बृहत नेपाली कलाकार संघ उत्तर अमेरिका (युनाना) ले अधिवेशन गर्ने

Hollywood Khabar May 08,2018 Comments

श्रीराम थापा काजिसाब-संचार संयोजक/लस भेगास/अमेरिका
बृहत नेपाली कलाकार संघ, उत्तर अमेरिका (UNAANA) को मे ४ २०१८ मा अमेरिकाको विभिन्न राज्यहरुबाट आबद्ध भएका नेपाली कलाकारहरुको ठूलो संस्थाले आफ्नो अधिवेशन गर्ने निर्णय गरेको छ। अधिवेशनको तयारीका लागि केन्द्रिय कार्य सम्पादनको लस भेगासमा भएको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ।

निर्णयहरु:
१. प्रवासमा रहेर, नेपाली कला, संगीत र साहित्यमा योगदान पुर्याउनुहुने तीनजना व्यक्तित्वहरुलाई प्रत्येक बर्ष युनाना बर्ष व्यक्तित्व सम्मान भनेर सम्मानित गरिने निर्णय गरेको छ।
२. किड्नी पिडित भएर अस्पतालमा उपचार गराई रहेकी बिपन्न परिवारकी गायिका जलजला परियारलाई संस्थाको कलाकारहरुबाट उठेको रकम $६७७/- अमेरिकी डलर युनाना- नेपाल मैत्रीमंचका संयोजक संगीतकार सन्तोष श्रेष्ठ मार्फत हस्तान्तरण गर्ने निर्णय गरेको छ।
३. निकट भविष्यमा संस्थाको अधिवेसन तयारीका लागि संस्था र कलाकारहरुको सम्बन्धलाई अझै सुदृण गराउने निर्णय गरेको छ।
४. साँस्कृतिक कार्यक्रम मार्फत अमेरिका तथा उत्त्तर अमेरिकामा नेपाली संस्कृतिको बिकाश गर्ने निर्णय गरेको छ।
५. संस्थाको कार्य सम्म्पन्न्ताका लागि केहि थप जिम्मेवारीको बाँड-फाँड निम्नानुसार गरिएको छ।
१- संचार संयोजक- श्रीराम थापा-काजिसाब (क्यालिफोर्निया)
२- आर्थिक संयोजक-दिनेश कार्की (भर्जिनिया)
३- कार्यक्रम संयोजक-नारायण त्रिपाठी (टेक्सस)
४- जनसम्पर्क संयोजक-हेमन्त हमाल (मिनसोट्टा)
५- व्यवस्थापन संयोजक-अरुणा रुम्बा मोक्तान (न्यूयोर्क)