साउन १६ गते सनिवार आलोकनगर, मिनभवनमा सुसेलिज कलेक्सन एन्ड बुटिकको उद्घाटन भएकोछ।
शान्तिनगर गेटको १०० मिटर अगाडी खुलेको बुटिकलाई चम्पन सांस्कृतिक समुहको अध्यक्ष नन्दु राज चौधरीले रिबन काटेर उद्घाटन गर्नुभयो। ICE School Of Art & Fashion मा स्नातक गरेकी सुशीला चौधरीले २५ लाखको लगानीमा बुटिक संचालन गरेकी हुन।
२०७३ सालमा नेपालका २२ जिल्लाका थारु कलाकारहरुलाई विभिन्न थारु मौलिक पहिरनमा टुंडिखेल मैदानमा र्याम्प गराएकी सुशीला डिभाइन फेसन, मिस्टर एन्ड मिस थारु लगायत विभिन्न इभेन्टहरुमा फेसन डिजाइनरको रुपमा काम गरिसकेकी छिन।
बुटिकमा थारु पहिरनसंगै अहिलेका विभिन्न डिजाइनमा पोशाकहरु पाइनुका साथै ढकिया, डेल्वा, बिंरा, सिहट्टा लगायत ह्यान्डिग्राफ्तका सामाग्री समेप बिक्री गरिनेछ।
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु