-रीता देवी प्रधान-रुमाठ, फेब्रवरी १, २०२३
म चकित हुन्छु
म आपैmमा टोलाउन थाल्छु
म आपैmलाई प्रश्न गर्न खोज्छु
विकसीत पश्चीमी सभ्यतामा
सुःख, दुःखका अवरोहण र
आरोहण मा पौडी खेल्दै...
खेल्दै, आपैmलाई जन्मभूमि भन्दा
पृथक कर्म भुमिमा पाउँदा पनि...
...पाउदा पनि,.....।
किन ?...किन.....? मानव सोचाइमा
परिनर्तन हुँदै???? हुँदैन...?
त्यही झुन्द सोच, संकुचित सोच
उसलाई गिज्याउन, होच्याउन
अपमानित गर्नु... न कि उसलाई
साथ दिनु, प्रोत्साहन गर्नु....?
गर्दैन विवेक, उनका आत्मश्लाघाती
व्यवहारबाट प्रभाव पर्छ आत्मा कस्तो भनी ?
लक्ष्मी थिर, यौवन थिर रूप सौन्दर्य थिर,
शरीर थिर हुँदैन,
समय चलायमान भनी बुझ्दा बुझ्दै
किन.....किन.....अहंकोखालभित्र
आपैmलाई धाँत्दै छन्....धाल्दै जान्छन्!
तर.....म त भन्छु अन्त्यमा
हे ! आपैmले आपैmलाई
मै हुँ भन्ने विकसित समाजका
विकसित मानव
दानव सोच त्यागेर,
मानवताको सोच अपनाउँ ।
कर्म भूमिमा, “ वसुदैव कुटुम्वकम ” को झण्डा गाड्नु ! “वसुदैव कुटुम्वकम ” को झण्डा गाड्नु.... झण्डा गाड्नु....!
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु