हलिउडखबरको बार्षिक उत्सव: इमिग्रेशन फोरम बाशु फुलारासँग

0
shares

by KRISHNA KC | Updated: 05 Dec 2018

374 views
Bashu Phulara Esq.

कृष्ण के सी/संचालक-आयोजक

हलिउडखबर अनलाइन मिडियाको दोश्रो बार्षिक उत्सवको उपलक्षमा डिसेम्बर ९, २०१८ आइतबारका दिन इमिग्रेशन फोरम संचालन गरिने भएको छ।

डिसेम्बर २०१६ मा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोबाट आधिकारिक रुपमा सुरु गरिएको हलिउडखबर डटकम http://hollywoodkhabar.com/ स्थापना भएको दुइ बर्ष पुगेर तेश्रो बर्ष प्रवेश गरेसंगै दोश्रो बार्षिक उत्सवको आयोजना गरिएको छ। डिसेम्बर ९, २०१८ आइतबारका दिन सांझ ५ बजे, Cre Asian Test of the Himalayas-1269 MacArthur Blv, San Leandro, CA 94577 मा मिडियाको दोश्रो बार्षिक उत्सवको आयोजना गरिएको छ।

कार्यक्रममा कानुन ब्यबसायी बाशु फुलारासँग इमिग्रेशन फोरम हुने भएको छ। महावाणिज्यदूत ऋषि ढकालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ-नेजाका अध्यक्ष सुदिप पन्त लगायत स्थानिय संघ-संस्था प्रतिनिधि, संचारकर्मी, पत्रकार साथीहरु र स्थानिय नेपाली समुदायको उपस्थित हुनुहुनेछ।

यो पटकको कार्यक्रमको बिशेषता भनेको कानुन ब्यबसायी तथा यस हलिउडखबरका सल्लाहकार बाशु फुलारासंग हुने इमिग्रेशन फोरम नै हो। फोरममा निशुल्क रुपमा सान फ्रान्सिस्को बे एरियाका नेपालीहरुले कुनै इमिग्रेशन समस्या र जिज्ञासाहरु भए सम्पर्क गर्न या स्वयं उपस्थ्ति भएर आफ्ना कुराहरु राख्न सक्ने छन।

इमिग्रेशन फोरममा बाशु फुलाराले बिशेष गरि निम्न बिषयहरुबारे बताउनु हुनेछ:

१. असाइलम, वर्कपरमिट, ग्रीनकार्ड, फेमिली पिटिशन, सिटिजनशिप लगायतका बिषयमा परिमार्जन भएका कुराहरुबारे

२. राष्ट्रपतिको अध्यादेशबाट आएको जिरो टलरेन्सी पोलिसी भनेको के हो र यसबाट के कस्तो कुरा पालन गर्नुपर्छ र कस्तो असरपर्छ

३. हाल ग्रीनकार्डमा पनि इण्टरभ्यू हुन्छ, तेसो किन भएको र यसबाट नेपाली निवेदकहरुलाई के कस्ता कुरा फरक हुन्छन

४. एक्स्ट्रा अर्डिनरी भिषाबारे (कलाकार, पत्रकार, मोडल, गायक)

५. ट्राभल डकुमेन्ट ग्रीनकार्ड हुनेले पनि प्रयोग गर्नुपर्ने हो या के हो ?

६. TPS हुँदै असाइलम पनि छ के हुन्छ ? TPS छ केस भएन के हुन्छ ? TPS सम्पन्धि थप जानकारी

७. असाइलीको परिवारलाइ ग्रीनकार्ड समेत फाइल गर्दा र भिषा मात्र फाइल गर्दा के फरक हुन्छ।

अन्तमा, सो कार्यक्रममा हलिउडखबर मिडियाका प्रतिनिधिहरु, सल्लाहकार, लेखक समर्थक, पाठक, शुभचिन्तक तथा सान फ्रान्सिस्को क्षेत्रका नेपाली समुदाय, संघ-संस्था प्रतिनिधि, पत्रकार, संचारकर्मी, मिडिया प्रतिनिधि सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रमबारे:

कार्यक्रम हुने स्थान: Cre Asian Test of the Himalayas

1269 MacArthur Blv, San Leandro, CA 94577

आयोजक:

Hollywood Media & Entertainment LLC

HOLLYWOODKHABAR.COM

नोट: कार्यक्रम निशुल्क हो, तपाईहरु कोहि कसैले माया र सम्मानले खुशीसाथ कुनै योगदान गर्न चाहनुहुन्छ भने त्यो स्वीकारिने छ।