ऊर्जामन्त्री हेलिकप्टर चढेर गए: ढुंगामुढा खाएर आए

Hollywood Khabar January 11,2017 Comments

अर्घाखाँचीको  सन्धीखर्कमा  महोत्सव उद्घाटन गर्न हेलिकप्टर चढेर गएका ऊर्जामन्त्रीले महोत्सवमा ढुंगा प्रहार बाट जोगिन कार्यक्रम स्थल बाट ज्यान जोगाउदै फर्किन परेको छ।

सन्धीखर्कमा विहीबार आयोजित अर्घाखाँची महोत्सवमा बोल्ने क्रममा माओवादी नेता डिलाराम आचार्यले ५ नम्बर प्रदेश विभाजन हुँदैमा केही पनि असर नपर्ने बताएपछि स्थानीयबासीले मञ्चमा ढुंगामुढा सुरु गरेका थिए ।
आक्रोशित जनसमुदायले मन्त्री जनार्दन शर्मासमेतलाई लक्षित गरी ढुंगा प्रहार गरेका हुन् ।कार्यक्रमका प्रमुख अतिथि ऊर्जामन्त्री जनार्दन शर्मा लगायतका नेताहरुलाई प्रहरीले जोगाएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको थियो।ढुंगामुढा हुन थालेपछि प्रहरीले लाठी चार्ज गरेको छ भने महोत्सव उदघाटन कार्यक्रम वीचैमा स्थगित भएको छ ।