-एनआरएनए यूकेका निलम्बित उपाध्यक्षद्वारा १ लाख पाउण्ड हडप्ने प्रयास, प्रमाण सहित

एनआरएनए यूकेका निलम्बित उपाध्यक्षद्वारा १ लाख पाउण्ड हडप्ने प्रयास, प्रमाण सहित

Hollywood Khabar December 13,2022 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको झण्डै ४० हजार पाउण्ड घोटालामा मुछिएका निलम्बित उपाध्यक्ष सुनिलबाबु खड्काले संघको खाताबाट १ लाख पाउण्ड लिने दुष्प्रयास गरेको प्रमाण पाइएको छ।

जुलाई २८, २०२२ मा संघको ३९,२८५ पाउण्ड ७३ पेन्स हिनामिना गर्न प्रमुख भूमिका निर्वाह गरेका खड्काले आर्थिक अपचलनमा छानविन तथा कानूनी प्रक्रिया अगाडि बढिरहेकै बेला फेरि संघको बैंकमा रहेको खाताबाट १ लाख ६ हजार पाउण्ड मेरो हो भनि बैंकलाई दावी गरेको श्रोतले जनाएको छ।

सन् २०१९-२१ कार्यकालकी अध्यक्ष पुनम गुरुंग नेतृत्वको कार्यसमितिले गत १७ मे, २०२० मा जुम बैठक मार्फत खड्कालाई च्यारिटीमा दर्ता गर्ने जिम्मेवारी प्रदान गरेको थियो। ०१७-०१९ कार्यसमितिकै समयमा अध्यक्ष योग कुमार फगामी र च्यारिटी विभाग संयोजक प्रेम गाहामगरले च्यारिटीमा दर्ता प्रक्रिया अगाडि बढाइसकेका थिए। केवल बांकी रहेको काम खड्कालाई पुरा गर्न जिम्मा दिइएको थियो। पछि प्रेम गाहामगर अध्यक्षको कार्यकालमा गत जनवरी १, २०२२ मा सो दर्ता सम्पन्न भएको थियो। दर्ता गर्दा खड्काले व्यक्तिगत लाभ लिन ठेगाना आफ्नै घरको राखेर बदमासी गरेको पाइएको छ। स्मरणीय कुरा एनआरएनए युकेको आफ्नै कार्यालय ठेगाना छ।

अहिले खड्काले सोहि ठेगाना देखाएर बैंकलाई संस्था आफ्नो निजि भएको, आफूले दर्ता गरेको हो। त्यसैले खाताको पैसा सबै आफ्नो भएकाले दावी गरेको समेत पाइएको छ। पछिल्लो समयमा वर्खास्त भइसकेका कोषाध्यक्ष विष्णु खरेल समेत सो दुष्प्रयासमा भाग पाउने सर्तमा सामेत भएका छन्।

अध्यक्ष प्रेम गाहामगर नेतृत्वमा रहेको संघको बैंक खाता कब्जा गर्न तम्सिएका निलम्बित खड्काले संघको एचएसबीसी बैंक खातामा रहेको पैसा आफूलाई दिन अनुरोध गरेपनि बैंकले अहिले एनआरएनए यूकेको एकाउन्ट नै सस्पेन्ड गरिदिएको छ। खड्का विशेषगरि एमालेको प्रवासी मंच युके रामशरण सिम्खडा र नारायण कंडेलको कठपुतली बनेर एनआरएनए यूकेको ढुकुटी कुम्ल्याउन अग्रसर रहेको आरोप अर्को पक्षको रहेको छ।

रमाइलो कुरा के छ भने खड्काले गाहामगरको भोटमा उपाध्यक्ष जितेका थिए।अहिले रसियन माफिया जिबा लामिछाने र उपेन्द्र महतो गुटको चंगुलमा पुगेका छन्। खड्काले आर्थिक हिनामिना बाहेक संघको अल्डरसटस्थित कार्यालय बन्द गराउन र एनआरएनए यूके विभाजन गर्न खेलिएको चालमा गोटीको भूमिका खेलेका छन्।

संघको कार्यालयमा पञ्जीकृत वृद्धवृद्धा सदस्यहरु हरेक साता जम्मा भएर दुःख सुःख साटासाट गर्दथे। स्वास्थ्य सचेतना कार्यक्रम अफिसमै हुन्थ्यो। तर, उनले अफिसको भाडा नतिरिदिने, इन्टरनेट र जुलाई तीन देखि बिजुलीको लाइन समेत काट्ने काम गरेका छन्। सोमबार देखि शुक्रबार सम्म हुने गरेको संघको प्रशासनिक काम पनि खड्काले अवरुद्ध पारेका छन्।

सुत्रका अनुसार एउटा समुहले स्थानीय काउन्सिल प्रहरीसंग समन्वय गरि खड्काको घरमा गएर अन्य कानुनि प्रक्रिया गरिने भएको छ। सो प्रक्रियामा ठुलो संख्यामा पञ्जीकृत सदस्य सहभागी हुने भएका छन्।

एनआरएन बेलायत संबन्धि लेख/समाचार

अबैध एनआरएनए गुटले पठाएको किर्ते पत्र बिरुद्ध युके अध्यक्ष गहामगरले दुवै देशमा कानुनी उपचार खोज्ने

मनि लण्ड्रिङ्ग छोप्न एनआरएनए युके फुटाइयो, कालो झण्डा देखेर कुलले ठोके कुलेलाम

एनआरएनए युकेका उपाध्यक्ष कँडेलको पद र सदस्यता दुवै चैट हुने

एनआरएनए यूकेको ४० हजार पाउण्ड घोटालामा उपाध्यक्ष खड्का पनि संलग्न

एनआरएनए युकेद्वारा आइसीसीका पूर्व उपाध्यक्ष कुल आचार्यको सदस्यता खारेज

एनआरएनए युकेका कोषाध्यक्ष खरेल ३९ हजार पाउण्ड अपचलन गरेकाले बर्खास्त

एनआरएनए युकेले भुटानी मुलका आचार्य लगायतको सदस्यता खोसुवा गर्ने

एनआरएनए युके फुटाउने योजना गर्दै कुल आचार्य, हेमराज शर्मा र नारायण कंडेल

एनआरएनए यूके कोषाध्यक्षको अर्को हर्कत, थुप्रै पदाधिकारी जिम्मेवारीमा फर्किए

एनआरएनए यूके कोषाध्यक्ष खरेल निलम्बित भएपछि हिसाव नबुझाइ गायब

एनआरएनए यूकेको कार्यक्रममा अनुपस्थित राजदूत आचार्यप्रति ३ दर्जन संस्थाद्वारा खेद प्रकट

एनआरएनए युकेका कोषाध्यक्षलाइ किनेर किर्ते र भागौटाहरुले ४० हजार पाउण्ड लुटे

नागरिकता विधेयकप्रति हार्दिक आभार, केहि संशोधन गरेर पारित गर्न अध्यक्ष गाहामगरको अनुरोध

एनआरएनए युकेका महासचिवले संघको एक्सेस लिएर दुरुपयोग गरे

एनआरएनए यूके महासचिवविरुद्ध जिडिपिआर उल्लंघन गरकोमा साइबर क्राइममा उजुरी

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए यूकेको अवज्ञा पत्रले ओदान समुह नै ३ टुक्रामा विभाजित