Hollywood Khabar 2nd Anniversary December 9, 2018

हलिउडखबरको बार्षिक उत्सव, प्रमुख अतिथि महाबाणिज्यदूत ढकाल, इमिग्रेशन फोरम फुलारासँग

Hollywood Khabar December 06,2018 Comments

कृष्ण के सी/संचालक-आयोजक

हलिउडखबर अनलाइन मिडियाको दोश्रो बार्षिक उत्सव र इमिग्रेशन फोरम डिसेम्बर ९, २०१८ आइतबार महाबाणिज्यदूत ऋषि ढकालको प्रमुख अतिथ्यतामा हुने भएको छ।

डिसेम्बर २०१६ मा क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोबाट आधिकारिक रुपमा सुरु गरिएको हलिउडखबर डटकम http://hollywoodkhabar.com/ स्थापना भएको दुइ बर्ष पुगेर तेश्रो बर्ष प्रवेश गरेसंगै दोश्रो बार्षिक उत्सवको आयोजना गरिएको हो।

आगामी डिसेम्बर ९, २०१८ आइतबारका दिन सांझ ५ बजे, Cre Asian Test of the Himalayas-1269 MacArthur Blv, San Leandro, CA 94577 मा मिडियाको दोश्रो बार्षिक उत्सवको आयोजना गरिएको छ। कार्यक्रममा कानुन ब्यबसायी बाशु फुलारासँग इमिग्रेशन फोरम समेत हुनेछ।

महावाणिज्यदूत ऋषि ढकालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ-नेजाका अध्यक्ष सुदिप पन्त महासचिव किरण मरहट्टा, क्षेत्रीय संयोजक गोकुल ढकाल, निवर्तमान महासचिव तोया दाहाल लगायत नेजाका सदस्स्य, पत्रकार र संचारकर्मीहरु, स्थानिय संघ-संस्था प्रतिनिधि र नेपालीहरुको उपस्थिति हुनेछ।

कार्यक्रममा नेजा अध्यक्ष सुदिप पन्तबाट नेजा र संचार/मिडियाहरुको संबन्धका बिषयमा, निवर्तमान महासचिव तोया दाहाल र बरिष्ठ पत्रकार रवि अधिकारीबाट नेपाली पत्रकारीतामा बिगत देखि वर्तमानका बिषयमा बिशेष प्रस्तुति हुनेछ।

यो पटकको कार्यक्रमको बिशेषता भनेको कानुन ब्यबसायी तथा यस हलिउडखबरका सल्लाहकार बाशु फुलारासंग हुने इमिग्रेशन फोरम नै हो। फोरममा सान फ्रान्सिस्को बे एरियाका नेपालीहरुलाइ आफ्नो कुनै इमिग्रेशन समस्या र जिज्ञासाहरु भए सम्पर्क गर्न या स्वयं उपस्थ्ति भएर आफ्ना कुराहरु राख्न समेत जानकारी गराइएको छ।

इमिग्रेशन फोरममा बाशु फुलाराले बिशेष गरि निम्न बिषयहरुबारे बताउनु हुनेछ:

१. असाइलम, वर्कपरमिट, ग्रीनकार्ड, फेमिली पिटिशन, सिटिजनशिप लगायतका बिषयमा परिमार्जन भएका कुराहरुबारे

२. राष्ट्रपतिको अध्यादेशबाट आएको जिरो टलरेन्सी पोलिसी भनेको के हो र यसबाट के कस्तो कुरा असरपर्छ

३. हाल ग्रीनकार्डमा पनि इण्टरभ्यू हुन्छ, तेसो किन भएको र यसबाट के कस्ता कुरा फरक हुन्छन

४. एक्स्ट्रा अर्डिनरी भिषाबारे (कलाकार, पत्रकार, मोडल, गायक)

५. ट्राभल डकुमेन्ट ग्रीनकार्ड हुनेले पनि प्रयोग गर्नुपर्ने हो या के हो ?

६. TPS हुँदै असाइलम पनि छ के हुन्छ ? TPS छ केस भएन के हुन्छ ? TPS सम्पन्धि थप जानकारी

७. असाइलीको परिवारलाइ ग्रीनकार्ड समेत फाइल गर्दा र भिषा मात्र फाइल गर्दा के फरक हुन्छ।

अन्तमा, सो कार्यक्रममा हलिउडखबर मिडियाका प्रतिनिधिहरु, सल्लाहकार, लेखक समर्थक, पाठक, शुभचिन्तक तथा सान फ्रान्सिस्को क्षेत्रका नेपाली समुदाय, संघ-संस्था प्रतिनिधि, पत्रकार, संचारकर्मी, मिडिया प्रतिनिधि सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रमबारे:

कार्यक्रम हुने स्थान: Cre Asian Test of the Himalayas

1269 MacArthur Blv, San Leandro, CA 94577

आयोजक:

Hollywood Media & Entertainment LLC

HOLLYWOODKHABAR.COM