छटपट

Hollywood Khabar March 08,2024 Comments

रीतादेवी प्रधान जोशी, रूमाठ, सान फ्रान्सिस्को, क्यालिफार्निया, मार्च ८, २०२४

छटपट, छटपट भयो मेरो मन
कता जाउँ, कता जाउँ भयो मेरो तन,
हुन्न, हुन्न देखाउन आफ्नो विचार
सकिन्न, है सकिन्न दबाउन, दबाउन आफ्नो विवशता,
पर्दाफास गरुँं कि गोप्य राखूँं मनमै
अन्तरद्वन्द्व चलिरहन्छ अन्तर मनमा ।

अहो ! यो कस्तो विवशता र बाध्यता हो यो
सामाजिक जञ्जालरूपि माहासागरमा मानवलाई
तोड्छु भनी अगि सर्दा, आशङ्कित हुन्छु आपैmमा
कतै अवमुल्यन भइएला आपैm शक्ति पात्रमा ।

कारण;
हातको पञ्जाका औंलाहरू
एक समान हुँदैन भने जस्तै
भगवान्को विश्वरूप जस्तै मानवका पनि
अनन्त रूप साथै विमर्श विचारहरू छन्

तर; हामीले नगरे कसले गर्ने
अहिले नगरे कहिले गर्ने

तसर्थ; तोडौं, छताछुल्ल पार्रौं हाम्रा
राम्रा विचारहरूमा यो सामाजिक महासागरमा,

नबसौं कोही पनि छटपट, छटपट भई
पोख्ने गरौंं आफ्ना राम्रा विचारहरू ।
सामथ्र्य देखाऔं, गरेर नहुने के छ र ?
यो पृथ्वी लोकमा
यो पृथ्वी लोकमा ।

रीता देवी प्रधान-रुमाठका अरु कविताहरु