-सूचना तिमल्सिना, ललतिपुर/मे ३०, २०२३
अनुभवको पाश्र्वध्वनीको झंकृत दुख थुनेर सुख खोजिरहेको चाहना, जताततै छताछुल्ल भएर खोजिरहन्छ कस्तुरीको बिनायो सरी । प्रत्येक पल्ट पीडा भाव आउदा शब्दका झन्कारबाट अभिव्यक्त गर्न खोज्दा चाहनाको विर्तामा भवित पीडा लुकाएर सुख खोजिरहन्छ दुखी । दुखको भाव थुनेर सुखको तलाउ बनाउन पटक पटक सुख स्मृतिमा मडारिरहन्छ । पटक पटक सुख अनुभव खोजिरहन्छ । सुख के मा छ ? अनुभवको खेल खेलिरहन्छ । सुख पाउन सम्बन्ध बनाउछ । सुख पाउन सम्बन्ध तोड्छ । कर्मको विधि बोलीमा बेचेर के गर्ने भनेर सिकाइरहदा पीडा भावमा झन्कृत हुँदा दुखी टालटुल टालटुल गरिरहन्छ भत्किएको कुलोझै ।
सुख अनुभव गरेको वस्तु, स्मृति र पात्रता आफ्नो भनेर संकलन गर्छ । आफैसँग राख्न खोज्छ । सुख बचाउका लागी बाँधेको बाँध दुख देख्नासाथ फर्किहाल्छ सुखपट्टि । अनि दुखलाई मान्छ शत्रु । प्रत्येक सुख मानेर, सुख भनेर राखिएका संकलन गरिएका बदलिन्छन् । सकिन्छन् । क्षणिकतामा गुम्छन् । दुखलाई सुखमा बदल्न हिडेको सुख नामक दुखी परिरहन्छ दुखको फन्दामा । सकुञ्जेल दुखबाट बच्न खोज्छ । भाग्छ । अनि एकदिन सुखका सब बाँध भत्कन्छ । आफ्नो नामक तलाउ फुट्छ र सकिन्छ । अनि प्रत्येक सुख भनिएका विचार दुखमा बदलिन्छ । किनकी प्रत्येक सुख नामक विचारमा दुख अनुभवको पाश्र्वध्वनी झन्कृत भइरहन्छ ।
सुख खोज्ने दुखीको सच्चाइ
त्यसो त दुख हेर्न नखोजेको किन ? कहाँबाट भरिएको दुख हेर्न सकिदैन भनेर ? बिना प्रश्न भागाभाग गरेर सुखको लागी वर्षौ वर्ष फेरबदल गरेर कहाँ कहाँ पुग्दा पनि सुख समात्न नसकेर तलाउको भ्यागुतो बनेर दुखसँग लुकामारी गरेर चिच्चाहटमा संसार सुनाउदा पनि नपत्याएपछि किन मान्न नसकेको सुख मात्र क्षणिकता हो भनेर ? किन ? किनकी दुख अनुभवलाई तटस्थ हेर्न नसक्दाको परिणाम ।
शान्त बनेर शान्तिको वास्तविकताई चिरफार गर्न खोज्दा शब्द र अनुभव एक अर्काको तानातानमा परिरहदा, दुखी को हो भन्ने प्रश्नले बबण्डर मच्चाउदा, शब्दहरुले आफै दुखी भन्दा अनुभव अन्तर्गत पीडाको भाव अनुभव सर्लक्क प्रकट हुँदा वा स्मृतिको दुख भन्ने चित्रण, पात्रता अथवा शब्द बग्दा परिणाम दुखी भनेर बुझेपछि भ्रम तोडिनुपर्थ्यो । तोडिएको थियो । तर फेरी शंकाहरु पटक पटक दुखी को हो खेल खेल्न लाग्दा बन्ने र सकिने यो अजिव वास्तविकता बुझिनुपर्थ्यो । बुझिएको थियो । तरपनि भ्रमहरु किन बाँकी छन् ? वा भ्रम भन्ने भ्रम रहेको छ ?
चित्रगुप्त
चित्रगुप्त चित्रहरु कसरी प्रकट हुन्छन् ? दृश्य दृश्यमा सिमित नभइकन स्मृतिमा मिसिएपछि, परिदृश्य आएर जान्छन्, गएर आउछन्, त्यसैले वास्तविकता छुटाएको घटना पुन स्मृतिमा रहेपछि पटक पटक म प्रश्न परिरहन्छु, चित्रगुप्त चित्रको वास्तविकता के हो ? दिमागका रङ्ग उज्जवल हुँदै जाँदा, धिमिल हुँदै जाँदा प्रकाशको परावर्तनले आकार र प्रकार देखाएपछि मेरा मानिएका राम्रा नराम्रा चित्रले राहत पाएका छन् । तरपनि अञ्जान रुपमा राम्रो र नराम्रो अवधारणाभित्र तानिने पक्ष के हो ? तरङ्ग र प्रकाशको अनुभवका लागी लपेटिरहन्छ चाहना, ज्ञान प्रयोगशालाभित्र होइन आफैभित्र देखिओस । यद्यपी आँखा चिम्म गरेर हेर्दाको रङ्ग, बाहिर हेर्दाको आकृति सामञ्जस्यता खोज्न बग्ने गति, चाहनाको गति भनेर चाल पाएपछि घटना बिग्रह आफैँ देखिन्छ ।
चित्रगुप्त सम्बन्धि अनेकौ कहानी भित्रको जंजाल रोकिएपछि, संकल्प कल्पमा नै टुक्रिदा टुक्रिदा, कहानी शब्दबाट भाव उत्रित हुँदै शक्ति नाश भएपछि तरङ्ग र प्रकाश स्वछन्द रुपले दर्गुछन् । चित्रगुप्त चित्रको विचित्रताको रहस्यको गहिराइ कति छ ?
यमराज
यमराज मृत्यु के हो ? प्रत्येक बिहान रित्तो भएर उठ्दा जागरण पछि उठेका विचार भाव हेर्दाहेर्दै बन्छ र सकिन्छ । विचार बन्छ सकिन्छ । मेरो भन्ने स्मृति आउछ सकिन्छ । बन्ने सकिने प्रकृयामा आवाज पनि बन्छ र सकिन्छ । आकृति पनि बन्छ र सकिन्छ । बन्ने र सकिने प्रकृयामा मृत्यु के हो ? प्रश्न पनि बनेर सकिन्छ । जन्म प्रकृया, मृत्यु प्रकृया, विचार प्रकृया, भाव प्रकृया : सबै स्वचालित छन् भने मेरो भनेर बोकिरहेको स्मृति किन भिमलमा मेरो मेरो भन्ने सुगा रटाइ गर्छ ? किन मृत्युसँग डराउछ ? यमराज मृत्युको राज के हो ? क्रमशः
सूचनाका अरु लेखहरु
- संस्कार
- चन्द्रमाको उज्यालोमा बसन्तपुर
- म को हूँ ?
- पुतलीको नाच
- फूल फुल्न पात झर्नुपर्दो रहेछ लालुपाते फूल-१
- के गर्ने तीज मनाउने ? कहिल्यै दुविधामा थिइन तर यो पालामा परेँ
- घाउ बोल्छ मान्छे बोल्दैन, घाउ पीँडा हुँदै आगो बन्छ
- मन पराउनेहरु मन पराउन नपराउनेहरु नपराउन अड्केका, गन्तव्य एउटै बाटो नमिलेर विचारहरु विचारमग्न
- भ्यालेण्टाइन डे बिशेष: हेल्लो देअर
- बल्दा बल्दा थकित राम्रो ऊ नराम्रो बनेर पछारिन्छ गल्दा गल्दा राम्री म नराम्री बनेर थच्चारिन्छु
- कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ
- उपद्रो मन
- अर्कोको पछि लाग्दा अर्काकै घर पुगिन्छ
- कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु