-एनआरएनए यूके कोषाध्यक्षको अर्को हर्कत, थुप्रै पदाधिकारी जिम्मेवारीमा फर्किए

एनआरएनए यूके कोषाध्यक्षको अर्को हर्कत, थुप्रै पदाधिकारी जिम्मेवारीमा फर्किए

Hollywood Khabar August 21,2022 Comments

लन्डनबाट प्राप्त जानकारी अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका कोषाध्यक्ष विष्णु खरेलले गत ६ अगष्टमा सम्पन्न संघको ११ औं साधारणसभामा खर्च भएको रकम ८,९३५ पाउण्ड, ३१ पेन्स अझै नतिरेपछि उनी थप आलोचित बनेका छन्।

विभिन्न पार्टीहरुले बील पठाएर रकम ताकेता गरेपनि कोषाध्यक्ष खरेलले बैंक खाता आफैं होल्ड गरि बेपत्ता भएको खबर आएको छ। अध्यक्ष प्रेम गाहामगरले गत १० अगष्टमा बील तिर्नुपर्ने कम्पनीको विवरणसहित ११ अगष्टमा बील तिर्न र प्रायोजकहरुबाट कवुल भएको ३,७०० पाउण्ड उठाउन पत्राचार गरेको बताइन्छ।

कोषाध्यक्ष खरेलले बील तिर्नुको सट्टा अध्यक्ष गाहामगर एक्लैले प्रायोजकबाट उठाएको ३,७०० पाउण्ड समेत लिएर सम्पर्कमा समेत नआएको एक पदाधिकारीले बताए। ति पदाधिकारीका अनुसार साधारणसभामा हुने खर्च जुटाउन कार्यसमितिका प्रत्येक सदस्यले कम्तीमा दुईवटा प्रायोजक खोज्ने सहमति तयारी बैठकमा भएको थियो। यद्यपि अध्यक्ष र केहि पदाधिकरी बाहेक कसैले पनि जिम्मेवारी पुरा गरेनन। तर पनि साधारणसभामा भएको सम्पूर्ण खर्च संघले नै बेहोर्ने गरि साधारणसभाले फुल म्याण्डेट दिएको ति पदाधिकारीले जनाए।

संस्थामा पारदर्शीता हुनुपर्छ भन्ने सिद्धान्तमा म सधैं अडिग रहे पनि केही पदाधिकारीको बदनियतपूर्ण कार्यले संघको प्रतिष्ठामै नराम्रो आंच आउने भयो, अध्यक्ष गाहामगरले चिन्ता व्यक्त गर्दै भने। च्यारिटी संस्थाको पैसा होल्ड गर्ने अधिकार कसैलाई छैन्। यो पञ्जीकृत सदस्यहरुबाट संकलित पब्लिक फण्ड हो। म साथीहरुलाई पदको मर्यादा र विधानमा रहेर काम गर्न फेरि पनि अपिल गर्छु। अन्यथा कानूनी कारवाहीको भागिदार आफैं हुनुपर्नेछ, उनले भने।

कोषाध्यक्ष खरेलले बील नतिरिदिएपछि संघको अल्डरसटस्थित कार्यालयमा जुलाइदेखि बिजुलीको लाइन काटिएको थियो। यस्तो अवस्थाबीच खरेलले साधारणसभामा खर्च गरेको पैसा तिर्न पनि आलटाल गरि फरार भएको बताइन्छ।

एक वर्षमा चार पटक भएको कार्यसमिति बैठकमा खरेलले साधारणसभामा वार्षिक आयव्यय विवरण प्रस्तुत गर्ने र साधारणसभाको सम्पूर्ण खर्च संघले बेहोर्ने भएकाले त्यो व्यवस्थापन आफूले गर्ने प्रतिक्षा गरेका थिए। तर बिडम्बना साधारणसभा हुनु एकदिन अगाडि खरेलसहित केही पदाधिकारी साधारणसभामा नआउने भन्दै भागेका थिए।

खरेलले संघको विधि विधान विपरित कार्य गरेको निष्कर्षसहित हाल उनलाई निलम्बन गरि स्पष्टीकरण सोधिएको छ । उनीबाट चित्तबुझ्दो जवाफ नआए कानूनी कारबाही गर्ने प्रक्रिया अगाडि बढिसकेको सूत्रले जनाएको छ।

यस्तै अर्की उपाध्यक्ष शकुन्तला गुरुङले २ हजार पाउण्डको हिसाब नदेखाएको आरोप छ। उपाध्यक्ष गुरुङले गत वर्ष २०२१ अगष्ट १९ मा च्यारिटीका लागि उठाएको २ हजार पाउण्ड पनि कोषाध्यक्ष खरेलसंग मिलेर कतै पनि उल्लेख नगरेको कुरा आएको छ।

तत्कालिन समयमा एनआरएनए आइसीसीका दुई उम्मेदवार जुनु गुरुङ र हिमाल गुरुङले च्यारिटीको लागि दिएको जनही एक/एक हजार पाउण्ड शकुन्तला गुरुङले आफैंले राखेको रहश्य नाम उल्लेख नगर्ने शर्तमा एक सदस्यले बताए। संघले पटक पटक च्यारिटीको पैसा दिन ताकेता गर्दा पनि उपाध्यक्ष गुरुङले नदिएको सूत्रको दाबी छ।

यसैबीच गत साधारण सभामा अरुको उक्साहटका कारण बिच्किएका केहि पदाधिकारीहरु भने सभाको निर्णय अनुसार युकेको च्यारिटी ल पढेपछि आफूहरु यथावत रुपमा आएको भन्ने खबर आएको छ। अब बिच्किएका मध्ये केवल २ उपाध्यक्ष, कोषाध्यक्ष र केहि अरु मात्र बाँकी रहेका छन्।

एनआरएन बेलायत संबन्धि लेख/समाचार

एनआरएनए यूके कोषाध्यक्ष खरेल निलम्बित भएपछि हिसाव नबुझाइ गायब

एनआरएनए यूकेको कार्यक्रममा अनुपस्थित राजदूत आचार्यप्रति ३ दर्जन संस्थाद्वारा खेद प्रकट

एनआरएनए युकेका कोषाध्यक्षलाइ किनेर किर्ते र भागौटाहरुले ४० हजार पाउण्ड लुटे

नागरिकता विधेयकप्रति हार्दिक आभार, केहि संशोधन गरेर पारित गर्न अध्यक्ष गाहामगरको अनुरोध

एनआरएनए युकेका महासचिवले संघको एक्सेस लिएर दुरुपयोग गरे

एनआरएनए यूके महासचिवविरुद्ध जिडिपिआर उल्लंघन गरकोमा साइबर क्राइममा उजुरी

कुल आचार्यको पहलमा एनआरएनए यूके फुटाउने, उपाध्यक्ष पोखरेललाइ बलिमा चढाउने

एनआरएनए यूकेको अवज्ञा पत्रले ओदान समुह नै ३ टुक्रामा विभाजित