Hollywoodkhabar 2nd Anniversary Banner

हलिउडखबर बार्षिक उत्सव: संचारकर्मी-पत्रकारहरुलाई निमन्त्रणा

Hollywood Khabar December 06,2018 Comments

कृष्ण के सी/संचालक-आयोजक

हलिउडखबरको दोश्रो बार्षिक उत्सव डिसेम्बर ९, २०१८ आइतबारका दिन महाबाणिज्य दूत ऋषि ढकालको प्रमुख आतिथ्यतामा सान फ्रान्सिस्कोमा हुने भएको छ।

डिसेम्बर २०१६ मा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोबाट आधिकारिक रुपमा सुरु गरिएको हलिउडखबर डटकम http://hollywoodkhabar.com/ स्थापना भएको दुइ बर्ष पुगेर तेश्रो बर्ष प्रवेश गरेसंगै दोश्रो बार्षिक उत्सवको आयोजना गरिएको हो।

डिसेम्बर ९, २०१८ आइतबारका दिन सांझ ५ बजे, Cre Asian Test of the Himalayas-1269 MacArthur Blv, San Leandro, CA 94577 मा मिडियाको दोश्रो बार्षिक उत्सवको आयोजना गरिएको छ।

कार्यक्रममा कानुन ब्यबसायी बाशु फुलारासँग इमिग्रेशन फोरम राखिएको छ। यसका साथै नेपाल अमेरिका पत्रकार संघ-नेजाका अध्यक्ष सुदिप पन्त, निवर्तमान महासचिव तोया दाहाल र बरिष्ठ पत्रकार रवि अधिकारीले बिषयहरु प्रस्तुत गर्नुहुने छ।

निशुल्क प्रवेश राखिएको यो कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघका सदस्यहरु तथा सम्पूर्ण संचारकर्मी अनि पत्रकार मित्राहरुलाई बिशेष निमन्त्रणा गरिएको छ।

यहाँहरु मध्ये कतिपय संचारकर्मी तथा पत्रकारहरुलाई फोन, टेक्स्ट, इनबक्स र इमेल कुनै पनि रुपमा निमन्त्रणा नपुगेको या चिन-जान नभएका कारण जानकारी नपुगेको भए पनि यसै निमन्त्रणा मान्दै उपस्थित भैदिनको लागि हार्दिक अनुरोध गरिएको छ।

यस बार्षिक उत्सवसंग संबन्धित समाचारहरुको लिंक:

हलिउडखबरको बार्षिक उत्सव, पत्रकारिताबारे प्रस्तुति: पन्त, दाहाल र अधिकारी

https://hollywoodkhabar.com/hollywoodkhabar-2nd-aniversary

हलिउडखबरको बार्षिक उत्सव: इमिग्रेशन फोरम बाशु फुलारासँग

https://hollywoodkhabar.com/hollywoodkhabar-2ndanv-imibashu

हलिउडखबरको बार्षिक उत्सव, प्रमुख अतिथि महाबाणिज्यदूत ढकाल, इमिग्रेशन फोरम फुलारासँग

https://hollywoodkhabar.com/hollywoodkhabar-2nd-aniversary