-Rita Devi Pradhan Joshi-Rumath

जीवनको स्मरण

Hollywood Khabar March 06,2023 Comments

-रीतादेवी प्रधान जोशी-रुमाठ, क्यालिफोर्निया, मार्च ७, २०२३

 

जिन्दगी गजब हो

कहिले हाँसो

कहिले रोदन

कहिले व्यङ्ग्य

कहिले प्रशंसा ।

 

जे देखिन्छ, त्यो होइन सत्य

जुन सुनिन्छ, त्यो झुठो हुन्छ,

सत्य, झुठो, पाप र धर्म

छुट्याउन सक्तैन

यसैमा पिल्सिएका मानव

छटपटाहट, तनाव, दुःख, पीडा

आनन्द, उल्लास र सफलताको लागि संघर्ष

जीवनलाई नबुझ्दा

जब समयको चक्रले

पु¥याउँछ उत्तराद्र्धमा

झल्याँस्स बिउँझन्छन्

आफ्नो समय

विना ईश्वरको स्मरणमा

हावा भैंm उड्दै गएको ।

 

अन्त्यमा आत्मग्लानी गर्दै

आफुले आपैmलाई नै ठान्छन् “दोषी”

तर ............. जब उठ्छ

तब बिहानी हुन्छ

तसर्थ ः समय छ, स्मरण गरौं

जीवनको यथार्थलाई

अनि

आफूभित्रको भगवान्लाई ।

रीता देवी प्रधान-रुमाठका अरु कविताहरु

हाम्रो चाहना

छ गजव संसार