति होटलमा भएको १० औं महाधिवेशनले बिनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। अध्यक्ष बिनोद कुँवरको नेतृत्वले नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा संघको बिधान २००३ को संसोधन सहित २०२२ निवेदन मार्च २७, २०२२ मा दर्ता गरेको छ।
  5. सो महाधिवेशनको उद्घाटन सत्र नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उद्घाटन जसले गरे पनि आधिकारिकताको कुरा हुन् सक्दैन। त्यो त केवल एउटा उत्सव जस्तो मात्र हो। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री या जो कोहि प्रमुख अतिथि हुनुको कारण नै आधिकारिकताको जिकिर हुँदैन। महाधिवेशनमा महाधिवेशन प्रतिनिधिले जे निर्णय गर्छन त्यो नै आधिकारिक कुरा हो।

इतिहासको स्मरण

  1. स्थापना काल देखिनै एनआरएनहरुको नाम भजाएर आफ्नो निजि ब्यबसाय गरेर फाइदा लुट्न पल्केका एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको २०१३ देखि नै एनआरएनको स्टाटस समाप्त भएको हो। उनि केहि बर्ष देखि भारत र नेपाल दुवै देशमा बस्छन। तर भारत देशमा बस्ने नेपालीहरु नेपाल सरकारले गरेको एनआरएनको परिभाषाको क्षेत्राधिकारमा पर्दैनन।
  2. डा महतोको रसिया या बेलारुसको उहिलेको वासिन्दा भएको कुरा अब इतिहास मात्र हो। जुन कुरा २०१३ या त्यो भन्दा पहिला देखि नै समाप्त भएको छ। उनि अरु देशमा बस्दैनन र कुनै पनि देशको नागरिकता लिएका छैन भन्ने उनैको दावी छ। त्यसैले अहिले पनि उनि एनआरएन होइनन तर रिटर्न एनआरएन हुन्।
  3. उपरान्त देखि उनलाई सँस्थापक अध्यक्ष मात्र भनेर स्थान दिनुपर्ने हो। तर पूर्व अध्यक्षहरु जिबा लामिछाने, भबन भट्ट र कुमार पन्त समेतको मिलेमतोमा आफूहरुको किर्ते र संघको नाममा गरेको निजि लाभबाट नाङ्गिएको कारण आफूलाई जोगाउन पछिल्लो समयमा उनले अर्को प्रपन्च रचे।
  4. मार्च २०२२ मा कुमार पन्त नेतृत्वले १० औं महाधिवेशन गर्ने योजना नै गरेको थिएन। केवल निर्वाचन गर्ने योजना गरेको थियो। इलेक्शन होइन सेलेक्शन गरेर ल्याइएका आफ्नै व्यक्तिबाट अधिवेशन गरेर मनोमानी रुपमा स्वार्थको बिरासत कायम गर्न प्रस्ताव पारित गराउने योजना लामिछाने-महतो टिमको थियो।
  5. त्यो प्रपन्चमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाइ लामिछानेले प्रलोभन दिएर या अरु कुनै बाध्यतामा पारेर प्रयोग गरे। महामन्त्री थापाले नेपाली कांगेसका उपसभापति पूर्णबहादुर खड्कालाइ पनि नेगोशियाशन गरेर फसाए। थापा र खड्का दुबैजना मिलेर नेपाली कांग्रेस पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबालाइ नै उल्टाएर शक्तिको दुरुपयोग गर्न लगाए।
  6. बिधि र बिधान मिचेर अधिकार क्षेत्र नाघेर प्रधानमन्त्रीको शक्तिको दुरुपयोग परराष्ट्रमन्त्री डा नारायण खड्कालाइ मन परेन। सोझा र निश्कलंक मानिने परराष्ट्रमन्त्री डा नारायण खड्काले कतै पनि सहभागिता देखाएनन।
  7. कांग्रेसका महामन्त्री तथा नेपालको संघीय संसदका सांसद गगनकुमार थापाले एनआरएनका पूर्व अध्यक्ष जिबा लामिछानेलाइ बारंबार किन साथ दिन्छन भन्ने कुरा सबैजसो एनआरएनहरुलाइ थाहा छ। बिशेष गरेर महामन्त्री थापाको युरोपियन युनियनको आमन्त्रण प्याकेज र उनि स्वास्थ्यमन्त्री भएपछि त्यो संबन्ध झन प्रगाढ रुपमा बढेको हो। बुझ्नेलाई यति कुरा नै काफी छ, उसै पनि धेरैले यो रहश्य जानेका छन्।
  8. उता राजनैतिक रुपमा नरमपन्थी र फरक धारका मानिने नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले किन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबालाई पनि घुमाए भन्ने कुराको जवाफ पनि हामीसंग आइपुगेको छ। कुनै दिन त्यसको पनि उजागर गरौंला।
  9. यति मात्र होइन, २०२२ को मार्च अन्तमा प्रधानमन्त्री तथा नेपाली कांगेस पार्टीका सभापति शेरबहादुर देउबाले आफूलाइ झुक्याएको थाहा पाएपछि आफूलाई भेट्न गएका कुल आचार्यसंग, म तिमीसँग भेट्दिन भनेर निवासबाट भगाए। त्यो बिषय पनि हामीसंग आइपुगेको छ।
  10. कुल आचार्यलाइ प्रयोग गरेर प्रधानमन्त्रीको शक्तिको दुरुपयोग गर्दै अभिष्ट पुरा भएपछि महतो-लामिछाने टिमले आचार्यलाइ नियोजन गर्न थालेको छ। उनीसँग न निर्णय लिने क्षमता छ, न केहि गर्ने योजना छ न कसैले उनीप्रति आशा, विश्वास र भरोसा नै गरेका छन्। सोझो अर्थमा भन्दा महतो-लामिछानेले सामुहिक रुपमा बलत्कार गरेका ब्यक्ति हुन् कुल आचार्य।
  11. लामिछाने-महतोको निजि स्वार्थको खेलमा सरकारी शक्तिको दुरुपयोग कसरी गरियो, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली देखि माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सम्म सबैजना कसरी घुमे भन्ने कुराको नालीबेली सहितको कथा हामीसँग छ।

निजि स्वार्थको लागि सरकारी शक्तिको दुरुपयोग गर्दै लामिछाने-महतोहरुको किर्तेले प्रधानमन्त्री देउबालाइ नै फसायो

  1. लामिछाने-महतो टोलीले सरकारी शक्तिको दुरुपयोग गर्दै बनाइएको बाघ थुन्ने खोरमा भांटो/लौरो लगाएर चरनका बाख्रा जस्तै डा बद्रि के सी देखि कुल आचार्य लगायतसम्मका हुतिहारा एनआरएनहरुलाइ लगेर थुन्ने कार्य गरे।
  2. उक्त नर्कटबारको खोर कसरी बन्यो, त्यसमा कसले लड्डु पाए, कसले मह काटे, कसले हात चाटे, कसले दान गरे, कसले दान लिए, कसले पिए कसले निले त्यो पनि हाम्रो ज्ञानमा छ। यो सबै बिषयको अनुसन्धान गर्न लामो समय लागेतापनि अहिले आएर सम्पन्न भएको छ। तर लेख्ने समय भने भर्खर सुरु गरिएको हो।
  3. उसो त नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यकर्ता तथा रसियन माफिया भनेर चिनिने डा उपेन्द्र महतोको सुरुका दिन देखिनै गैरआवासीय नेपाली संघलाइ आफ्नो निजि स्वार्थमा प्रयोग गर्ने कुटिल चलन थियो। यसबाहेक कुनै दिन कसैले लामिछाने-महतो “यूएसएसआर कल टु” मा थिए भनेर लेखे भने अन्यथा नहोला।
  4. भनिएको प्रायोजित शक्ति दुरुपयोग गरेर बोलाइएको भेडीगोठमा आधा शक्तिले जान त्याग गरे। उनिहरुले भब्य रुपमा १० औं महाधिवेशन होटल याक एण्ड यतिमा सम्पन्न गरे। त्यसबाट बिनोद कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरे। तर केहि हुतिहारा पानीमरुवाहरुले दासत्व स्वीकार गर्दै भेडीगोठमा भेडा-बाख्रा भएर गए। तिनै भेडा-बाख्राहरुको लागि लामिछाने-महतो टोलीले अब अष्टमीको कालरात्री सुरु गरेको छ। पहिलो छप्पन राष्ट्रिय समन्वय परिषद अमेरिकामा हान्यो। दोश्रो बेलायत हुँदै बाँकी सबैमा हान्न सुरु गरेको छ।
  5. त्यो सबै हर्कतलाइ पूर्व अध्यक्ष जिबा लामिछाने, भबन भट्ट, कुमार पन्तहरुले पनि साथ दिए। यसबाट लामिछाने-महतो दुबैलाई फाइदै फाइदा हुने गुटको स्वार्थ नियमित भयो। त्यसैको अन्तिम परिणाम हो अहिलेको विभाजित एनआरएन।
  6. यतिले मात्र पुगेन। शक्तिको दुरुपयोग गरेर संसारमा नै नहुने ३ अध्यक्ष सहितको जम्बो टोलीको लागि एडभान्स लेटर मन्त्रालयबाट लिइयो। त्यो पत्रलाइ पनि किर्ते गरेर प्रधानमन्त्रीको फोन आदेशलाइ दुरुपयोग गर्दै उल्टा प्रधानमन्त्री समेत फसाउने गरेर मनोमानी रुपमा महिला उपाध्यक्ष र युवा उपाध्यक्ष जस्ता अन्य पद पनि सृजित गरियो।
  7. त्यो सबै किर्ते दस्ताबेजलाइ नेपाल सरकार परराष्ट्र मन्त्रलयमा पेश गर्दा मन्त्रालयले स्वीकृत गर्न नमिल्ने भन्दियो। त्यो टोलीमा अध्यक्ष मण्डलका प्रमुख मण्डले डा महतोद्वारा गरिएको मनोमानी अहिले आएर जम्बो टोलीलाई ओकल्नु न निल्नु भएको छ।
  8. त्यो कुटिल खेललाइ मन्त्रालयबाट स्वीकृत गर्दा महिला उपाध्यक्ष र युवा उपाध्यक्ष उड्ने कुरा हो। यति मात्र होइन दस्ताबेज नै बिधान र मन्त्रालयको निर्देशन समेतको खिलाफमा भएकाले स्वीकृत गर्न नै नमिल्ने कुराको दावी मन्त्रालय श्रोतको छ।

पछिल्लो अवस्था

  1. मन्त्रालयको स्वीकृत र निर्देशन नमानेका कारण नेपाल सरकारले त्यो जम्बो जेट प्रस्ताव नमान्ने भएको छ।
  2. संघको कुनै पनि काम गर्न नपाउने गरि अँठ्याएर राख्ने, त्यसमाथि भलिभाँती रुपमा आन्तरिक गोदाई समेत गरेकाले भेडिगोठका चरौटाचार्यहरुले असंतुष्टि ओकल्न थालेका छन्। उनीहरुले अर्को गैरआवासीय नेपाली संघ बनाउन सुरु गरेका छन्।
  3. नेपाल सरकारको गैरआवासीय नेपाली संबन्धि ऐनमा २५ देशका ५० जना गैरआवासीय नेपालीहरु या उनीहरुले चयन गरेको नेतृत्वले गैरआवासीय नेपाली संघ बनाउन सक्छ। यस्ता संघ जतिवटा पनि हुनसक्छन, कानुनि रुपमा कुनै अड्चन छैन।
  4. स्थिति यस्तै हुने हो भने, आगामी अक्टुवर २०२२ सम्म गैरआवासीय नेपाली संघ ४ देखि ५ वटा सम्म हुने भएको छ। त्यसको प्रमाण हामीसँग आइपुगेको छ।

बाँकी कुरा यो पत्रमा हेरौं:

 

एनआरएनएमा महतो-लामिछाने संबन्धि समाचार

एनआरएनएको नाटकीय एकताको नाममा गरिएको घृणित कार्यको अमेरिकाका २९ वटै राज्यच्याप्टरद्वारा घोर भर्त्सना

नेपालमै बस्ने, नेपाललै ठग्ने, एनआरएनको लगानी भन्दै उल्लु बनाउने मान्छे डा महतो

एनआरएनएलाइ पन्त नेतृत्वले ब्यांकरप्सीको अवस्थामा पुर्यायो, मुख्यालय भाडामा दिनु गैरकानुनी

एनआरएनएमा वार्ता गर्ने भन्दै दुनियाँ झुक्क्याउने लामिछाने-महतो फ्लप, फ्लप अनि सुपर फ्लप

एनआरएनएमा उम्मेदवारको खडेरी, तिरस्कृत हुँदै पूर्व अध्यक्षहरु डा महतो र लामिछाने

एनआरएनए एचएलसीबाट आफ्नो स्वार्थ पुरा नहुने भएपछि डा महतोले राजीनामा दिए, डा घलेले प्रतिवेदन

गैरआवासीय नेपाली नागरिकताको बिरोधमा महतो-लामिछानेको मन्त्री कार्कीलाइ खेश्रा

एनआरएनए फुटाएर पुटिन स्टाइमा जाने पूर्व अध्यक्ष लामिछाने र महतोको अन्तिम तयारी

एनआरएनए पूर्व अध्यक्ष लामिछानेले डोल्मा शेर्पा रिहाइको ३२ लाख ब्लडमनि हजम पारे

एनआरएनएको निर्वाचन आजै गरौँ भन्ने महतो-लामिछानेको हतारोभित्र लुकेको सड्यन्त्र

काठ्माण्डौको बसपार्क लुटेर खानेमा राजनेता देखि एनआरएनए पूर्व अध्यक्ष डा महतो सम्म

एनआरएनको स्टाटस समाप्त भएका संस्थापक अध्यक्ष डा महतोलाइ ७ प्रश्न, जवाफ पाउने हाम्रो अधिकार छ

एनआरएन फुटाएर सार्क देश सहितको अर्को संघ बनाउने महतो-लामिछानेको सड्यन्त्र

एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको एनअरएन स्टाटस समाप्त

एनआरएन आधिकारिक रुपमा फुटाएर जीवा लामिछानेले एनआरएनए फाउण्डेशन प्राली दर्ता गरे